स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

प्रवास समाचार समाज
-बि. मुक्काचो राई

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी डिनर आयोजना भएको छ । त्यही सेरोफेरोमा यो संस्मरणात्मक आलेख तयार गरिएको छ ।

सन् २०१८ फेब्रुअरी १७ तारिख तदअनुसार २०७४ साल फागुन ५ गते शनिबार करिब तीन घन्टाको लगातार ड्राइभपछि पुगेँ इंग्लैंडको दक्षिण(पश्चिममा पर्ने अल्डरसट टाउनमा । मैले अलि सस्तो कारपार्क खोजेर दिनभरीमा पाँच पाउण्डमात्र लाग्ने ठाउँ भेटेपछि त्यहिँ पार्क गरेँ ।

ओखलढुङगा जिल्ला समाज युकेले सन् २०१८ फेब्रुअरी १७ तारिख बेलायतमा आयोजना गरेको ‘ओखलढुंगा स्वागत द्वार निर्माण च्यारिटी डिनर’ समारोहमा सहभागी । तस्बिर: जेबी राई

समयतिर ध्यान दिँदा, दिनको साढे दुई बज्नै लागेको थियो । दुई बजेर ४५ मिनेट जाँदा हलभित्र पसी सक्नु पर्ने र तीन बजे त आ–आफ्नो सीटमा बसी सक्नु पर्ने  भन्ने कडा निर्देशन र सूचनाअनुसार म ढिलो हुनै लागेकोले कार पार्क गरेर हतार हतार अल्डरसटको एम्पायर हलतिर पाइला बढाउँदै थिएँ ।

त्यो दिन हल्का चिसो भए पनि घाम चर्को लागिरहेको थियो । सायद कठ्याङग्रिदो हिउँदे जाडो सकिएर ग्रिष्मयाम सुरु हुनै लागेको छ भन्ने शुभसंकेत थियो होला त्यो । मौसमको फाइदा लिएर मैले आफ्नो ओभरकोट र कालो चस्मा ढल्काई हालें । कार पार्कदेखि हलसम्म पुग्दा दस मिनेट जस्तो लाग्ने समयभित्र मनमा अनेक कौतुहलता र उत्सुकता जाग्दै थियो ।

प्रवेशद्वारमा नाम लिने र टिकट दिने समूहको टेबलमा मानेभन्ज्याङ गाउँपालिका ५, उदयपुरगाउँका टीका राई, केतुकेका गमबहादुर तामाङ र उहाँकी श्रीमती शर्मिला तामाङ हुनुहुन्थ्यो । मैले आफ्नो नाम चेक गरें, ठीक गरें र टीक गरें । यही दौरानमा हामीवीच छोटो कुराकानी भयो ।

प्रवेशद्वारतिर जाँदै गर्दा रिटायर्ड क्याप्टेन नानीबाबु मगर ९ओखलढुङगा जिल्ला समाज युकेका अध्यक्ष तथा सो कार्यक्रमका प्रमुख आयोजक० लगायत आयोजक समूहका केही सदस्यहरुसंग जम्काभेट भयो ।

हलभित्र प्रवेश गर्नेवित्तिकै भूतपुर्ब डीएसपी, समाजसेवी तथा लेखक शिबजी श्रेष्ठ र बेलायती सेनाका भूतपुर्ब क्याप्टेन कृष्णबहादुर थापा ९वाक्सावासी० संग केही कुरा गर्ने मौका मिल्यो ।

म पुग्दासम्म उपस्थित हुने अतिथीहरुको कुल संख्या २५५ अर्थात एक चौथाई पनि थिएन । हलभित्र वरीपरी गौर गरेर हेरेँ । गम खाएँ रमनमनै भनेँ, ‘यो त नेपाली समय न हो ।’

