वाम्बुले राई शिक्षक समाज (वाराशिस)को आयोजनामा २०७३ जेठ १४ देखि १८ गतेसम्म ‘वाम्बुले राई शिक्षकलाई मातृभाषा र किरातलिपि प्रशिक्षण’ (राष्ट्रिय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १ को पाठ्यक्रम पाठ्यपुस्तक निर्माण) गोष्ठी ओखलढुंगाको मानेभन्ज्याङ–४ स्थित श्री भगवती उच्चमाविको सभा हलमा सम्पन्न भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको गोष्ठीमा वाम्बुले राई समाज (वाम्रास)केन्द्रीय उपाध्यक्ष गणेश राई प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको थियो ।
भाषाशास्त्री डा. नेत्रमणि दुमी राईले किराती भाषाहरु र वाम्बुले राई भाषाको विशेषता, लेखन पद्धति तथा पाठ्यपुस्तक निर्माणबारे प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी किरात लिपिविज्ञ तथा पाठ्यक्रम विषय समितिका सदस्य प्राज्ञ अमर तुम्याहाङले लिपिको इतिहासदेखि वर्तमानमा प्रयोगको अवस्था र पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक निर्माणबारेमा प्रशिक्षण दिनु भएको थियो । प्रमुख प्रशिक्षकले वाम्बुले राई मातृभाषा विकासक्रम, लेखन इतिहासदेखि वर्तमान, देवनागरी, रोमन र किरातलिपि (किरात–वाम्बुले फन्ट) प्रयोगबारे जानकारी दिनु भएको थियो । त्यसैगरी उबु–३ स्थित राज्यलक्ष्मी माविका शिक्षक तथा टिचर्स प्रोफेसनल डेभलपमेन्ट टे«नर एवं मल्टिलिङ्गुएल एजुकेसनका रोस्टर महाजित राईले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, भगवती उमाविका संयोजक शिक्षक नारायण बाँ्रस्तोला, अंग्रेजी शिक्षक तथा वाराशिसका अध्यक्ष बुद्धिबहादुर राईले प्रशिक्षण दिनु भएको थियो ।
कार्यशालाको दोस्रो दिन उपस्थित भई ओखलढुंगाका शिक्षा अधिकारी बीरेन्द्रजंग थापाले मातृभाषा चिन्ता गर्नेभन्दा चिन्तनको विषय भएको बताउनु भयो । ‘मातृभाषा शिक्षालाई दीगो बनाउन संस्थागत पहल जरुरी छ,’ विकासोन्मुख देशमा मानिसले विकसित मुलुकको नक्कले बढी गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘छोराछोरीलाई अंग्रेजी नै पढाउनु पर्छ भन्ने समाजको सोच परिवर्तन हुदैछ । तपाई स्वयं मातृभाषी शिक्षक हुनुभएकोले चुनौतीलाई सामना गर्ने साहस बटुल्नोस् ।’
उद्घाटन सत्रमा भगवती उच्चमाविका प्रधानाध्यापक गुरुप्रसाद ढुंगाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराज राई, राज्यलक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष कल्याण राई, शिक्षक सबिता राईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । गोष्ठीमा ओखलढुंगा, खोटाङ र सिन्धुलीका गरी २५ जना शिक्षकको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरु चार समूहमा बाँडिएर तयार गरेका पाठ्यक्रम यस प्रकार छ :
समुह–क : सुनाइ
पाठ्यापुस्तक निर्माणका स्रोत सामग्रीहरुः
१. ऐन नियम
२. निर्देशिका
३. पत्रपत्रिका
४. दार्शनिक भनाई
५. कक्षा १ को पाठ्यापुस्तक
६. राष्ट्रिय पाठ्यक्रममा आधारित वाम्बुले राई भाषाको नमुना पाठ्यक्रम
७. लिब्जु भुम्जु पत्रिका
८. सुरिम शिलाखा मुखपत्र
९. वाम्बुले राई शब्दकोश
