माझकिरात भोजपुरको हतुवा–आमचोक क्षेत्रमा मनाइने साकेन्वाबारे पदम राईको विश्लेषण

कला साहित्य -संस्कृति

स्यामुना/सेमुना : हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वा सिली

पदम राई

थाम्पुकहाङ्मा सुम्निमालो२
(लहइ थाम्पुकदिवा पारु सेमुना२ नि लइ लइ हा हा हा)२
तुप्लारिदा यÞङ्हान युङा२
(लहइ सुविताङ्ओ याहारि सेमुना नि लइ हा.हा.हा.)२
सुविताङ्ओ याहारि ओनइ हाङ्चेउ
सुविताङ्ओ याहारि ओनइ हा. हा. हा.
(हुर्रि हुइ. छइ छइ छइ..)२

परिचय
किरात बान्तावा राईहरूको मूख्य चाड साकेन्वा÷साकेवा÷साक्खेवा हो । जसमध्ये ‘स्यामुना÷सेमुना साकेन्वा’ यस सन्दर्भमा माझकिरात भोजपुरको दक्षिणी भेग हतुवागढी र आमचोक क्षेत्रमा नाचिने नाचको बारेमा यहाँ चर्चा गरिन्छ ।
साकेन्वा सिलीको उत्पत्ति कसरी भयो भन्ने कुरामा कुनै आधिकारिक प्रमाण नभए पनि किराती राईहरू प्रकृतिपूजक हुन् भन्ने कुरामा सायद कसैको दुुईमत छैन । यस नाचमा प्रकृतिमा भएका वस्तु, जीवजन्तुहरूको सजीव नक्कल गर्दै मानिस र प्रकृतिबीचको अगाढ सम्बन्धलाई अभिव्यक्त गर्नु नै यसको चिनारी हो । साकेन्वामा नाच्ने मान्छेको हाउभाउ, हात र खुुट्टाको चाल साथै नाच्दा गाइने गीतले महत्वपूर्ण अर्थ बोकिरहेको हुन्छ । समग्रमा यसलाई ‘सिली’ भनिन्छ ।

हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वा सिली

स्यामुना साकेन्वा नाच
भोजपुरको दक्षिणी क्षेत्र हतुवा–आमचोक क्षेत्रमा नाचिने स्यामुना नाच अरु क्षेत्रमा नाचिने नाचभन्दा यो ढिलो गरी नाचिन्छ । यसमा बढी मात्रामा हात र खुट्टाको सिली प्रयोग गरिन्छ । सिलीसँग गीत अनिवार्यजस्तै हुन्छ । अझ चाखलाग्दो कुरा के हो भने यो क्षेत्रमा बान्तावाभाषी राईहरूको बाक्लो बस्ती भएकोले गीत पनि बान्तावा भाषामा नै गाउदै नाच्ने परम्परा छ । तर अहिले नेपालीमै गीतहरू गाउने प्रचलन बढेर गएको पाइन्छ ।
यो नाचमा सिली माङ्पा (सिली दो¥याउने छोरा मान्छे) वा सिलिमाङ्मा (सिली दो¥याउने छोरी मान्छे)को योजना मुताविक नाच्नुपर्छ । आफूखुसी नाच्न पाइन्दैन । यति सम्मकि सिलीहरूको क्रमबद्धता अनुसार कुनै पनि सिली नछोडिकन नाच्नु पर्छ । यदि सिली छोडियो वा तलमाथि भयो भने अशुुभ हुन्छ र गाउँघरमा नराम्रो घटना घट्छ भन्ने मान्यता त्यो क्षेत्रमा यद्यपि यथावत छ । त्यसैले जसले सिली माङ्पा÷माको रुपमा जिम्मा लिन्छ, त्यो दक्ष र अनुुभवी व्यक्ति हुनै पर्छ ।

