अलैंची उत्पादन दोब्बर बढ्यो, मूल्यमा भने तेब्बर गिरावट

अर्थ / वाणिज्य

धादिङ । अलैंचीको मूल्यमा कमी आएपछि धादिङका किसान मर्कामा परेका छन् । गत वर्षको तुलनामा उत्पाद दोब्बर बढे पनि मूल्यमा गिरावट आएपछि किसान मर्कामा परेका हुन् ।

नगदेबालीका रुपमा किसानले व्यवसायिक अलैंची खेती गरे पनि मूल्यमा आएको गिरावटका कारण उनीहरु समस्यामा परेका हुन् । परम्परागत अन्न बालीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भएपछि उत्तरी धादिङका ग्रामीण बस्तिका किसानले व्यवसायिक अलैंची खेती गर्दै आएका थिए ।

तीन वर्ष अघिसम्म प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री हुने गरेको अलैंची यस वर्ष प्रतिकिलो ६ सय रुपैयाँमा झरेको छ । लागतअनुसारको मूल्य नपाएपछि टिपेको अलैंचीसमेत बिक्री गर्न नसकिएको खनियावास–३ का अलैंची कृषक उद्धव तामाङले बताए । धादिङमा गत वर्षको तुलनामा यस वर्ष अलैंची उत्पादन भने दोब्बरले बढेको छ ।

Leave a Reply

Your email address will not be published.