गर्भवती महिलाले अण्डा किन खाने ?यस्ता छन्अण्डा खाँदा हुने फाइदाहरु

स्वास्थ्य

एजेन्सी । गर्भावस्थामा अण्डाको भुमिका महत्वपूर्ण हुन्छ । अण्डाले महिला र बच्चा दुबैलाई फाइदा पु¥याउँछ । यस्ता गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरुः

 अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ ।

 अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्न खाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकाश हुन्छ ।

 गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामा भन्दा दुइ सय देखि तीन सय सम्म थप क्यालोरी आवश्यकता पर्दछ । यो क्यालोरी आमा र गर्भको बच्चा दुबैको लागि आवश्यक हुन्छ । एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति गर्न सक्छ ।

 तर झाडापखाला, वान्ता, फुड प्वाइजनिंग भएको बेलामा भने अण्डा खानु हुँदैन । त्यसको साथै पाचन क्रिया कमजोर भएका महिलाले पनि डाक्टरको सल्लाह लिएर मात्रै अण्डाको सेवन गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published.