सहभागिता
यस क्षेत्रमा नाचिने यो नाचमा युवावर्गभन्दा पौढ वा बुढाबुढीकै बढी सहभागिता रहेको हुन्छ । यसको मुख्य कारण भनेकै सिलीमा नाच्नु हो । जान्नेहरूको समूहमा कोही नयाँ वा नजान्ने मान्छे नाच्न प्रवेश ग¥यो भने नाच नमिलेर मज्जा नआउने कुरा साकेन्वा नाचका पारखीहरू बताउँछन् । त्यसको अर्थ यो हैन कि त्यहाँ नयाँ सिकारु मान्छेहरूले नाच्ने मौका नै पाउँदैनन् । उनीहरूलाई सिक्नको लागि व्यवस्था मिलाइएको हुन्छ । साथै साकेन्वा पूजा गर्ने ठाउँ बाहेक नाक्छोङ (साकेलाको पूजारी)को घरमा रातको समयमा नाच्ने प्रचलन पनि हुन्छ, त्यस समयमा नयाँ शिकारुहरूले सिक्न सक्छन् । जसलाई ‘सोप लाक’ भनिन्छ ।

सिलीहरू
हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वामा १८ वा सोभन्दा बढी सिलीहरूको पहिचान भएको छ । ती हुन् :

साकेन्वा सिली

१. छोङ्वा लाक (माङ्छा लाक) सिली     २. लोङ्लोचिन्मा लाक सिली

३. ताङ्वा घोङमा लाक सिली                  ४. बेरावा लाक सिली (मामाङ लाक)

५. पारु लाक सिली
क) दितेन लाक सिली          ख) रोहोम लाक सिली

६. दोङ्दिकिप्मा लाक सिली
क) बुुङ्खा लाक                ख) कुनाहुत लाक

७. चा नुक्मा लाक सिली                 ८. चा थोमा लाक सिली
९. किवा लाक सिली                      १०. कोङ्थोक लाक सिली
११. ताङ्तुक्मि लाक सिली             १२. खÞस्सा थोप्मा लाक सिली
१३. सुम्बाक रिप्रिप लाक सिली       १४. वापा लाक सिली
१५. लाङ फान्मा लाक सिली           १६. मुक्वा तानतान लाक सिली
१७. होद्योङपा लाक सिली               १८. किप्पा तान्तान लाक सिली, आदि ।
स्थानीयरुपमा बान्तावा भाषामा नै प्रयोग गर्ने भएकोले त्यसरी नै राखिएको छ ।

हतुवा–आमचोक क्षेत्रको थुम्का, बस्तीहरू अनुसार पनि सिलीहरूको नाम दिन खोजिएको छ । जस्तै : दितेनी पारा, खुक्सक पाराको आदि । यी नामहरू त्यहाँको भौगोलिक नामबाट लिइएका हुन् ।

हतुवा–आमचोक क्षेत्रमा साकेन्वा मनाउने तरिका
उभौँली (दोङ्वाङा) र उधौँली (दोङ्दावा)मा साकेन्वा नाच्ने क्रममा त्यो क्षेत्रमा सबैभन्दा पुरानो साकेन्वा थानको रुपमा छोङ्खा साकेन्वालाई लिने गरिएको छ ।  उक्त साकेन्वाओ उत्पति ६ सय १७ वर्ष अगाडि ( वि.सं. १४५८) वर्ष अगाडि भएको भनिएको छ ।

उभौँली र उधौँलीलाई सुरुवात दिने क्रममा खैराङ साकेन्वा (हतुवागढी गाउँपालिकाको खैराङ गाउँको साकेन्वा)लाई आधार मानेर पालैपालो मनाउने चलन छ । जस्तो कि बैसाखे पूर्णिमा वा मंसिरे पूर्णिमापछिको पहिलो सोमबारमा खैराङ साकेन्वा पर्न जान्छ । त्यसपछिका आगामी लगातार सोमबारहरूमा साकेन्वाहरू नाच्ने गरिन्छ । त्यसरी नाच्दा सकभर एक गाउँको साकेन्वा र अर्को गाउँको साकेन्वाको मिति नजुध्ने गरी गाउँलेहरूले आफै निर्धारण गर्ने गर्छन् । जसबाट नाचका पारखीहरूले सबै ठाउँको साकेन्वाहरूमा सहभागिता जनाउन सकुन् ।

