भैरहवा भन्सारबाट १ अर्ब ८४ करोडको सामान निर्यात

अर्थ / वाणिज्य

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट भारत तथा तेस्रो मुलुकमा निर्यातको अबस्था सुधार हुँदै गएको छ । गत बर्षको पुस मसन्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएको भैरहवा भनसार कार्यालय रुपन्देहीमा यस बर्ष भने केहि बढेको छ ।

आर्थिक बर्ष २०७४/०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात भएको भन्सार कार्यालयका प्रमुख भुपाल राज शाक्यले जानकारी दिए ।

मुलुकको दोस्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट बस्तु आयातको तुलनामा निर्यात भने निकै न्युन रहेको छ ।

आयातको तुलनामा निर्यात निकै कम हुुँदा मुलुकमा ब्यापार घाटा भने दिनानु दिन बढ्दै गएको छ ।नेपालका लागि प्राय बस्तुहरु भारतबाट आयात हुने गरेका छन् भने त्यसको तुलनामा नेपालबाट भारत लगायत तेश्रो मुलुकमा निर्यात हुने बस्तुहरुको परिमाण न्यून रहेको छ ।

भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख शाक्यले बिगतमा भन्दा यस बर्ष बर्ष निर्यातमा केहि सुधार भएको उल्लेख गरे ।भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालबाट भारततर्फ सबै भन्दा बढी सेन्थेटिक यार्न निर्यात हुने गरेको छ ।

त्यसपछि दोश्रोमा रद्दि एवम कबाड सामाग्री निर्यात हुने गरेको छ । नेपालका बिभिन्न स्थानबाट संकलन गरिएको काम नलाग्ने कबाड सामाग्रीहरु यस नाका हुदै निर्यात हुने गरेको छ ।त्यसैगरी अदुवा, जडिबुटि लगाएतका बस्तुको पनि निर्यात बढ्दै गएको छ ।

यसैगरी बोरा झोला, रेशाको कपडा अन्य कपडा जन्यबस्तु तथा बिभिन्न ब्राण्डका मसला जन्य बस्तु निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *