क्यालिफोर्नियामा लेदोसहितको पहिरो, १३ जनाको मृत्यु

प्रवास

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै गएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो ।  पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् । अन्य जनाको उद्धार गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published.