१०. पाठ्यक्रम पाठ्यपुस्तक निर्माण नमुना मार्गदर्शन पुस्तिका
११. स्थानिय स्रोत सामग्रीहरु ।
वाम्बुले राई भाषाको प्राथमिक तहको सुनाइ सिप शिक्षणको सक्षमताहरुः
१. वाम्बुले समुदायको विभिन्न जीवजन्तु, जनावर, व्यक्ति र वस्तुको आवाज सुनेर तिनीहरुको पहिचान गर्न ।
२. वाम्बुले भाषामा दिइएका विभिन्न प्रकारका निर्देशनहरु सुनेर पालना गर्न ।
३. वाम्बुले भाषामा कुनै विषयवस्तुको वर्णन छलफल आदि ध्यानपूर्वक सुनेर तिनको अर्थ र आसय बुझेर प्रतिक्रिया जनाउन ।
४. वाम्बुले भाषाका बालकथा, गीत, कविता, संवाद आदि सुनेर मौखिक तथा लिखित रुपमा प्रश्न–उत्तर गर्न ।
५. वाम्बुले संस्कारमा प्रयोग गरिने सामग्रीहरु सुनेर मौखिक तथा लिखित रुपमा प्रश्न–उत्तर गर्न ।
उद्देश्यः
१. वाम्बुले भाषामा साधारण निर्देशन सुनेर पालना गर्न ।
२. वाम्बुले भाषामा वर्णमालाका वर्णहरु सुनेर छुट्याउन ।
३. वाम्बुले भाषमा विभिन्न प्रकारका आवाजहरु सुनेर छुट्याउन ।
४. वाम्बुले भाषाबाट दुई जना बीचमा हुने सामान्य कुराकानी सुनेर प्रतिक्रिया जनाउन ।
५. साधारण वाम्बुले भाषाका बालगीत, कथाहरु सुनेर भन्न ।
६. वाम्बुले संस्कारमा प्रयोग गरिने साधारण सामग्रीहरुको नाम भन्न ।
वाम्बुले राई भाषाको प्राथमिक तह कक्षा १ को सिकाइ उपलब्धीहरुः
१. वाम्बुले भाषाको सामान्य मौखिक निर्देशन सुनेर पालना गर्न ।
२. सुने, देखेको जनावरको आवाज वा वाम्बुले संस्कार र संस्कृतिमा प्र्रचलित केही र अन्य बाजाका ध्वनिहरु सुनेर छुट्याउन ।
३. वाम्बुले भाषामा दुई जना बीच हुने सामान्य कुराकानी सुनेर प्रतिक्रिया जनाउन ।
४. वाम्बुले भाषामा लेखिएका सरल बालगीत तथा कथाहरु सुनेर भन्न ।
५. वाम्बुले भाषामा साथीले भनेका कुरा सुनेको आधारमा प्रतिक्रिया जनाउन ।
६. वाम्बुले संस्कार संस्कृतिमा प्रचलित साधारण सामग्रीहरुको नाम सुनेर भन्न
वाम्बुले राई भाषामा सुनाइ शिक्षणका सम्भाव्य क्रियाकलापहरु :
१. केही विद्यार्थीलाई वाम्बुले भाषाबाट जाऊ, आऊ, हिंड, बस आदि निर्देशन दिई अवलोकन गर्न ।
२. विद्यार्थीहरुलाई आँखा चिम्लन लगाइ विभिन्न जनावर र वाम्बुले राईहरुले प्रयोग गर्ने बाजाहरुका आवाज सुनाइ पहिचान गर्न लगाउने ।
३. विद्यार्थीसँग घर परिवारका बारेमा सामान्य प्रश्नोत्तर गर्ने ।
४. सरल वाक्यको कुनै शब्द वाक्य विद्यार्थीहरुलाई सुनाएर सोही शब्द वाक्य दोहो¥याएर भन्न लगाउने ।
वाम्बुले राई भाषामा सुनाइ शिक्षणको मूल्याङ्कन प्रक्र्रियाहरु :
१. वाम्बुले भाषाबाट निर्देशन दिइएअनुसार विद्यार्थीले गरे नगरेको अवलोकन गरेर ।
२. विद्यार्थीहरुलाई विभिन्न जनावरहरुको आवाज र वाम्बुले राईहरुले प्रयोग गर्ने लगायत अन्य बाजाहरुको आवाज सुनाइ सुनेको आवाजलाई भन्न लगाएर ।
३. वाम्बुले भाषाबाट विद्यार्थीहरुलाई सोधिएको प्रश्नको उत्तर ठीक ढंगले दिइए नदिइएको अवलोकन गरेर ।
४. वाम्बुले भाषाका सरल शब्द र वाक्य सुनाइ सोही शब्द र वाक्यलाई दोहो¥याउन लगाउने र उक्त कार्यको अवलोकन गरेर ।
५. विद्यार्थीहरुले जानेका वाम्बुले भाषाका बालगीत, कथा, कविता भन्न लगाई सुनेर ।
समूह–ख : बोलाइ
पाठ्यपुस्तक निर्माण किन ?
