दक्षिण कोरियाले उत्तर कोरियासँग राख्यो उच्चस्तरीय वार्ताको प्रस्ताव

प्रवास

एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न यही जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो ।

उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएपछि दक्षिणले यो प्रस्ताव गरेको हो ।

किमले शीतकालीन ओलम्पिकमा आफ्नो देशको सहभागिताका बारेमा सोचिरहेको पनि बताएका थिए । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको प्रस्ताव सम्बन्ध सुधारका लागि सुनौलो मौका रहेको प्रतिक्रिया दिएका सन्दर्भमा यो प्रयास हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published.