काठमाडौं । किरात वाम्बुले राई भाषा बोल्नेको जनसंख्या १५ हजार २ सय ८५ जना छन् । वाम्बुले भाषा साहित्यको विकास भने उल्लेख्य गतिमा अघि बढेको पाइन्छ ।
वाम्बुले राई भाषा, साहित्य, संस्कृतिको विकासका निम्ति २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिका प्रकाशित छ । यो पत्रिकाको १००औं अंक भर्खरै प्रकाशित भएको छ । यही पत्रिकाको नाममा स्थापित ‘लिब्जु–भुम्जु पुरस्कार’ २०५५ सालमा स्थापना गरिएको छ । वर्षभरि प्रकाशित पत्रिकामा उत्कृष्ट एक कविका कवितालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८१ सालभरि प्रकाशित कवितामध्ये कवि सोनाम सज्जन किराती (देवराज राई)को रचना उत्कृष्ट ठहरिएकाले यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पत्रिकाका विशेष सल्लाहकार तथा वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले उक्त निर्णय गरेको जनाइएको छ ।
इक लिब्जु–भुम्जु त्रैमासिक (लिब्जु–भुम्जुको ९८औं शृंखला), २०८१ साउन–असोजमा प्रकाशित कवि किरातीको ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) शीर्षक कवितालाई पुरस्कार चयन गरिएको हो । यस कविताले ग्रामीण जनजीवनको चित्रण गरेको छ । रोजगारीका निम्ति सिलोङ गएका एक युवाले उतैबाट खसिनीलाई जीवनसंगीन बनाएर घर भित्र्याएपछिको गृहस्थी जीवनको सुन्दर बयान छ । घरगृस्थी धान्ने परम्पराको मौलिकता आफ्नै छ तर पुर्खाले आर्जेको मातृभाषा र संस्कृति विस्तारै लोप हुँदै गरेको तथा युवा पुस्ताले बिर्सिदै गएको प्रसंगलाई काव्यमय ढंगले प्रस्तुत गरिएको छ ।
आमा प्रेमसरी राई र बुबा रन्जित राईको जेठो छोरा देवराज राई (सोनाम सज्जन किराती)को जन्म २०४३ माघ १० गते, हलेसी तुवाचुङ नगरपालिका–२ दाम्ली, खोटाङमा भएको हो । उहाँले स्नातक अध्ययन गर्नुभएको छ । कविता, निबन्ध, लेख लेख्दै आउनु भएको छ । कवि तथा लेखक किरातीको ‘नपुंसक स्वर्गको विरुद्ध आगो’ (कविता संग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरण संग्रह, २०८०) प्रकाशित छन् ।
नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट हालसम्म २४ जना कविहरू पुरस्कृत भएका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । यो पुरस्कार २०८२ मंसिर २० गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ माथिल्लो रिचुवा गाउँमा हुने २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठीमा प्रदान गरिने सम्पादक गणेश राईले जनाएका छन् ।
लिब्जु–भुम्जु पुरस्कार २०८१ बाट पुरस्कृत वाम्बुले राई भाषाको कविताः
बुल्याम पो दाजु ब्अिम्सै हाहासिम
–सोनाम सज्जन किराती
ढ्वाङ्कुमो ब्अिम्सै
कुक्सि स्वात्थोङ पुमल्वा बाक्साख्
तस्सेल्वाम ङासि स्वाट्टै टुसै
मेलोल्वा हलगोरु हाल्पाच्चाम
लोटो हालिङ्चिम बाङ
आन्चि ब्अुलुम किर्चाम
ब्अुलुमल्वा कुब्जाख्वा सुक्सै हाल्पाच्चाम
आमस्याम थि हिमालु साइलाङ दिन
ड्अ्वाम च्यार्मेइल्वाङ चेलपौम
बुल्यामब्ओमो भोउजु
साइलाख् मेलोल्वास गोरु अडेपौख्वा
ख्वार्फुना ख्वार्फुना काकड्आख्वासिम
इम द्यालल्वा उतिसारो डा
आचु काकड्आखो पातुम बाया
आङ इसलुम काकुड्आखोख्वा
भौउजुक आथोउतिङ फेर च्यालपातुम
ए बुल्यामङाब्ओम ! ए बुल्यामङाब्ओम !
