अमेरिकाले कटौती गर्‍यो प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग

प्रवास

एजेन्सी ।अमेरिकाले संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग कटौती गरेको छ ।प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

राष्ट्र संघका अधिकारीहरुले भने अमेरिकाको पछिल्लो कदमले हजारौं प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अस्वीकार गरे सहायता रकम कटौती गर्ने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.