आठ महिनाको अवधिभित्र चारपटक बलत्कार, धेरैपटक यौन दुर्व्यवहार

अन्तराष्ट्रिय प्रवास

लिभु संवाददाता- सोल, कोरियाली सत्ताधारी डेमोक्र्याटिक पार्टीका नेता आन हि जङलाई यौन दुर्व्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिव किम जि इउनलाई बलात्कार गरेको आरोप लागेको हो ।

एक टेलिभिजन जेटिबिसी च्यानलमा अन्तरर्वाता दिदै आन हि जङका स्वकीय सचिव किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अवधिभित्र चारपटक बलत्कार गरेको र धेरैपटक यौन दुर्व्यवहार गरेको आरोप अन्तरवार्ताको क्रममा बत्ताएकी छिन् ।

सन् २०१७ को जुन देखि यो बर्षको फेब्रुअरीसम्म काम गरेकी उनले बत्ताइन् । सो समयमा बिभिन्न ठाउँमा बलत्कार गरेको भए पनि सामाजिक डरका कारण आफुले कसैलाई घटनाका बारेमा नभनेको बताएकी छिन् । उनलाई आनले रातको समयमा बोलाउने गरेको र अन्तिमपटक  फेब्रुअरी २५ २०१८ मा बलत्कार गरेको समेत खुलेर बत्ताएकी छिन ।

सत्ताधारी पार्टीका प्रभावशाली नेता आन हि राष्ट्रपति मुन जे इनका विस्वास पात्र थिए । मुन जे इनपछि आन दक्षिण कोरियाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्धवार हुने लगभग पक्का थियो । उनलाई यौन दुर्व्यवहारको आरोप लागेपछि गर्भनर पद र पार्टीको सबै जिम्मेवारीबाट हटाइएको छ ।

आफुलाई लागेको आरोपहरुका बारेमा आनले सामाजिक सञ्जाल फेसबुक मार्फत माफी मागेका छन् । उनले आफ्नो गलत कार्यका लागि  आफ्नो स्वकिय सचिव किम लगायत सबैसँग क्षमा मागेका छन् । मंगलबार दिउसो आन बिरुद्ध सोलको प्रहरीमा औपचारिक रुपमा मुद्धा दायर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.