वाम्बुले राई भाषाको पाठ्यपुस्तकको अभावलाई पूरा गर्न ।
राज्यले दिएको अधिकार प्रयोग गर्न ।
आफ्नो मातृभाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षण गर्न ।
आफ्नो मातृभाषा प्रतिको अपनत्वको भावना जगाउन ।
शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउन ।
पाठ्यक्रमले निर्धारण गरेको शैक्षिक उद्देश्य पूरा गर्न ।
वाम्बुले राई भाषाको कक्षा १–५ (प्राथमिक) सम्मको बोलाइ सिपको उद्देश्यहरु :
१. वाम्बुले भाषाका शब्दहरुलाई शुद्धसँग उच्चारण गर्न सक्षम हुनेछन् ।
२. देखेका, सुनेका र अनुभव गरेका विभिन्न घटनाहरु वाम्बुले भाषामा हाउभाउ मिलाइ भन्न सक्नेछन् ।
३. पढेका पाठका आधारमा सोधिएका प्रश्नहरुको मौखिक जवाफ दिन सक्नेछन् ।
४. समस्या समाधानका लागि निर्धक्क रुपमा सोधपुछ तथा अन्तरक्रिया गर्न सक्नेछन् ।
५. वाम्बुले भाषामा गरिएको कार्यक्रम छलफल र कुराकानीहरुमा शिष्टतापूर्वक आफ्नो प्रतिक्रिया जनाउन सक्नेछन् ।
६. वाम्बुले भाषाको बालकथा, गीत, कविता तथा संवाद सुनेर भन्न वा प्रश्न उत्तर गर्न सक्नेछन् ।
७. चित्र वा स्थानीय सामग्रीहरु अवलोकन गरी तिनीहरुको वर्णन गर्न सक्नेछन् ।
वाम्बुले राई भाषा कक्षा १ को बोलाइ शिक्षणको उपलब्धीहरु :
१. वाम्बुले भाषामा प्रयोग हुने वर्णहरु सग्ला र संयुक्त मात्रा लागेका सरल शब्दहरु उच्चारण गर्न ।
२. देखेका, सुनेका र अनुभव गरेका घटनाहरुलाई वाम्बुले राई भाषामा भन्न ।
३. वाम्बुले भाषामा सुनेका बालगीत तथा कविता गति यति र लय मिलाइ समूहमा भन्न ।
४. परिचित व्यक्तिसँग जिज्ञासाका साथ सरल वाम्बुले भाषामा सोधपुछ गर्न ।
५. पढेका पाठका आधारमा सरल प्रश्नहरुको मौखिक जवाफ दिन ।
६. आदरणीय व्यक्तिहरुसँग सजिलो शिष्ट शब्दहरु प्रयोग गरी बोल्न ।
७. चित्र वा स्थानीय सामग्रीहरु हेरेर नाम भन्न ।
बोलाइ शिक्षणका सम्भाव्य क्रियाकलापहरु :
१. वाम्बुले भाषामा प्रयोग हुने वर्णहरु र मात्रा लागेको सरल संयुक्त शब्दहरु उच्चारण गर्न लगाउने ।
२. देखेका, सुनेका वा अनुभव गरेका घटनाहरुलाई वाम्बुले भाषामा एक वा दुई वाक्यमा भन्न लगाउने ।
३. वाम्बुले भाषामा सुनेका बालगीत तथा कविता गति, यति र लय मिलाई वाचन गर्न लगाउने ।
४. मनमा लागेका प्रश्नहरु शिक्षकलाई सोध्न लगाउने ।
५. पढाइएका पाठका आधारमा सरल प्रश्नहरु सोधी जवाफ दिन लगाउने ।
६. सरल शिष्ट शब्दहरु प्रयोग गरी बोल्न लगाउने ।
७. चित्र वा स्थानीय सामग्रीहरु देखाइ नाम भन्न लगाउने ।
