वाम्बुले भाषाको २६ प्रतिस्पर्धि कवि उछिन्दै भलामान पहिलो भए

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्साको भलामान राई (वाम्बुले बसन्त) प्रथम पुरस्कार जितेका छन् ।


वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २४औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धिलाई उछिन्दै कवि राईको ‘उन आ मामा’ (तिमी मेरी आमा) शीर्षक कविताले बाजी मारेका हो । कवि भलामानको २०७१ सालमा ‘भलामानङा वाम्बुले गजलतिड्’ (भलामानका वाम्बुले गजलहरू) कृति प्रकाशित छ ।

यसैगरी मानेभन्ज्याङ–३ का बिशु वाम्बुले राई द्वितीय, मानेभन्ज्याङ–५ की मुना वाम्बुले राई तृतीय भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ का मोहन वाम्बुले राई र ओखलढुंगा मानेभन्ज्याङ–५ का प्रदिप राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजयी कविलाई प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार र सान्त्वना दुई जनालाई जनही २ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

२०५५ सालदेखि निरन्तर ओखलढुंगा, खोटाङ, उदयपुर जिल्लाका विभिन्न गाउँठाउँमा हुँदै आएको वाम्बुले भाषाको कविता प्रतियोगिता कोभिड–१९ महामारीका कारण गत वर्षदेखि भर्चुअल माध्यमबाट संचालन हुँदएआएको संस्थाका महासचिव जीवन हाताचो राईले जनाएका छन् । यो पटक प्रतिस्पर्धि कविमध्ये ११ जना महिला थिए ।

भर्चुअल समारोहमा दर्जन कविले वाम्बुले भाषामा अप्रतियोगी कविता वाचन गरेका थिए । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) र कोशकार अविनाथ राईले वाम्बुले मातृभाषा, साहित्यको विशिष्टता र अवस्थाबारे बोलेका थिए ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले मातृभाषा जातीय पहिचानको कडी भएकाले यसको संरक्षण, संवद्र्धनमा समुदाय लागीपर्नु सराहनी भएको बताए ।

आयोजक वाम्रास संस्थाका अध्यक्ष तथा पत्रकार गजुरधन राईले वाम्बुले राईको पहिचानबारे उजागर गर्दै गर्दा १२औं राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागको मुख्य प्रश्नावलीमै त्रुटि गरेकाले राज्यबाट न्याय पाउन थप संघर्ष गर्नु परेको बताए ।

समारोहमा वाम्रास युएइका पूर्व अध्यक्ष मुम्चे राईले शुभकामना व्यक्त गर्नु भएको थियो भने संस्थाका सचिव विकास राई सौगातले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रतियोगिताको निर्णायक मण्डल संयोजकमा वाम्रासका उपाध्यक्ष गणेश वाम्बुले राई र सदस्यद्वय झरना वाम्बुले राई र गगनबहादुर राई रहेका थिए ।

वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगी कविहरू र कविताको शीर्षक
१) भलामान राई (बसन्त वाम्बुले), मानेभन्ज्याङ–२ ओखलढुंगा  ‘उन आ मामा’
२) तोसेल बोबो (दुताराज राई), मानेभन्ज्याङ–६ ‘वाम्बुलेङ देस’
३) मंगल दर्शन राई, मानेभन्ज्याङ–६ ‘मुक्तुम्चो दुम्मे रै’
४) मुना वाम्बुले राई, मानेभन्ज्याङ–५ ‘आ ब्ल्याम ब्अिम्ताल्वा’
५) मोहन वाम्बुले राई, हतुनपा–१, खोटाङ ‘उङ त्याङ खै आमा वानि साइलि’
६) रबि वाम्बुले राई, मानेभन्ज्याङ–३ ‘उन क्वाल फुरि तिनुम’
७) बालकृष्ण राई, मानेभन्ज्याङ–६ ‘पर्देसि’
८) मेनुका राई, मानेभन्ज्याङ–५ ‘लाम क्वासाङ बाङ्म’
९) टकबहादुर राई, मानेभन्ज्याङ–५ ‘उङ्गु लिम्साङ बाङ्म है’
१०) कमल किराती, मानेभन्ज्याङ–३ ‘ब्अिम्ता’
११) बिशु वाम्बुले राई, मानेभन्ज्याङ–३ ‘मास्सि साम्सि आड्अुचो उङ्गु’
१२) अविश्वर वाम्बुले राई, मानेभन्ज्याङ–३ ‘स्वान्ढोम’
१३) श्याम वाम्बुले राई, मानेभन्ज्याङ–५ ‘सहरल्वाङ द्याल रितुमबाया ब्अिम्चाल’
१४) सम्झना राई, मानेभन्ज्याङ–५ ‘माउमेइ आबा मामा’
१५) सुजिता राई, मानेभन्ज्याङ–३ ‘इक नेपाल’
१६) प्रदिप राई, मानेभन्ज्याङ–५ ‘माइसिम रितुमबाया’
१७) प्रज्वल राई, मानेभन्ज्याङ–५ ‘मामा पापा’
१८) मिना राई, मानेभन्ज्याङ–५ ‘इक द्याल’
१९) मनिता राई, मानेभन्ज्याङ–५ ‘आ त्वाम’
२०) मेलिना राई, मानेभन्ज्याङ–५ ‘आख्रास्ता मामा’
२१) कविराज राई, मानेभन्ज्याङ–५ ‘साइलि उनु दानिम’
२२) बालकुमारी राई, मानेभन्ज्याङ–५ ‘फुरिस्याङ ज्वाक्चो’
२३) सरिता वाम्बुले राई, हतुनपा–१, खोटाङ ‘आ द्याल’
२४) सबिता वाम्बुलेनी राई, हतुनपा–१, खोटाङ ‘पापा–मामा’
२५) सपना राई, हतुनपा–१, खोटाङ ‘योक्का बाम’
२६) महाविर वाम्बुले राई, हतुनपा–१, खोटाङ ‘वाम्बुले राडु तिकिम’

अप्रतियोगी :
१) पुतली राई (कान्छिमा)
२) उदय जिज्ञासु राई
३) विनोद वाम्बुले राई
४) मायारत्न राई
५) मिलनकान्छा किराती
६) रेणुका राई
७) एलिना राई
८) अविशा राई
९) रेन्जाप्रसाद राई (साल्चो)
१०) अम्बिर राई
११) संगीता राई

Leave a Reply

Your email address will not be published.