स्लिम बन्ने मन छ ? त्यसो भए पिउनहोस् जुस…

स्वास्थ्य

काठामाडौ । सौखिन जिवनशैलीका कारण मानिसले आफ्नो तौलको नियन्त्रण गर्न सकिरहेका छैनन्। फलस्वरुप बढ्दो तौल दिन प्रतिदिन आम मानिसको समस्या बन्दै गइरहेको छ ।

तौल बृद्धिसंगसंगै देखापर्ने दिर्घकालिन रोगले मानिसहरु मानसिक र शारीरीक दुबै हिसावले पिडित छन् । यदि तौललाई नियन्त्रण गर्नु छ त तलका केही टिप्सहरु अपनाउदा हितकर हुन्छ ।

अहिले सर्बत्र के ट्रेन्ड छ भने, धेरै खाइयो भने मोटाइन्छ त्यसैले कम खानुपर्छ । स्लिम हुन चाहनेहरु त खानेकुराबाट भाग्न थालेका छन् । जबकी शरीरलाई आवश्यक पोषण तत्व भनेको खानेकुराको माध्यामबाट प्राप्त हुने हो ।त्यसो त डाइटिङ गर्नेहरुका लागि यहाँ काइदाको उपाय छ ।

उनीहरुले ठोस खानेकुरा सेवन गर्न आवश्यक ठानेनन् भने तरकारीको जुस पिउन सक्छन् । यो सर्वोत्तम विकल्प हो । यसको केहि लाभ छ ।

कसरी पिउने ?

हामी फलफुलको जूस पिउन अभ्यस्त छौं, तर तरकारीको जूस विरलै पिउँछौं । तर, तरकारीको जूस हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

हालैको एक अध्ययनले पत्ता लगाएको छ कि नियमितरुपमा तरकारीको जूस पिउनाले चाँडै तौल नियन्त्रण हुन्छ । डाइटिङ गर्ने व्यक्तिहरुका लागि तरकारीको जुस अत्यन्त लाभकारी हुन्छ ।

१. करेलाको जुस पिउँदा तितो हुन्छ, तर यो जुसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न सहयोग पुर्‍याउँछ ।

२. करेलाको जुसमा कागतिको रस हाल्दा झनै फाइदा मिल्छ ।

३. पाकेको  कांक्रोको जूसले पनि तौल घटाउन  महत्वपूर्ण भूमिका खेल्छ । यसले तौल मात्रै कम हुने होइन कि छाला पनि चम्काउँछ ।

४. हरेक दिन बिहान एक गिलास लौकाको जूस पिउनुपर्छ । यसमा अत्यधिक फाइबर र कम क्यालोरी हुन्छ ।

५. बन्दाकोभीको जूसले पनि तौल घटाउन सघाउ पुर्‍याउँछ । त्यसैले दैनिक एक गिलास बन्दाकोभीको जूस पिउने गरौं । बन्दाकोभीको जूसमा फ्याट कम गर्ने तत्वहरु हुन्छन् ।

६. नियमितरुपमा २-३ महिनासम्म २ सय५० ग्राम टमाटरको जूस पिउँदा पनि तौल कम हुन्छ ।

७. भिटामिन, प्रोटिन र कार्बोहाइड्रेडबाट भरपूर ब्रोकाउलीमा पनि फ्याट्स बिल्कुल हुँदैन । यसको जूस निकालेर पिउन सकिन्छ वा तरकारी बनाएर खान पनि सकिन्छ ।

८. हरियो सागको जूसले पनि वजन कम गर्न सहयोग गर्छ । आफ्नो स्वादअनुसार हरियो सागको चयन गर्न सकिन्छ ।

९. अरुबखडाको जूसमा कागतिको रस मिलाएर पिउँदा पनि तौल घट्छ ।

१०. नियमित रुपमा आरुको रस पिउनाले पनि तौल कम हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published.