वाम्बुले भाषा कक्षा १ को बोलाइ सिप शिक्षणका सम्भाव्य मूल्यांकन प्रक्रियाहरुः
१. वाम्बुले भाषाका वर्ण सरल सग्ला शब्द र संयुक्त शब्दहरुको उच्चारण ठिक तरिकाले गरे नगरेको सुनेर ।
२. देखेका, सुनेका घटना अनुभवको प्रस्तुति गरेर ।
३. बालगीत तथा कविता गति, यति र लय मिलाइ गाए नगाएको सुनेर ।
४. सोधेका प्रश्नको जवाफ सुनेर ।
५. शिष्ट सँग बोले नबोलेको अवलोकन गरेर ।
६. चित्र तथा स्थानीय वस्तुको नाम भन्न लगाएर ।
समूह– ग : पढाइ
पाठ्यपुस्तक निर्माणका विधाहरु के के हुन सक्छन् ?
पाठ्यपुस्तक निर्माणका विधाहरु
क्र.सं. | विधाहरु | संख्या |
१. | बालगीत/बाल कविता | ५ |
२. | बाल कथाहरु | ३ |
३. | संवाद | ३ |
४. | प्रबन्ध | २ |
५. | गाउँखाने कथा | २ |
वाम्बुले राई भाषाको कक्षा १–५ सम्मको पढाइका उद्देश्यहरु :
१. वाम्बुले भाषामा लेखिएका बालगीत र कविता गति, यति र लय मिलाइ पढ्न ।
२. वाम्बुले भाषामा रचना गरिएको सरल लेखहरु पढेर आशय बताउन ।
३. सम्बन्धित कक्षाका वाम्बुले राई भाषाका पाठ्यपुस्तकहरु सस्वर वाचन तथा मौन पठनका आधारमा मौखिक रुपले प्रश्नोत्तर गर्ने ।
४. वाम्बुले भाषामा लेखिएका उस्तै ध्वनि सुनिने वर्ण बीचको भिन्नता छुट्याइ पढन ।
कक्षागत सिकाइ उपलब्धीहरु :
कक्षा १ : पढाइ
१. वाम्बुले भाषामा रहेका सग्ला तथा मात्रा लागेका शब्दहरु चिन्न र शुद्धसँग उच्चारण गरी पढ्न ।
२. वाम्बुले भाषामा प्रयोग भएका वर्णहरु बीचको भिन्नता छुट्याइ स्पष्टसँग पढ्न ।
३. वाम्बुले भाषामा लेखिएको सरल वाक्यहरु पढ्न ।
४. वाम्बुले भाषाका सामान्य बालगीतहरु सस्वर पढ्न ।
पढाइ शिक्षणका सम्भाव्य क्रियाकलापहरु :
कक्षा १
१. वाम्बुले भाषामा मात्रा लागेका वर्ण र शब्दहरु पढ्न लगाउने ।
२. वस्तु र नाम सम्बन्धित गराएर वाम्बुले शब्दहरु चिन्न अभ्यास गराउने ।
३. वाम्बुले राई भाषाका सरल शब्दहरु छनोट गरी सम्बन्धित शब्दहरुसँग चित्र कोरी सो सँग जोडा मिलाउने खेल खेलाउने ।
४. वाम्बुले भाषाका सरल वाक्य बनाउने र पढन अभ्यास गराउने ।
५. वाम्बुले भाषामा रचना गरिएको बालगीतहरु हाउभाउसहित गाउन लगाउने ।
पढाइ शिक्षणका मूल्यांकन प्रक्रियाहरु :
१. वाम्बुले भाषामा लेखिएका सग्ला तथा मात्रा लागेका वर्ण र शब्दहरु पढ्न लगाएर ।
२. उस्ता उस्तै वर्णहरु उच्चारण गर्न लगाएर ।
३. कुनै चित्र कोरी वाम्बुले भाषामा नाम भन्न लगाएर ।
४. वाम्बुले भाषाका सरल वाक्यहरुलाई नबिरीकन पढ्न लगाएर ।
५. वाम्बुले भाषामा लेखिएका पाठ्यपुस्तक भित्रका बालगीतहरु हाउभाउसहित गाउन लगाएर ।