कुनै पनि गाउँमा नाचिदै आएको साकेन्वालाई सुरुवात दिनको लागि शनिबारको दिनबाटै हुन्छ । त्यस दिनलाई विधिवत ढोल झिकेर नाचको प्रारम्भ गरिन्छ । त्यसपछि आइतबार साकेन्वा थानमा लिङ्गो गाड्ने काम अनि सोमबारको दिन बजार व्यवस्था गरी युुगौँदेखि पुज्दै आएको ठाउँमा सामुहिक सिली हुन्छ । त्यो बेलुका नै विशेष विधि पुु¥याई फेरि ६ महिनासम्मको लागि ढोल झ्याम्टाहरूलाई यथास्थानमा राखेर नाचको विसर्जन गरिन्छ ।

हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वाहरू
त्यस क्षेत्रमा थुम्का–थुम्कामा साकेन्वाहरूको उत्पति भएको मानिन्छ । भनिन्छ, साकेन्वामा नाक्छोङ (पूजारी मान्छे) प्राकृतिक वा दैविकशक्ति प्राप्त व्यक्ति हुने गर्दछ ।  नयाँ नाक्छोङको रुपमा प्रादुर्भाव हुनको लागि सपनामा देखिएको हुनुपर्छ पनि भनिन्छ । आफूखुुसी वा समाजले चुनेर मात्र हुदैन । यदि नाक्छोङ तलमाथि भएमा वा उसको मृत्यु भएमा अर्को नाक्छोङ हुनको लागि त्यो गाउँमा केही समय कुर्नुपर्छ । जसलाई त्यो दैविकशक्ति प्राप्त हुन्छ वा सपनामा नाक्छोङको उपाधि पाउँछ, उसले मात्र फेरि साकेन्वा पूजारीको अभिभारा पाउने गर्छ । त्यतिञ्जेलसम्म त्यो ठाउँमा साकेन्वा नाच्न पाइन्दैन । यदि बहालवाला नाक्छोङको मृत्यु भई धेरै वर्षसम्म नयाँ नाक्छोङको टुुङगो नलागेमा वा त्यो ठाउँको साकेन्वा नै हराएर जान्छ । यस्तो प्रकृया भएमा ‘प्रकृति (देवी) रिसाए’ अनि अशुुभ भयो भनी स्थानीय मान्छेहरू निराश हुन्छन् ।

कुनै ठाउँमा साकेन्वा छैन र नयाँ नाक्छोङको उत्पति भएमा वा दैविकशक्ति प्राप्त भएमा त्यो क्षेत्रका मान्छेहरू खुसी हुन्छन् । किनभने साकेन्वा भनेकै मान्छे र प्रकृतिवीचको सम्बन्ध भएको हुनाले त्यसरी नयाँ साकेन्वाको जन्मले त्यस क्षेत्रमा अन्नबालीदेखि लिएर मानव सभ्यता राम्रो हुदै जानेमा स्थानीय बुढापाकाहरू बताउँछन् ।

भोजपुर हतुवाक्षेत्रमा नाचिने साकेन्वाहरू तल दिइएको छ, त्यहाँको स्थानीय ठाउँ अनुसार नाम दिइएको छ :
१. खैराङ साकेन्वा                २. दितेन साकेन्वा          ३. लुुङ्गिन साकेन्वा           ४. ख्याली साकेन्वा
५. मोन्टेन साकेन्वा                ६. राधुन साकेन्वा         ७. टुम्मा साकेन्वा             ८. खुक्सिक साकेन्वा
९. डाक्बुराङ साकेन्वा           १०. ओक्वाला साकेन्वा  ११. लुुङ्थुुङ्वा साकेन्वा    १२. गुर्धुुम साकेन्वा
१३. सिरिसे साकेन्वा              १४. ताकुरे साकेन्वा      १५. योङ्खिम साकेन्वा     १६. पिचाखा साकेन्वा
१७. जिमी साकेन्वा                १८. छोङखा साकेन्वा   १९. लाक्तुराङ साकेन्वा    २१. मझेवाटोल साकेन्वा (लुङ्गिन)
२२. पसलभन्ज्याङ साकेन्वा  २३. चुमाराङ÷बाप्खा साकेन्वा  २४. पाङ्चा साकेन्वा
२५. दिङ्लाबु साकेन्वा          २६. पावाला साकेन्वा ।

