खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको अभाव

प्रदेश १ समाचार समाज

 

-प्रेमिका राई, प्रशिक्षार्थी
 
लिभु संवाददाता,
खोटाङ ।  खोटाङ जिल्लाको दक्षिण पूर्वी भेग हलेसी तुवाचुङ नगरपालिका -२ दाम्ली गाउँका बासिन्दाले अझै पानीको अभाव झेलिरहेका छन ।
नगर पालिकाको वाड नं:१,२ र ३ का बासिन्दाले अझै डेडदुई घन्टासम्म टाढाबाट पानी बोकेर घर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय कमला राईले बत्ताईन ।
पहिरोले खानेपानीको पाईप बगाएपछि उक्त समस्या आएको र अझैसम्म मर्मत हुन नसकेकोले त्यहाँको बासिन्दाले सास्ती खेप्नुपरेको स्थानीयबासी कुमार राईले बत्ताए ।
दाम्ली गाउँ
दाम्ली गाउँ
धेरै समय घण्टौँ हिडेर पानी भर्न जादा पनि पानीको गाग्रो भर्ने पालो नपाइने स्थानियको दुखेसो छ । खानेपानी ल्याउन गरिएको प्रयास पनि  दुई बर्षबढी भइसक्यो । तर, खानेपानी अझै गाउँमा नआईपुगेको जनगुनासो छ । विविध कारणले नगरपालिका भरि नै खानेपानीको हाहाकार छ ।
हलेसी बजारमा होटलमा खाजा खाँदा खानेपानी बोत्तलमा छुट्टै किनेर खानुपर्ने बाध्यता रहेको दाम्ली गाउँकी स्थानीय सुस्मिता राई बत्ताउछिन । उनले भनिन, ‘बजार खाजा खान पस्योभने खाजा त किन्नु परिहाल्यो । तर, पानी पनि नकिनी खानु पाइन्न ।’ उनले खानेपानीको समस्या  जनप्रतिनिधी सरोकारवालाले छिटो समाधान गर्नुपर्ने  बत्ताईन ।

Leave a Reply

Your email address will not be published.