यता वाम्बुले राईहरुमा दिलु राई ९नुङकुपुले कर्ण०, उहाँको श्रीमती पृथीमाया राई, कमल राई ९ओखलढुंगा जिल्ला समाज युकेका उपाध्यक्ष० उहाँको श्रीमती धनमाया राई र खेजीमाया राई ९श्रीमती अमृत राई० पनि कार्यक्रममाआई पुगीसक्नु भएको रहेछ । हाम्रो गाउँले गफ हुन थाल्यो । त्यसको केही समयपछि नै कर्ण राई ९२४० र उहाँको श्रीमती दीलकुमारी राई, वाम्बुले राई समाज युकेका अध्यक्ष गंगा राई र उहाँको श्रीमती तथा कोषाध्यक्ष नेत्रकुमारी राई, सीताराम राई, कृष्ण राई, पाण्डब राई फोटो पत्रकार जीखा ९जेबी० राई लगायत थुप्रै सहभागीहरुको आगमन हुन थाल्यो ।

अझ बिशेषतस पहिला काठमान्डूमा कलेज पढ्दाका पुराना साथीहरु जीरा ९जेनी० थापा र सफिन मगरसंग धेरै समयपछि भेट भलाकुसारीले गर्दा पनि कार्यक्रमको पहिलो घण्टा रोमान्चकारी हुँदै थियो ।

स्वागत तथा उद्घाटन

प्रमुख अतिथी तथा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सेवेदी ९साहित्यकार दुबसु क्षेत्री० करिब ३ बजेर ३०मिनेट जाँदामात्र आईपुग्नु भयो । कार्य्रक्रममा अतिथीहरुलाई खादा ओढाएर स्वागत र सम्मान गरिएको थियो भने प्रमुख अतिथीलाई ब्रिगेड ब्याण्डको पाइप बजाएर भव्य स्वागत गरिएको थियो ।

अतिथीगणद्वारा दीप प्रज्ज्वलनपछि नेपालको राष्ट्रिय झण्डा र बेलायतको राष्ट्रिय झन्डा ९युनियन ज्याक०लाई स्टेजको दुईतिर राख्नुको साथै नेपाली र ईङग्लिस ९अंग्रेजी० राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।

स्वागत भाषण

ओखलढुङ्गा जिल्ला समाज युकेका उपाध्यक्ष बिष्णुबहादुर गुरुङले स्वागत मन्तब्य दिने क्रममा भन्नुभयो “जोसमनी धर्मका धर्मगुरु ज्ञानदील दासले आफ्नो तपोभुमी हाम्रो ओखलढुङ्गा जिल्लामा बनाउनु भएको थियो ।’ ‘युगकवि सिद्धिचरण श्रेष्ठ, भिक्टोरिया क्रस बिजेता अगनसिंह राई, पहिलो महिला गायिका मेलवादेवी गुरुङ, राष्ट्रिय गानका सर्जक ब्याकुला माइला, सीएनएन हिरो  तथा माइती नेपालका अध्यक्ष र हाल प्रदेश नं। ३ का प्रमुख श्रीमती अनुराधा गुरुङ कोइराला, स्वर्गीय राजा महेन्द्रको रानी बन्न सफल रम्भारानी, चन्द्रसम्शेरको दरबारमा बुहारीको रुपमा भित्रिन सफल रामकुमारी गुरुङ, राजा बीरेन्द्रका धाईआमा हाइना गुरुङस यी सबै यही जिल्लाका हुनुहुन्छ ।

त्यस्तै निस्कलंक र स्वच्छ राजनीतिक छबीका मन्त्री जसले उन्नाइस पटक कार्यवाहक प्रधानमन्त्रीसमेत सम्हाल्नु भएका स्वर्गीय बलबहादुर राई र रेडियो नेपालको सफल कार्यक्रम प्रस्तोता पाण्डब सुनुवार जस्ता विभिन्न व्यक्ति व्यक्तित्वहरुको जन्म भएको जिल्ला हो ओखलढुङ्गा । गुरुङले थप्नुभयो, ‘आजको यो च्यारिटी कार्यक्रमले गर्दा हामी एक अर्कामा सामिप्य हुने एउटा सुनौलो अवसर पनि मिलेको छ ।”

