वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा

कला साहित्य -संस्कृति जीवनशैली

काठमाडौं : किरात वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा खुलेको छ। राष्ट्रगानका रचनाकार व्याकुल माइला(प्रदीपकुमार) राईले बिहीबार यसको उद्‍घाटन गरेका हुन्।

चासुवा रेष्टुरेन्ट उद्घाटन समारोहमा प्रमुख अतिथि व्याकुल माइला र विशेष अतिथि इमानसिं राई

उद्‍घाटनपछि माइलाले यस रेष्टुरेण्टमा किरात वाम्बुले राईको जन्मदेखि मृत्युसम्म चाहिने चि(जिर्मा) चासुवा रेष्टुरेन्टमा खान पाइने बताए।

चासुवा रेष्टुरेन्ट उद्घाटन समारोहमा उपस्थित व्यक्तिहरु

उनले भने,‘चासुवा रेष्टुरेन्टले पितापुर्खाले गाउँठाउँमा प्रयोग गर्दै आएका परिकारहरु प्रवर्द्धन गर्न लागेको छ। यहाँ विशेषगरी चि (जिर्मा)लाई प्रवर्दन  गरिएको छ। यो पैयपदार्थ होइन्। यो वाम्बुले राईहरूको सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण छ।’ उनका अनुसार जिर्मा बनाउनलाई चार महिना सम्म लाग्ने गर्छ। यो शुद्ध कोदोबाट बनाइन्छ।

चासुवा रेष्टुरेन्टका निर्देशक विकास सौगात र अन्य

​माइलाले विदेशीका ब्राण्डेड जाडरक्सीलाई बन्द गरेर सांस्कृतिक कार्यमा सेवन गरिएका परिकार,जाँडलाई उचित प्रवर्द्धनतर्फ राज्यले ध्यान दिनुपर्ने बताए। उनले ‘चासुवा’ नाम पनि ऐतिहासिक संस्कृतिसँग जोडिएको बताए।

चासुवा रेष्टुरेन्टमा प्रत्यक्ष गायनको व्यवस्था

रेष्टुरेन्टका सञ्चालक विकास राईले अन्य रेष्टुरेन्ट भन्दा चासुवामा सांस्कृतिकसँग जोडिएका खानपानहरु खानपाइने जानकारी दिए। ‘गाउँघरको सांस्कृतिक कार्यहरुमा प्रयोग गरिने परिकारहरु हामीसँग छ। यहाँ सुँगुरको आन्द्राबाट बन्ने परिकार(जुमा) पनि पाइन्छ। अब यहाँ मात्रै होइन विस्तारै उपत्यकाका अन्य ठाउँमा विस्तार गर्ने योजना छ।’

https://thahakhabar.com/news/113730

चासुवा रेष्टुरेन्ट कस्तो छ ? भन्ने जानकारीको निम्ति तलको युटयुब हेर्नुहोला

Leave a Reply

Your email address will not be published.