तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

प्रदेश ४ मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ ।

सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) अग्नि प्रज्ज्वलन गरी वार्षिकोत्सवको उदघाटन गरेका थिए ।

साथै संस्थाको वार्षिक मुखपत्र ‘चासुवा’ लोकार्पण गरिएको थियो ।

अध्यक्षले राईले बायुङ राईको पहिचानलाई लिएर गरिएको सस्थागत गतिविधिबारे जानकारी दिएका थिए । त्यसैगरी किरात राई एकताको बारेमा, मौलिक पहिचान, प्रथाजनित परम्पराको बारेमा चर्चा गरेका थिए ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा पहिलो पटक बायुङ भाषा समेटिएका छ । जसमा बायुङ राई मातृभाषा बोल्नेको कुल जनसंख्या १४ हजार ४४९ रहेको छ । यस्तै गरी दोस्रो भाषाका रूपमा बायुङ भाषा बोल्ने १५ हजार १०४ र पुर्खाको भाषाका रूपमा बायुङ भाषा लेखाउन १५ हजार २९० जना रहेका छन् ।

अतिथिमा जेष्ठ नागरिक राधा बायुङ राई, दुर्गा लछी बायुङ राई र पत्रकार मनि बान्तावा राईलगायत थिए । प्रचारप्रसार विभाग प्रमुख रबिन बायुङ राईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपक बायुङ राईले स्वागत मन्तव्य र केन्द्रीय सदस्य खोज तथा अनुसन्धान विभाग प्रमुख लोक बायुङ राईले सस्थागत गतिविधि र उपलब्धि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.