शिव श्रेष्ठको फिल्ममा संजोग र वर्षा अनुवन्धित

मनोरन्जन
काठमाडौ । लामो समयदेखि अभिनय यात्रामा सक्रिय नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठ अब निर्माता बनेका छन् ।  ‘मन्दिरा’ निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको छ ।
स्रोतले दिएको जानकारीअनुसार, फिल्ममा नायक संजोग कोइराला र नायिका वर्षा राउत मुख्य भूमिकामा अनुवन्धित भएका छन् । पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका संजोग र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा समेत छन् । खबरअनुसार, वर्षा यही फिल्मका लागि तौल घटाउन अष्ट्रेलिया गएकी हुन् ।
फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै, नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि फिल्मका लागि अनुवन्धित भइसकेका छन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेको कथामा निर्माण हुन लागेको फिल्मको हाल गोप्य रुपमा छायांकन भइरहेको स्रोत बताउँछ ।
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चाँडै निर्माण यूनिटले फिल्मको टीजर सार्वजनिक गर्दैछ ।

Leave a Reply

Your email address will not be published.