भौउजु याके त्वाम त्यार्सै देमे
हैचाङ लाडि
क्वालछिन ख्वार्डुङ ड्अुसो आक्वाल सारो
जासितुसिस आग्वाक्चोस्याङ वानुमेइ
कुडुल्वा तानेतुने जुठाभाँडा स्याकब्य्राक पासै बुर्म
इल्वाङ स्वात्थोङ पुमल्वा ब्लान्डिक च्याम्लापातुम
लु ब्लास्ता खाजा जाचाम
बुल्याम पो दाजु ग्यार्सै हासिम
गाँडु उनतिचो आमाचिनि
हल ख्वार्चो आक्वाल क्र्याम्खो सिइदेसाख्
अँ लाद्रो ट्वाप्सिके सजिलो बाःम
खासि पासि डा गारो द्यामदुम्मे
बुल्यामब्ओमोख्वाइ लिप्टुम
भौजुख्वा राडुयोर निक्खो आजुप्तु
तिवाइँ खसिनि ज्वाल्मुन्चो टाम
रिपोकुडु प्ल्यासाख् क्वाल राडुबिल ब्लामेइ
च्याबब्रोस सिलाङ ल्वामेइ दाजुख्वा
¥वाम्पुङचिमाख्वा दुखाङ दाम्लो चाल्सुचिमेइ तिम
आन्चि राडुयोरख्वा
मेलो राइपातुचिम
ङासि सट्के पासै ब्ओक्टुम
च्याप काप्टा क्वालै खेपा
देसै आङ सिलाङल्वाम योर ब्ओर्तुम
इल्वाङ च्याप्नै ङासि स्वाट्टै टुसुम
इमपाराख्वास क्र्वाब्वाम फुटुचिम
क्वाक्सै चार्जा क्लम्सुचिम
चार्जाजत्ति ङासि ख्वाक्साख् रुम्मे
ङासि हिउदोभर रक्सि चार्साख रुम्मे
त्याप्पि बुल्यामपो कुडुल्वास बाःम
चाच्वा–चाच्वामे क्वासै
इम ल्वाचो बलबैसो ब्अिम्तुम
रुतुम ख्वार्लिदिक्मेइ वाल्खातिड्
रितुमबायातिड चेइलदिम
चाकुल कल्लेकोपि खासि पौमेइ
त्यापिपि इमस्याम परेआदुम
त्याङ्वाम बेबाख् फुरि आप्याक्बि
फ्वाइतिफुरिख् जोर आप्वाइम
खालि खुसपाम्मे, प्व्राक्बिम
आल डा फुरि ब्वाइपास्सिस मुस्किल बाःम
ङेवातिड् आम जमानाल्वा खुजिवा दुम्किम
पुर्खाक पाह्याम्मेइ रितुम माच्चे खुजिवा बाकिम
बुल्याम पो दाजु ब्अिम्सै हाहासिम ।
अनुवादः
बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए
–सोनाम सज्जन किराती
ढ्वाङ्कुमो सोच्दै
कुक्सि स्वात्थोको फेदमा बसेर
डबकाको जाँड स्वाट्टै पियो
मेलोको हलगोरु हिंडाउन
लोसोतालले हिंडेमा
दुवैको पुच्छर निमोठ्न
पुच्छरमा लौरोले घोच्दै हिंडाउन
यस्तै थियो हिमालु साइँलाको दिन
घाम चर्कंदै गर्दा सोध्छिन्
बुल्यामकी आमा भाउजूले
साइँलाले मेलोमै गोरु अड्याएर
जोत्दाजोत्दै तिर्खाएको छ
त्यो गाउँमा त्यत्तिसारो त
को पो तिर्खाएको छ र
उसलाई त्यस्तो अनुभूत गर्छ तिर्खाले
भाउजूले सुनेन भने फेरि बोलाउँछ
ए बुल्यामकी आमा ! ए बुल्यामकी आमा !
भाउजू पनि झर्किदै भन्छिन्
हैजाको लादी
एकछिन जोते हुन्थ्यो कत्ति सारो
खनपिउन नदिएजसरी कराएको
घरको तानतुने जुठोभाँडा बढारकुडार गर्दै गनगनिन्छिन्
त्यसपछि रुखका फेदमा पुगेर बोलाउँछ
लु आऊ खाजा खान
बुल्यामको बाउ दाजु रआउँदै ठट्टा गर्छ
गाँडु तिमीहरू के चाल पाउँछौ
हलो जोत्न कति भाकायो भनेर
अँ घोक्रो सुकुन्जेल कराउन सजिलो छ
काम गर्न त गाह्रो हुन्छ
बुल्यामकी आमाले जवाफ दिन्छ
भाउजूले वाम्बुले भाषा त्यत्ति पारा ल्याउँदिनन्
भए पनि खसिनी जन्मेको ठाउँ
माइतीघर छाडेर एक किरातीसँग आएकी छिन्
अलिकबार सिलोङ गएका दाजुन्वा
देखाभेट गरेर दुःखको दाम्लो बाटेका हुन्
दम्पतीको वाम्बुले भाषाले
मेरो राम्रो बनाइरहेको छ
जाँड स्वाट्टै पारेर रित्तायो
अलिक थप एक पटक
भन्दै उसले सिलोङको प्रसंग उक्कायो
अनि अलिक जाँड स्वाट्टै पियो
त्यसोगरेर मकै छरे दम्पतीले
खन्दै कोदो रोपे
कोदो जति जाँड पकाएर सकियो
जाँड हिउदभरि रक्सी चुहाएर सकियो
हिजोआज बुल्यामको बाउ घरमै छ
नाति–नातिनी गोहोलो गर्दै
त्यो गएको बलबैंस सम्झियो
हेर्छ जोतिहिंडेका जग्गाहरू
रीतिमुन्दुमहरू सिकिहिड्छ
कहिले कलियाकोपीको काम गर्छ
अहिले त्यस्तो गर्नुपर्दैन
अहिलेका केटाकेटीहरू फूल टिप्दैनन्
रीतपूर्वक मगनी बिहे गर्दैनन्
मात्र चोर्छन्, भगाउँछन्
यहाँ छ फूल फुल्न मुस्किल छ
पतिहरू यो जमानामा चोर बनेका छौं
पुर्खाले गर्दै ल्याएका रीतिथिति बिर्सिन चोर छौं
बुल्यामको बाबु दाजु सम्झिदै भक्कानिए ।
(अनुवादः गणेश वाम्बुले राई)