माथि उल्लेखित साकेन्वाहरू विशेष गरी हतुवागढी, आमचोक, राम प्रसाद राई आदि गाउँपालिकाहरूमा समेटिएका छन् । यति थोरै गाउँपालिकाहरूमा यति धेरै साकेन्वाहरू भएको सायद नेपालको एक मात्र क्षेत्र हतुवा–आमचोक हुन सक्छ ।

युप्पुुङ
साकेन्वाजस्तै मनाइने अर्को नाचको नाम हो ‘युप्पुुङ’ । तर यो वर्षको एक चोटीमात्र नाचिन्छ । विशेष गरी मृतात्माहरूको आत्माको शान्ति र उनीहरूलाई खानेकुरा दिनको लागि भनेर वर्षमा युप्पुुङको आयोजना गरी नाचिन्छ ।
साकेन्वा भनेको विशुद्ध प्रकृति पूजा र अन्नबाली लाउने र भित्राउनुको प्रतिविम्ब हो । युप्पुुङ र साकेन्वामा पूजा शैली साथै नाच उही हुन् । हतुवा–आमचोक क्षेत्रमा यस्ता युप्पुुङहरू जम्मा ३ वटा छन् । ती हुन् ः
१. रोहोम युप्पुुङ
२. धितेन युुप्पुुङ
३. तुुम्मा युुप्पङ

यलाखोममा साकेन्वा
हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वा ढिलो गरी नाचिने भएकोले त्यति अरु क्षेत्रका मान्छेहरूले रुचाएका छैनन् । तर त्यो त्यहाँको मौलिकता हो । काठमाडौँजस्तो ठाउँमा त्यही कारण यस नाचले प्रसय पाउन सकेको छैन । तर ६० को दसकमा भोजपुर बासिखोरादेखि नै प्रशिक्षक ल्याई हतुवा–आम्चोक क्षेत्रका काठमाडौंबासी राईहरूलाई प्रशिक्षण दिने काम भयो । त्यसपछि यलाखोम अर्थात उपत्यकामा यो सिली काठमाडौंमा पनि सुरु भयो । पछि ‘सेमुना साकेन्वा सांस्कृतिक समाज’ नै गठन भई उपत्यकामा यो सिलीको नियमित नाच भइरहेको छ ।

यलाखोममा साकेन्वा

युवापुुस्ताले स्यामुना सिली सिक्न त्यति सजिलो नभएको कारण पुस्ता हस्तान्तरण पनि हुन नसकिरहेको अवस्था भएता पनि यो नाच स्थानीयरुपमा र पछि आएर धरान, तरहरासम्म फैलिएको छ ।

सुखद पक्ष के हो भने हतुवाली नाच धेरै फैलिन नपाएकोले यसको मौलिक परम्परा कायमै छ । कमसेकम यो नाचलाई आधुनिकीकरण गर्ने नाममा विकृति पसिहालेको छैन । जबकि काठमाडौँको खुल्लामञ्चमा नाचिने साकेला नाचमा भैmँ प्रसस्तै विकृति र अराजक पाराले नृत्य प्रस्तुुत हुन पाएको छैन । अब खाली यसलाई संरक्षण र विकास गर्नुको मात्र खाँचो छ ।

अन्तमा,
ढोलै बज्यो, झेम्टै बज्यो (आहै जाग्यो रहर गाउँमा, स्यामुना)२
कहाँ बज्यो, कता बज्यो, आहै साकेन्वाको नाउँमा स्यामुना नि लै, हा..हा..हा..हा..।
कहाँ बज्यो, कता बज्यो, आहै साकेन्वाको नाउँमा भनी जनजय साकेन्वाको नाउँमा भनेर
हा..हा..हा, हुइया हा, हुर्रा हा..हा.., सै सै सै ।

padamrai@gmail.com

(लेखक बान्तावा भाषाको ‘बुङ्वाखा’ मासिक पत्रिकाका सम्पादक हुन् ।)

Leave a Reply

Your email address will not be published.