उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता शुरु

प्रवास

एजेन्सी । उत्तर र दक्षिण कोरियााबीच आज उच्चस्तरीय वार्ता शुरु भएको छ । २ बर्षयता पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता हुन लागेको हो ।

पान्मुन्जोम गाउँस्थित पिस हाउसमा वार्ता भइरहेको बीबीसीले उल्लेख गरेको छ । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको सम्भावनाका बिषयमा वार्ता बिशेषत: केन्द्रित रहनेछ ।

दुई मुलुकबीचको सम्बन्ध सुधारको बिषयमा समेत छलफल गरिने दक्षिण कोरियाले जनाएको छ । वार्तामा दुवै पक्षका ५ /५ जना प्रतिनिधि सहभागी छन् । सन् २०१५ यता दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको छ ।

उत्तर कोरियाले रकेट तथा आणविक परीक्षण गरेपछि संयुक्त लगानीमा सञ्चालित केसोङस्थित औद्योगिक कम्प्लेक्स दक्षिण कोरियाले बन्द गर्दा दुई मुलुकबीचको सम्बन्ध थप बिग्रिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *