केकी अधिकारी पनि निर्मात्री बन्दै

मनोरन्जन

काठमाडाैं । नेपाली चलचित्रका अभिनेत्रीहरू खुरु-खुरु निर्मात्री तथा निर्देशिका बन्ने क्रम जारी छ । दीपाश्री निरौला, झरना थापालगायतका नायिकाहरु निर्देशनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । त्यस्तै केही अभिनेत्रीले निर्माताका रूपमा समेत सफलताको स्वाद चाखिसकेका छन् ।

करिश्मा रेखा थापा, मानन्धर, निशा अधिकारी, शुभेच्छा थापा आदि अभिनेत्री चलचित्र निर्मात्रीका रूपमा समेत चिनिएका छन् । यो सूचीमा अर्को एउटा नाम थपिएको छ, केकी अधिकारी । २०७५ सालकाे तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन् ।

म्युजिक भिडियोका अब्बल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ । केकीसहित थप दुई अभिनेत्रीको मुख्य भूमिका रहने उक्त चलचित्रमा केही लोकप्रिय हास्य अभिनेताले समेत अभिनय गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *