माघ ११ गतेदेखि क्यान इन्फोटेक

अर्थ / वाणिज्य

काठमाडाैं । क्यान महासंघले यहि माघ ११ गतेदेखि काठमाडौंमा २४ औं क्यान इन्फोटेक गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी क्यानका महासचिव रन्जीत कुमार पोदारले नेपाली माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न इन्फोटेक गर्न थालेको जानकारी दिनुभयो ।

६ दिनसम्म चल्ने इन्फोटेकमा नयाँ प्रविधिको प्रयोगलाई सहज बनाउन ५ हजार ९ सय ९९ रुपैयाँको अफर प्याकेज सहितका २ सय २२ वटा स्टल रहने उहाँले बताउनुभयो । महासचिव पोदारले सरकारी विद्यालयका विद्यार्थीलाई परिचय पत्र सहित आए नि:शुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो । ४ लाख ५० हजारले इन्फोटेकको अवलोकन गर्ने दावी आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *