प्रज्ञा प्रतिष्ठानमा चाम्लिङ भाषाको अवस्थाबारे गोष्ठी

मातृभाषा समाचार

लिभु संवाददाता

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य मातृ‌भाषा विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलामा चाम्लिङ भाषाको अवस्थाबारे चर्चा भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले (२०८० फागुन २९गते मंगलबार) आठौँ पटकको मातृभाषा साहित्य श्रृङ्खलाको ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियो ।

यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउनु हुँदै प्रत्येक भाषाको महत्त्व समान रहेको बताउनुभएको थियोे । उहाँले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ुचाम्लिङ भाषाको साहित्य निक्कै पठनीय र स्तरीय रहेको बताउनु भएको थियोे ।

यस कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवर्द्धन गर्न लागि परेको बताउनु हुँदै मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताउनुभएको थियो ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामीआफैँ जागृत हुनुपर्ने बताउनुभएको थियोे । उहाँले आफू बान्तवाभाषी भए पनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा नवौं शृङ्खलामा वाम्बुले राईभाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताउनुभएको थियो । प्रत्येक शृङ्खलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ ।

यसपटकको श्रृङ्खलामा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले चाम्लिङ भाषाको साहित्यु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन, पाठयपुस्तक प्रकाशन, पत्रपत्रिका प्रकाशन, सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियोे ।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई,सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राख्नुभएको थियो ।

यस कार्यक्रममा मैथिली भाषामा बिजेता चौधरी, बायुङ राई भाषामा वसन्त बायुङ राई , दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गर्नुभएको थियो । यस कार्यक्रमको सहजीकरण प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published.