समूह–घ : लेखाइ
वाम्बुले राई भाषाका पाठ्यपुस्तक निर्माणका विषयगत क्षेत्रहरु
१. सामाजिक क्षेत्र
२. आर्थिक क्षेत्र
३. धार्मिक क्षेत्र
४. साँस्कृतिक क्षेत्र
५. ऐतिहासिक क्षेत्र
६. भौगोलिक क्षेत्र
७. कृषि क्षेत्र
८. पर्यटकीय क्षेत्र
९. सुचना प्रविधिको क्षेत्र
१०. विज्ञान क्षेत्र
११. साहित्य क्षेत्र
वाम्बुले राई भाषाको प्राथमिक तहमा लेखाइ सिपको उद्देश्यहरु :
१. वाम्बुले भाषाको लेख्य संरचनाअनुसार वर्णहरु ठिक दुरीमा बान्की मिलाएर लेख्न ।
२. देखे, सुनेका र अनुभव गरेका कुराहरु सिलसिला मिलाएर वाम्बुले भाषामा शुद्धसँग लेख्न ।
३. आफ्नो परम्परा तथा संस्कृतिका कुराहरुको साथै आफ्ना अनुभवका विषय वाम्बुले भाषामा लेख्न ।
४. वाम्बुले भाषा सम्बन्धित कक्षाको पाठ्यपुस्तक पठनपाठनका आधारमा लिखित रुपमा प्रश्नोत्तर गर्न ।
५. वाम्बुले भाषामा लिखित रुपमा व्यवहारिक कागजात (जस्तैः चिठ्ठी, निवेदन, सुचना आदि) तयार गर्न ।
वाम्बुले राई भाषाको कक्षागत सिकाइ उपलब्धीहरु :
कक्षा १ : लेखाइ सिप
१. वाम्बुले भाषामा मात्रा लागेका र नलागेका वर्ण र दिइएका चित्रको नाम लेख्न ।
२. वाम्बुले भाषाको सरल शब्द लेख्न ।
३. वाम्बुले भाषाका सरल वाक्य लेख्न ।
४. वाम्बुले भाषामा प्रयोग भएका सरल वाक्यहरुमा पूर्णविराम चिन्हको प्रयोग गर्न ।
वाम्बुले राई भाषामा लेखाइ शिक्षणका सम्भाव्य क्रियाकलापहरु :
१. वाम्बुले भाषामा आकार मात्राको प्रयोग गराउन सबैभन्दा पहिले तेर्सो, ठाडो धर्काहरु लेख्न अभ्यास गराउदै मात्रा लागेका र नलागेका वर्णहरु लेख्न लगाउने ।
२. चित्र देखाइ वाम्बुले भाषामा नाम बताएर लेख्न लगाउने ।
३. वाम्बुले भाषामा सरल शब्दहरु भनेर लेख्न लगाउने ।
४. वाम्बुले भाषाको सरल वाक्यहरु भनेर लेख्न लगाउने ।
५. वाम्बुले भाषामा पूर्णविराम चिन्हको प्रयोग गरेर लेख्न लगाउने ।
वाम्बुले राई भाषा कक्षा १ का लेखाइ सिप विकास मूल्यांकन प्रक्रियाहरु :
१. वाम्बुले भाषा शिक्षाअन्तर्गत विभिन्न आकार (घेरा, धर्का आदि) कोर्न लगाएर साथै विभिन्न वस्तुहरुको चित्र दिई तिनीहरुको नाम लेख्न लगाएर ।
२. वाम्बुले भाषामा वर्ण, शब्द, वाक्य लेख्न लगाएर ।
३. वाम्बुले भाषामा प्रयोग भएका सरल वाक्यहरुमा पूर्णविराम चिन्हको प्रयोग गर्न लगाएर ।
समूह–ङ : कार्यमूलक व्याकरण
पाठ्यपुस्तक निर्माणका आधारहरु :
१. कानुनी आधार
२. भाषिक आधार
३. धार्मिक आधार
४. सांस्कृतिक आधार
