मातृभाषाका साहित्यलाई ‘नेपाली साहित्य’ मानिसकिएको छैन-व्याकुल माइला

कला साहित्य -संस्कृति मातृभाषा

लिभु संवाददाता, काठमाडौँ – वरिष्ठ साहित्यकार एवं राष्ट्रगानका रचनाकार व्याकुला माइलाले मातृभाषा साहित्यलाई मुलधार भनिएकाबाट अझै  ‘नेपाली साहित्य’ मान्न नसकिएको सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो विचार व्यक्त  गर्नु भएको छ । भर्खरै प्रकाशित मुक्तककृति बिउ अक्षरको पाठक प्रतिक्रियाबारे लेख्नेक्रममा उक्त विचार व्यक्त  गर्नु भएको छ । वहाँको स्टाटस यस्तो रहेको छ,

( वाम्बुले राई भाषाको कविता संग्रह ‘बिउ-अक्षर’ मातृभाषाको विकासको लागि हो | मातृभाषामा पनि गजबको पुस्तक निकाल्न सकिन्छ भन्ने एउटा सन्देशको लागि पनि हो |मातृभाषाका पुस्तक केवल योगदानकै लागि मात्र, कि त शोखकै लागि मात्र निकालिन्छ भन्ने धारणालाई चिर्न पनि यस पुस्तकलाई अनुकरणीय स्तरीयता प्रदान गर्ने प्रयास गरिएको छ |

यसको रसास्वादन गर्ने पहिलो हक वाम्बुले मातृभाषीहरूकै हो भन्ने लागेर भ्याइ नभ्याई मातृभाषीहरूको बसोवास रहेको ठाउँमा पुर्याउने/पठाउने प्रयास गरियो |

पुस्तक मेरो गाउँ हिलेपानी पनि पठाइयो | भाइ, भतिज एवं इष्टमित्रहरूको हातमा परेछ | उसै दिन एक जना भतिजो (गोपाल राई, पाखा) ले राति ९ बजेतिर (गाउँको लागि निक्कै छिपेको रात) फोन गरेर भने, ”पापमाइला तपाईको पुस्तक मैले पनि आज पाएँ, कति राम्रो, अन्तरराष्ट्रिय स्तरको लाग्यो |” सोच्दा पनि नसोचेको कमेन्ट गर्यो केटोले |

त्यसको पर्सिपल्टतिर मितेरीभन्ज्याङमा बस्नु हुने दाइ अबरामले फोन गरेर भन्नु भयो, ” माइला आज विहान ‘बिउ-अक्षर’ किनेर पढ्दै छु, राम्रो लाग्यो, …’राँको’ लाई वाम्बुले भाषामा ‘हर्चा’ भन्छौं हैन ?”

गत हप्ता मेरै भतिजो पूर्णसिं (PS) काठमाडौं आए (गाउँबाट) | पुस्तक गाउँमा करिब सबैले पाइसकेको जानकारी दिए | उनलाई मन पर्ने दुइटा मुक्तक कण्ठ सुनाए | अझ ५० प्रति म लान्छु भनेर लिएर गए |

आज अर्को भतिज मानव (मन्जित राई) ले फोन गरेर भने, ” पापमाइला, ‘बाँसुरी’ शीर्षकको कविता पढ्दा मन थाम्न सकिन, रोएँ …!! अरू कविता (मुक्तक) पनि पढिरहेछु, ‘छ्याङग’ हुन्छु |”

जनजातीय मातृभाषाका साहित्यलाई ‘नेपाली साहित्य’ मानिसकिएको छैन ! नेपाली साहित्यका गन्नेमान्ने लेखक, समालोचक, साहित्यकारहरूले मातृभाषाका पुस्तकहरू पढ्ने र समीक्षा गर्ने कुरा पनि भएन !!

त्यसैले गाउँठाउँका यी दाजु/भाइ/भतिजाले यति भनि दिँदा पनि ठूलो सान्त्वना मिल्छ | )

Leave a Reply

Your email address will not be published. Required fields are marked *