जिल्लाको परिचय

ओखलढुङ्गा  जिल्लाको संक्षिप्त परिचय दिनलाई शिवजी श्रेष्ठलाई स्टेजमा आमन्त्रण गरियो । “रुम्जाटारको कोदोको पीठो निर्गुणको दाउन, धर्म कर्म गुरुङले गरे छक्क परे बाहुन ।’ आजभन्दा एक सय पचास बर्ष अगाडि उदय लहरी साहित्य सृजना गर्ने भक्ति साहित्यका प्रणेता ज्ञानदील दास लामिछानेको जन्म थलो हो, ओखलढुङ्गा हो । यसो भनेर श्रेष्ठले आफ्नो जिल्लाको प्रशंसा गर्न सुरु गर्नु भयो ।

तपाइहरु यस्तो जिल्लाको कार्यक्रममा हुनुहुन्छ, जुन जिल्ला सदियौंदेखि सर्वोच्च शिखर सगरमाथाको भारबोकेर बस्यो ।  तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी मिलेर सगरमाथा चढ्नु भएको थियो । तेन्जिङ नोर्गे हाम्रै जिल्लाको हुनुहुन्थ्यो । जो वि।सं। २०१८ सालपछि मात्र भारतीय नागरिक बन्नुभयो ।

त्यसैले हामी भन्न सक्छौं आजको च्यारिटीले बनाउन गईरहेको स्वागतद्वार ओखलढुङ्गाई मात्र होइन, त्यो सगरमाथाको गेट पनि हो । किनकी यसले सगरमाथा चढ्न जाने पर्वतारोही र पर्यटकहरु समेतलाई स्वागत गर्ने छ ।  र,  जुन ठाउँमा गेट बनाइदैछ, त्यो ठाउँबाट दुई घण्टा ड्राइभ गरेपछि सगरमाथालाई प्रत्यक्ष देख्न सक्नु हुने लगलगे टावर भ्यु पनि त्यहाँ बन्दैछ । ओखलढढुङ्गा जिल्ला यस्तो जिल्ला हो जसको वरिपरी भएर बग्ने नदीहरु, दक्षिणमा दुधकोशी र पश्चिममा सुनकोशी पर्दछ । समुद्र सतहदेखि ३९० देखि तीन हजार ६ सय ६ मीटर सम्मको उचाईमा रहेको र एक हजार ७४ बर्गकिलो मीटरको क्षेत्रफल रहेको ओखलढुङ्गा पुर्बमा खोटांङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासंग जोडिएको छ ।

नेपालकै दोस्रो उच्च ठाउँबाट झरेको पोकली झरना पनि हाम्रै जिल्लामा छ, जसले संसारमा प्रसिद्ध नागराफल्स भन्दा कम मनमोहक दृश्यले पर्यटकलाई मोहक बनाउने छैन । टारैटारले भरिएको ओखलढुङ्गा रुम्जाटार होस् बिगुटार होस्, रामपुरटार होस् कि सानिटार अनि गाम्नाङटार छन् । हामी हाम्रो जिल्लाबाट राडीपाखी, सुन्तला, चाक्सी लगायतका खानेकुराहरु पैठारी गर्न सक्छौं । त्यसैले पनि यो एउटा सम्भावनाको जिल्ला हो । नेपालभर हरियाली मासिँदै गर्दा अहिले पनि ओखलढुंगा जिल्लाले ३५ प्रतिशत बनजंगल बचाएर राखेको छ । त्यसैले हाम्रो जिल्ला हरियालीको जिल्ला पनि हो । ककनी, खिजीदेम्बा गुम्बा, रुम्जाटार गुम्बा र चम्पादेवी जस्ता धार्मिक स्थलहरु भएको जिल्लाहो, हाम्रो । अनि, पुर्बको पशुपतिनाथ भनेर चिनिने हलेशी धाम पनि त्यही छेउमा छ र यही स्वागतद्वार भएर जान सक्छौं ।

 