५. ऐतिहासिक आधार
६. भौगलिक आधार
७. शैक्षिक आधार
८. मनोवैज्ञानिक आधार
९. दार्शनिक आधार
प्राथमिक तह कक्षा १–५ को वाम्बुले राई भाषाका कार्यमूलक व्याकरणगत सिकाइ उपलब्धी :
प्राथमिक तहको अध्ययन पूरा गरेपछि वाम्बुले राई मातृभाषाका विद्यार्थीहरुले निम्न लिखित कार्यमूलक व्याकरणगत कार्यहरु गर्न सक्षम हुने छन्–
१. मातृभाषाका विद्यार्थीहरुले तीन ओटा वचनहरु एक वचन, द्विवचन, वहुबचन (वाम्बुले राई भाषाको) प्रयोग गरी बोल्न र वाक्य बनाउन ।
२. प्रथम, द्वितिय र तृतीय पुरुषअनुसार क्रियापदको प्रयोग गर्न ।
३. तीन ओटा कालहरुको प्रयोग गरी बोल्न र लेख्न ।
कक्षागत सिकाइ उपलब्धीहरु :
कक्षा : १
क्षेत्र | सिकाइ उपलब्धी |
१. पद संगति | वाम्बुले भाषाको वचन र पुरुष अनुसार क्रियापदको मेल गराइ सरल वाक्य बोल्न र लेख्न । |
२. क्रियाका काल | वाम्बुले भाषाको सामान्य वर्तमान, सामान्य भूत र सामान्य भविष्यत कालमा वाक्य बोल्न र लेख्न । |
३. शब्द भण्डार | वाम्बुले राई भाषाको पाँच सय शब्दहरु प्रयोग गर्न । |
४. वाक्यमा शब्द संख्या | तीन देखि पाँच शब्दका वाक्य बोल्न र लेख्न । |
कार्यमुलक व्याकरण शिक्षणका सम्भाव्य क्रियाकलाहरु :
कक्षा : १
१. विद्यार्थीहरुलाई वाम्बुले भाषाको वचनअनुसार क्रियापदको मेल गराइ वाक्य निर्माण गर्न लगाउने ।
२. वाम्बुले भाषामा पुरुषअनुसार क्रियापदको मेल गराइ वाक्य निर्माण गर्न लगाउने ।
३. सामान्य वर्तमान र सामान्य भूतकालमा प्रश्न सोधी उत्तर दिन लगाउने ।
४. क्रियापदको प्रयोग गरी सामान्य भविष्यत कालका वाक्यहरु निर्माण गर्न लगाउने ।
५. विद्यालय वरपर रहेका वस्तुहरुको नाम वाम्बुले भाषामा भन्न लगाउने ।
६. आफ्ना दैनिक क्रियाकलापलाई तीन देखि पाँच शब्दका वाक्यमा भन्न र लेख्न लगाउने ।
कार्यमुलक व्याकरण शिक्षणका मूल्यांकन प्रक्रियाहरु :
कक्षा : १
१. वरपर रहेका वस्तुहरुको नाम भन्न लगाएर जस्तै– लुङ, काक्सि ।
२. दिइएका शब्दहरुबाट एक वचन, द्वि वचन र बहुवचन छुट्याउन लगाएर जस्तै– ह्वाम्, उङ्गु, उनु, उङ्तिचो, ह्वाम् निम्फा, च्वाक्बो, गुप्सो तिचो ।
३. दिइएका शब्दहरुबाट प्रथम, द्वितीय र तृतीय पुरुष छुट्याउन लगाएर जस्तै– आङ्तिचो, उनु, आङ्गु, उनतिचो, उङ्गु, उङ्निम्फा ।
४. सामान्य वर्तमान कालको वाक्य बनाउन लगाएर जस्तै– उङ्गु हेपा जाःम् । आङ्गु काकु तुसुम् ।
५. सामान्य भूतकालको वाक्य बनाउन लगाएर जस्तै– उङ्गु सालाङ् पाःमे । आङ्गु ट्वाक्सि ब्औमे ।
