कवि अमर दिपको एक कविता, आमा साक्षी राखेर ‘आमा’ कविता वाचन (भिडियोसहित)

कला साहित्य -संस्कृति

आमा साक्षी राखेर ‘आमा’ कविता वाचन

लिभु संवाददाता
काठमाडौं– कवि अमर दिप सुनुवारले एकल कविता वाचन गरेका छन् । २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा समारोहको आयोजना भएको थियो ।

कविले आफ्नी आमा यसोदा सुनुवारको समेत उपस्थिति रहेको समारोहमा ‘आमा’ शीर्षक रचना सुनाएका थिए ।

यसैगरी ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो गाउँ’, ‘सहिद गेटसितका प्रश्नहरू’, ‘मेरो लिखु’, ‘वाग्मती प्रेम’, ‘सगरमाथा चढिरहेको आरोही’, ‘राष्ट्रगान गाइरहेका बालबालिका’, ‘एक गैरआवासीय नेपालीको डायरी’, ‘बगरका ढुंगाहरू’ डेढ दर्जन शीर्षक कविता वाचन गरेका थिए ।

कवि सुनुवार ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हुन् । उनले विद्यालय अध्ययनकालदेखि नै कविता सिर्जना गर्दै आएको र अब कृतिगत रूपमा अघि बढेको बताए ।

स्रष्टा र सिर्जनाबारे नेपाली चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमी, संगीतकार प्राज्ञ शान्तिराम राई र कवि विमला तुम्खेवालगायतले बोलेका थिए । समारोहमा ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, वाग्मती प्रदेश सांसद उर्मिला सुनुवार, संविधानसभा सदस्य यज्ञराज सुनुवार, पूर्वएआईजी ठुले राईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.