च्यारिटी डिनरमा सहभागी वाम्बुले राईहरु

प्रमुख आयोजकको कुरा

समाजका अध्यक्ष नानीबाबु मगरले ‘आफ्नो घर, आफ्नो गाउँ र आफन्तहरुलाई छाडेर हामी विदेश जान कसलाई पो रहर थियो होला र रु तर पनी आफ्नो उज्ज्वल भविष्यको खोजीमा हाम्रो नदी दुधकोशी, सुनकोशी तरेर र सात समुन्द्र पारगर्दै यो बेलायत जस्तो ठाउँमा तपाइ हामीले एउटा कार्यथलो बनाउने मौका पायौं । र, पनि हाम्रो तन मन र धन त्यो ओखलढुङ्गामा नै छ । त्यसैले ओखलढुङ्गा भरि छरिएर बस्नु भएका ओखलढुङ्गा जिल्लावासीहरुलाई हारगुहार गरी बडो कठिनाईका साथ हामीले वैधानिक रुपमा ओखलढुङ्गा समाज युके खडा गरेका थियौं ।

हामी युकेबासी ओखलढुंगेहरु बर्षमा एक पटक भेला भएर भलाकुसारी गर्ने नै हो हाम्रो मूल उद्देश्य । तर पनि, हामी हाम्रो साथीभाई ईस्टमित्रहरुलाई नेपालमा नै छोडेर आएका छौं । त्यसैले हामीले ओखलढुंगा जिल्लावासी एकीकृत भएका छौं अहिले ।  हामीले मनभरी सहयोगी भावना बोकेका छौं । तर हामी भन्दा अनफर्चुनेट मान्छेहरु जसलाई सम्झी रहेका छौं, उहाँहरुको केही गरौँ भन्ने भावनाले हाम्रो क्षमता र वुद्धिले भ्याएसम्म चै उहाँहरुलाई पनि हामीले फर्केर हेर्न एउटा बाटो र बीचार लिएका छौं । नेपालको ७७ जिल्लामध्ये ओखलढुङ्गा जिल्ला अलरेडी स्ट्यान्डआउट छ ।  यो स्वागतद्वार करिब तीस लाखको योजना हो । तर पनि हामीले स्वागत द्वारमात्र नभएर त्यहाँ वरिपरि पार्कसमेत बनाउने योजनामा छौं । अध्यक्ष मगरले बेलायतवासीको चिनो स्वरुप स्वागत द्वार निर्माणमा जुटेको बताउनु भयो ।

प्रमुख अतिथी राजदूत सुवेदीले आफ्नो सम्वोधनमा ओखलढुङ्गा जिल्ला प्रकृति र संस्कृति दुवैको दोभान भएको उल्लेख गर्नुभयो । सो कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी, पुर्वउपाध्यक्ष हीराधन राई, नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नबिन पोख्रेल, सचिब शिब भण्डारीलगायतको सहभागिता थियो ।

उक्त कार्यक्रममा करिब ३०० जनाको उपस्थिती थियो । च्यारिटी डिनर आयोजना गरी एबं चन्दा संकलन गरी हालसम्म १६ हजार पाउण्ड उठेको कुरा सँस्थाका महासचिव नारायण गुरुङले जानकारी दिनु भएको छ । यसरी तीस लाख रुपैयाँ लागतमा ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिकामा पर्ने हर्कपुरमा स्वागत द्वार बनाउन ओखलढुङगा जिल्ला समाज युके जुटेको छ ।  युकेवासी समस्त ओखलढुंगेलीलाई एकजुट बनाएर अरु समुदायलाई समेत गुहार मागेको छ । गणतान्त्रिक नेपालको संघीय प्रदेश नं१ का समृद्धिको लागि हामी पनि जुट्न पाउँदा ज्यादै हर्ष लागेको छ । लाग्छ, यो हाम्रो साझा प्रयासलाई प्रदेश नं१ को सरकार, नागरिक र त्यसमा पनि ओखलढुंगा, खोटाङ, सोलुखुम्बुवासी दाजुभाइले सकारात्मक रुपमा लिनु हुनेछ ।

Leave a Reply

Your email address will not be published.