६. सामान्य भविष्यत कालको वाक्य बनाउन लगाएर जस्तै– राजु जातुर दिचो बाःमे । आः पापा घुरुम्बि ल्वाचो बाःमे ।
७. विद्यार्थीले गर्ने कामहरु तीन देखि पाँच शब्दको वाक्यमा भन्न लगाएर जस्तै– उङ्गु परै/पढै पाःम । उङ्गु चाम्दो पाःम ।
वाम्बुले राई भाषाको पाठ्यक्रम निर्माणमा सहभागी शिक्षकहरु :
१. अस्मिमाया राई (जनहित प्रावि उँबु–९ फोकुल, ओखलढुंगा) २. अनिता राई (भीम आदर्श प्रावि उँबु–१ खचापु, ओखलढुंगा)
३. शर्मिला राई (रिचुवा प्रावि थाक्ले–९ तल्लो रिचुवा, ओखलढुंगा) ४. सबिता राई (सन्देश प्रावि उँबु–४ आहाले, ओखलढुंगा)
५. पन्चमाया राई (मानेन्ज्याङ–९ धिमिले, ओखलढुंगा) ६. सिर्जना राई (दुधकौशिका प्रावि थाक्ले–८ सोक्मटार, ओखलढुंगा)
७. सन्तोषी राई (भगवती उच्चमावि मानेभन्ज्याङ–४, ओखलढुंगा) ८. जमुना राई (सुनकोशी निमावि थाक्ले–६ हिलेपानी, ओखलढुंगा)
९. रामबहादुर राई (भगवती उच्चमावि मानेभन्ज्याङ–४, ओखलढुंगा) १०. महाजित राई (राज्यलक्ष्मी मावि उँबु–३, ओखलढुंगा)
११. सुकाबीर राई (महादेवस्थान मावि थाक्ले–७ हिलेपानी, ओखलढुंगा) १२. गगनबहादुर राई (स्वर्णान्तरण निमावि टोक्सेल–३, ओखलढुंगा)
१३. अमर जेरुङ राई (समाजसेवा युवा प्रावि थाक्ले–९ जाक्मा, ओखलढुंगा) १४. मणिकुमार राई (दाम्ली मावि डिकुवा–४ दाम्ली, खोटाङ)
१५. टेकमान राई (दुधकोशी निमावि बाहुनीडाँडा–५ जयरामघाट, खोटाङ) १६. बिनोद वाम्बुले राई (कालिका निमावि बाहुनीडाँडा–७ झाप्पा, खोटाङ)
१७. संगीता राई (कालिका निमावि बाहुनीडाँडा–७ झाप्पा, खोटाङ) १८. ढाकबहादुर राई (खर्क प्रावि बाहुनीडाँडा–८ खर्क, खोटाङ)
१९. बुद्धिबहादुर राई (भगवती उच्चमावि मानेभन्ज्याङ–४, ओखलढुंगा)
२०. जन्तराम राई (संस्थापक प्रिन्सिपल सनराईज ई. बो. स्कुल मानेभन्ज्याङ–४, ओखलढुंगा)
२१. पबिरास राई (महादेवस्थान मावि थाक्ले–७ हिलेपानी, ओखलढुंगा)
२२. दिपकबहादुर राई (प्रधानाध्यापक, सिद्धस्थान प्रावि मानेभन्ज्याङ–६ माथिल्लो रिचुवा, ओखलढुंगा)
२३. अमृतबहादुर राई (सिद्धस्थान प्रावि मानेभन्ज्याङ–६ माथिल्लो रिचुवा, ओखलढुंगा)
२४. जानुकी राई (जनप्रिय प्रावि रत्नावती–५ अँधेरी, सिन्धुली) र २५. बरणबहादुर राई (जानकी प्रावि उँबु–८ गुर्भाद्याल, ओखलढुंगा)।
(लेखकद्वय वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)का अध्यक्ष र महासचिव हुनुहुन्छ । यो लेख लिब्जु–भुम्जु वर्ष २३ अंक २, पूर्णाङ्क ६६, २०७३ साउन–असोज (किरात येले संवत् ३७९५÷सन् २०१६ साभार गरिएको हो । सम्पादक)