योग दिवस ः असार ७ गते
प्रल्हादप्रसाद दहाल
योग एक बृहत पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । जसका जराहरु अहिले विश्वभर फैलिदा छन् । अर्थात् भनौ विश्व समुदायमा आप्mनो अब्बल प्रभाव छोड्न सफल देखिन्छ यो विधा ।
भारत वर्षका ऋषिमुनीहरुको तपश्यामूलक अनुसन्धानात्मक देनबाट विकसित भएको यो विधा हाल आएर आधुनिक वैज्ञानिकहरुको प्रयोगको प्राथमिकतामा विकसित भएको छ । विशेषगरी विश्वका अमेरिका, बेलायत, भारत जस्ता शक्तिशाली राष्ट्रहरुको शैक्षिक क्यालेण्डरमा योग विधा समेटिनु । त्यसैगरी चिन, जपान, कोरिया जस्ता उदाउँदो अर्थतन्त्रका ताराहरुमा दिनानु दिन योग सेन्टरहरु खुल्नुले यो कुराको पुष्ट्याइँ गर्छ ।
अर्काे तर्पm पाकिस्तान, दुबाई, मलेसिया, साउदी अरेबिया, कतार जस्ता मुलुकका साथै अफ्रिकन मुलुकबाट समेत योग प्रशिक्षकको माग आउनुले यो विधाको अब्बलतालाई थप प्रस्टयाउँन मद्दत गर्दछ । अर्थात् अहिलेको समयमा योग जाति, भाषा, धर्म सम्प्रदायभन्दा माथि छ भन्दा अत्युक्ति नहोला ।
भारतका आधुनिक स्वास्थ्य संस्थादेखि लिएर समान्य स्वास्थ्य प्रदायक निकायमा अहिले योग तथा आयुर्वेद, न्याचुरोपेथि डिपार्टलाई अनिवार्य गरिदै लैजाने नीतिले त यसको गाम्भिर्यतालाई नजरअन्दाज गर्न हुन्न भन्ने कुरा प्रस्ट छ ।
विशेष गरेर छरपस्ट अवस्थामा रहेको योगको अवयवहरुलाई पतञ्जलीले एकिकृत रुपमा ढाले सँगै यो विधाले आप्mनो आधुनिक बाटो समातेको इतिहास रहेको तर्क गर्छन् यस क्षेत्रका पण्डितहरु । अर्का तर्फ योगलाई अझ सहजरुपमा बुभ्mन सकियोस् भन्ने अभिप्रायले क्षेत्रगत रुपमा (राजयोग, कर्मयोग, ज्ञानयोग, भक्तियोग)मा विभक्त गरी पश्चिमा मुलुकमा पनि यसको विस्तार गरी स्वामि विवेकानन्दले नयाँ आयाम थपे ।
हाल आएर यसको औपचारिक विकास र विस्तार गर्नका लागि वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले जुन २१ तारिखको दिनलाई विश्व योग दिवसको रुपमा मनाउनको लागि यूएनमा गरेको प्रस्ताव र सो को अनुमोदनले सन् २०१५ जुनदेखि यस क्षेत्रको बहुआयामिक विकासको लागि नयाँ बाटो खुलेको छ । यसको परिणाम स्वरुप योगमार्गमा हिड्न चाहने मानिसहरुले यसलार्ई आ–आफ्नो अनुकुलतामा व्याख्या गरेर प्रयोगमा ल्याउने जमर्को गरेका छन् । साथै जनमानसमा पनि योगको नशा फैलिदो क्रममा छ ।
विशेषतः योगको सैदान्तिक र व्यवहारिक दुई वटा पाटाहरु छन् । जसले योगको लक्ष र उद्देश्यको नेतृत्व गरिरहेको छ । सिद्धान्त अन्तिम विन्दु हो भने व्यवहार यसका बाटाहरु जसको प्रयोग गर्दै त्यो अन्तिम विन्दु प्राप्त हुने गर्दछ । त्यही व्यवहारिक पाटोमा अहिले योगका विभिन्न क्षेत्रहरु विस्तारित हुँदैछन् । विशेषतः यसले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई आप्mनो मुख्य प्राथमिकतामा राखेको देखिन्छ । यसले रोजगारीको पाटोलाई पनि सँगसँगै जोडिन