महांकाल सडक निर्माणमा ढिलाई

मुख्य समाचार समाचार समाज

श्याम राई
चावहिल २९ फागुन । महांकाल, पानीट्याङकी सडक निर्मानको काम ढिलाई भएको छ ।

वषौँ विति सक्दा पनि अझै त्यहाँको रोड बन्न सकिरहेको छैन ।

चावहिल चोक हुदै पासाङ ल्हामुको शालिक चुच्चे पाटि देखि छुटिएर महांकाल, रामहिटी, तिनचुल्ली आरुबारी हुदै मेडिकल कलेज निस्किने रोड हो । अरु ठाउमा पिच भैसके पनि महांकाल स्थित ५० मिटर जति सडक निर्माणकार्य ढिला भएको छ ।

यस रोडमा धेरै मात्रमा ट्याम्पु , बस लगायत अन्या साधनहरु आवतजावत गर्ने गर्दछ । त्यहाँको सडक निर्माणको अवस्था हेर्दा, आज हे¥यो पाइप हालेर पानी निकाल्ने जस्तो गर्ने र त्यसको भोलिपल्ट हे¥यो पुरै पानी जम्ने फेरी त्यस्तै गरी काम गर्ने गर्दा गर्दे बषौ वितिसकेको छ ।
सडक निर्माणको लागि कालिका जे वी कम्पनिले ठेग्गा लिएको थियो । सडक निर्मान हुन नसक्दा त्यहाँका स्थानीय, गाडि चालक, लगायत यात्रुहरुले विभिन्न कठिनाइ भोग्नु पर्ने बाध्य छ ।

वषौ वितिसक्दा पनि अहिले सम्म त्यहाँको काम नसकिदा सरकार र निर्माण कम्पनीले चासो नलिएको स्थानीय बासीहरुको गुनासो छ ।
कालिका जे वि कम्पनिले अहिले प्रेसर टेस्ट भइरहेको र अवको १५, २० दिनमा सकिने बताएको छ ।
एक स्थानीयबासी बाबुराम न्यौपानेले भने “ अहिले सम्म पनि यो सडक नबन्दा हामीले धेरै दु ःख खेप्नु प¥यो, यही सडकले गर्दा हाम्रो ब्यापारमा घाटा भएको छ, यो कम्पनिको चरम लापारबाहीको कारण सडक निर्माण हुन सकेको छैन्, यही सडक नबन्दा २४ गते ट्याम्पु पनि पल्टियो ।” ट्याम्पु चालिका प्रमिला थापा भन्छिन “हामीले कस्लाई भन्ने, कस्ले बुझिदिने, यो सडक निर्माण नहुदा हामिलाई गाडी चलाउनको लागि धेरै गाह्रो भएको छ, ग्राबेल मात्र लगाईदिए पनि सजिलो हुन्थ्यो ।” सडक निर्माण गर्न नसके अरु कम्पनिलाई नै दिनु पर्ने उहाँले बताउनु भयो । त्यस्तै गरी अर्को ट्याम्पु चालक पूर्ण बहादुर थापाले त्यहाको बाटोको समस्यले गर्दा धेरै गाडिहरु त्यही ठाउमा विग्रिने गरेको बताउनु भयो ।

                 २४ गते महांकाल सडकमा पल्टिएको ट्याम्पु तश्विर ः बाबुराम न्या्ैपाने

मेलम्ची खानेपानीले पनि असर पु¥याएको कारण चाडो भन्दा चाडो सरकारका अधिनमा रहेर ठेग्गा लिने कम्पनि र मेलम्ची खानेपानीको संयुक्त प्रयासले काम सम्पन्न गर्नु पर्ने स्थानीयबासीहरुको माग रहेको छ । त्यहाँ मात्र नभइ अन्य अधिकांश ठाउँहरुमा मेलम्ची खानेपानीले गर्दा अझै सडक निर्माण हुन सकेको छैन । यसमा सरकारको विशेष ध्यान जानु पर्ने आवश्यक देखिन्छ ।
तश्विर श्याम राई

Leave a Reply

Your email address will not be published.