मीरा राजभण्डारी अमात्य
प्रसंग अन्तरराष्ट्रिय नारी दिवसको । ‘प्रेस फर प्रोग्रेस’ यो वर्षको अन्र्तराष्ट्रिय नारी दिवसको नारा हो । जसको शाब्दिक अर्थ हुन्छ– विकासका लागि दवाब । महिला नेतृत्व चाहे त्यो घरभित्रको नेतृत्व होस् वा राज्यका हरेक निकायका महिला नेतृत्व, जो आफैंमा एक दवाब समूहका परिचायक हुन् ।
महिला विकास र उत्थानका लागि बनेका र बन्न आवश्यक नीतिहरुलाई पहिचान गर्न र कार्यान्वयन गर्न गराउन राज्य र सरोकारवालासम्म दवाब दिन तथा महिला विकासका अवरोधका रुपमा रहेका र रहने सक्ने राज्यका नीति नीति निर्णयमा आमूल परिवर्तन गराउन महिला नेतृत्वको खास भूमिका रहन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारी समग्र महिला वर्ग र राष्ट्रको लागि गौरव तथा पहिचान हुनुहुन्छ । तर, प्रश्न–नेपाली राजनीतिको बजारमा आगामी महिला नेतृत्व को हुन सक्छ रु राष्ट्रपति फेरि पनि विद्या भण्डारी नै बन्ने पक्का भए पनि राजनीतिक महिला नेतृत्व लागि खोजी र चासोको विषय बनेको छैन ।
विगतको राणा शासन विरुद्ध र ततपश्चात पञ्चायती व्यवस्थाविरुद्ध जेहाद छेदेका कतिपय महिला नेतृत्वहरु त्यतिकै ओझेलमा परेका छन् । एउटा महिला नेतृत्वले महिलाको शान र पहिचान दिने मात्र नभएर सो नेतृत्वले समग्र महिला विकासका लागि हदै सम्मको नीति निर्माण र पहिचान गर्न सक्षम हुनुपर्छ ।
अहिले राज्यले ३३ प्रतिशत महिलाको माग राज्यको हरेक निकायमा गरेको छ । तर यो संवैधानिक मागलाई परिपूर्ति गर्न राज्यका हरेक निकाय सक्षम छन् वा छैनन् त्यसको खोजी र अनुसन्धानमा उदासीन छ राज्यका हरेक निकाय । त्यसको कमी पत्रकार महासंघकै केन्द्रीय नेतृत्वमा समेत नीति निर्णय तहमा विगतको उपाध्यक्ष पदबाट ओर्लिएर सचिवको हैसियतमै चित्त बुझाउनुपर्ने महिला पत्रकारको बाध्यता अहिलेको नीति निर्णयको बजारमा ‘हट केक’ बन्न सकेको छैन ।
महिलाको नेतृत्वको बाहुल्यताले महिलाकै हितमा महिला वर्गको बहुआयामिक विकासमा आवश्यक आधारभूत तत्वहरुको सही पहिचान गरी महिला विकासका दूरगामी नीति निर्माण गर्न सक्षम हुने वास्तविकतालाई महिला वर्ग आफैंले पनि आत्माभूति गर्न नसकेको अवस्था छ ।
महिला विकास वा लैगिंक विकास भन्ने विषयमा समग्र मानव विकासको आधार रहेको दृश्य–अदृश्य दूरगामी सोचलाई न त पुरुष वर्गले आत्मसात गर्न सकेको छ, न त महिला वर्गले नै । कहिलेकाहिँ म यस्ता विषयमा पुरुष साथीहरुसँग आपनो धारणा माग्ने गर्छु । खिस्याउँदै भन्छन्– ‘घरको साँचो उनैलाई सुम्पेर वैवाहिक जीवनको शुरुवात गरिन्छ ९नेवार समुदायमा घरको साँचो हातमा समात्न दिएर बेहुलीलाई घरभित्र तानेर लाने परम्परा छ ० तर, सासू नन्द र बुहारीसँगको अनमेलले पुरुषसमेत दुःखी बन्नुपर्ने अवस्थामा पुग्छन्, अनि दोष दिइन्छ, पुरुषलाई । दोषी पुरुष कि महिला आफैं रु महिलाका सिङ न पुच्छरका अस्तित्व लडाइँले हामी पुरुषले अनाहकमा मानसिक तनाव बेहोर्नु पर्ने विषयमा कहिले बहस हुने रु’
यी प्रसंगहरुमा वास्तविकता छ । जबसम्म महिला विकासका लागि समग्र महिला जगतको चेतना दूरगामी सोच र एक अर्कासँगको सहकार्य र अस्तित्वलाई स्वीकार्ने मानसिकता बन्दैन, तबसम्म महिलाको विकास सम्भव छैन ।
संविधानले ३३ प्रतिशतको नीति बनाओस् या कानुनले, महिलामाथि हुने हरेक हिंसाका लागि कठोर भन्दा कठोर सजायको फेहरिस्त तोकियोस् । तर, महिलामाथि हिंसा गराउन र गर्न जबसम्म महिलाकै इर्स्यालु स्वभाव र अचेतन मानसिकतामा परिवर्तन आउँदैन, तबसम्म महिलाको समग्र विकास सम्भव छैन ।
अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिला जगतलाई शुभकामना । विकासका लागि महिला नेतृत्व र तथा दवाबका लागि महिला सञ्चारकर्मी अबको हाम्रो अभियान हुनुपर्छ । साभार – अनलाइन खबर