‘मिस तामाङ’को ताज सिम्रनलाई

मनोरन्जन

लिभु संवाददाता

काठमाडौं– एघारौँ संस्करणको ‘मिस तामाङ–२०१८’ को उपाधि सिम्रन स्याङ्बोले हातपार्न सफल हुनु भएको छ । पर्साको ठोरी गाउँपालिका निवासी सिम्रनले २७ प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको हो । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेका हुन् ।
सिम्रनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गर्नुभएको थियो । उपाधिसँगै उहाँले एक लाख रुपैयाँ पुरस्कार हात पार्नुभयो । सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिरयाउनु भएको थियो । विजयको ताज पहिरिएसँगै सिम्रन एक वर्षका लागि सिभिल गु्रपको ब्राण्ड एम्बास्डर समेत हुनुभएको छ ।
यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ हुनुभयो । यसैगरी, वेष्ट क्याटवाकको उपाधि रूपा घिसिङले, वेष्ट पर्सनालिटी आशिका बलले, वेष्ट फ्रेण्डसिप सिम्रन लामाले, वेष्ट अनुशासन क्रिष्टिना लामाले तथा वेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले जित्नुभयो ।
निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहनुभएको थियो । तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिनुभयो ।
अहिलेसम्म मिस तामाङको ताज पहिरिनेमा सिम्रनसहित अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.