वाम गठबन्धनलाई इतिहासकै ठूलो अवसर र चुनौति -प्रचण्ड

मुख्य समाचार

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनलाई इतिहासकै ठूलो अवसर र चुनौति आएको बताएका छन ।

‘मुलुकमा धेरै सरकार बने, तर अहिलेसम्मका कुनै पनि सरकारले देशलाई समृद्धिको दिशामा लैजान सकेन’ विहीबार देवदहमा संचालित उद्योग तथा व्यापार मेला उद्घाटन गर्दै उनले भने, ‘जनतामा अब गठबन्धनले चाँही मुलुक समृद्ध बनाउँछ कि ? भन्ने आशा छ । त्यही आशाले वाम गबन्धनलाई मत दिएका हुन् ।

वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउन सफल भएको हो । त्यसकारण अहिले हामी जनताको अग्नि परीक्षामा छौ । अब बन्ने सरकारप्रति अग्नि परीक्षा हुनेछ ।’

अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई नअत्तालिन आग्रह गरे । ‘चुनाव हारेपछि कांग्रेस निकै अत्तालिएको छ’ उनले भने, ‘निर्वाचनमा हार जित हुन्छ । हारजित लोकतन्त्रको सामान्य प्रक्रिया हो । हामी २०६४ को् चुनाव मुलुककै ठूलो पार्टी भएका थियो तर २०७० मा हारेर तेस्रो स्थानमा पुग्यौ । त्यसकारण एक पटक हार्दैमा कांग्रेस त्यतिबिघ्न डराउनु पर्देन ।’

अध्यक्ष दाहालले ७० बर्षको संघर्षपछि मुलुकमा लोकतन्त्र स्थापना भएको स्मरण गराउँदै देश समृद्धिको युगमा प्रवेश गरेको बताए ।

Leave a Reply

Your email address will not be published.