आधार प्रदान गरेको छ । यसको अर्को महत्वपूर्ण पाटो भनेको भाइचारामा बृद्धि गर्नु हो । त्यसैगरी यसको माध्यमबाट व्यक्तिगत आत्मसम्मान, आत्मियभाव, इमान्दारी आदिमा विकास भएको देखिन्छ भने सभ्य समाजको निर्माणमा यसको योगदान अपरिहार्य छ । साथ साथै राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पनि यसको योगदान देखिन थालेको छ । यिनै र यस्तै खाले अनगिन्ती विशेषताले सजियको हुनाले अहिले आएर पूर्वी, मध्म तथा पश्चिमा मूलुकमा यसको आधार निर्माण हुने क्रम दिन दोगुना र रात चौगुना भइरहेको छ ।
सन् २०१५ मा अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकाका ९४० वटा विद्यालयले योगाको पाठ्यक्रम समावेस गरेको र ५४०० इन्सट्रक्टरले यसमा काम गरिरहेको देखाएबाट यसको पुस्ट्ययाइँ हुन्छ । त्यसैगरी अमेरिकामै २०१६ मा योग जर्नलले गरेको अर्काे सर्वेक्षणले ३ करोड साठी लाख मानिसहरु योग गर्ने कुरा देखाएको छ । यस संख्यामा सन् २०१२ को तुलनामा करिब १६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी यस क्षेत्रमा आवश्यक पर्ने सरसामानको लागि सन् १२ को तुलनामा ६ विलियन डलरले वृद्धि भएर १० बाट १६ बिलियन खर्च भएको तथ्य सर्वेक्षणले देखाएको छ । अर्काे एक सर्वेक्षणले सन् २०१२ देखि २०२० सम्म योगा उद्योगबाट ९.०९ विलियन डलर बराबरको कर उठ्ने प्रक्षेपण गरेको छ ।
एक फरक सर्वेक्षणमा सन् २०१७ मा अस्ट्रेलियामा ७ लाख ४९ हजार मानिसहरु योग अभ्यास गर्ने तथ्य खुलेको छ भने चाइनाका २३ प्रतिशत मिलिनियरहरुले आप्mनो मनपर्ने खेलमा योगलाई समावेस गरेका छन् ।
भारतले केन्द्रमा योग, आयुर्वेद, न्याचुरोपेथी, होमियोपेथी लगायतका विषको प्रवर्धनका लागि आयुस मन्त्रालयको सृजना गरेको छ भने अधिकांश विश्वविद्यालयमा योगाको छुट्टै डिपार्टहरु सञ्चालनमा छन् । यहाँ “स्वामि विकासानन्द योग अनुसन्धान केन्द्र” लगायतका विधागत अनुसन्धान केन्द्रदेखि अन्र्तराष्ट्रिय ख्यातिप्राप्त योगपीठहरु सेवा प्रवाहमा तल्लीन छन् । यसैगरी लगभग हरेक प्रान्तका सम्पूर्ण किसिमका विद्यालयमा योग अनिवार्य हुँदै गइरहेको छ । यहाँ हजारौंको संख्यामा योगा प्रशिक्षक प्रशिक्षण केन्द्रहरु छन् । जसमा लाखौंको संख्यामा यस्ता मानव श्रोतको विकास भएर संसारका लगभग सम्पूर्ण प्रमुख देशहरुमा आप्mनो उपस्थिति देखाउन थालेका छन् ।
समग्रमा के भन्न सकिन्छ भने योगा बहुआयामिक क्षेत्र समेटिएको विधा हो । यो आप्mनो हरेक आयाममा उत्तिकै महत्वका साथ विकसित हुने प्रयत्न गरिरहेको छ । योजनावद्ध तरिकाले विकासको बाटो समातेको हुँदा यसको क्षेत्र दिनानु दिन फराकिने क्रममा छ । सबै क्षेत्र तह र तप्कामा फिजारिएकोले नै योगा अब्बल विधाको रुपमा स्थापित हुँदै गएको तर्कमा कसैको दुइमत छैन ।
लेखक प्रल्हादप्रसाद दाहाल योग थेरापिष्ट हुनुहुन्छ ।
praladhdahal@gmail.com