मुन्धुमी भगतबहादुर राई रहनुभएन

समाचार समाज

गणेश राई
काठमाडौं– मुन्धुमी भगतबहादुर राई (वाम्बुले भावाचाचो)को ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका केही वर्षदेखि क्यान्सर र हालैमात्र पक्षघातबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २००९ साल फागुन ३० गते शुक्रबारमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ जाक्मा गाउँमा जन्मनु भएका मुन्धुमी राईको यही २०७५ कात्तिक ३ गते शनिबार राति १० बजे आफ्नै गाउँस्थित निवासमा निधन भएको हो । उहाँ वाम्बुले राईभित्रको भावाचाचो पाछाको हुनुहुन्थ्यो ।

उहाँ किरात वाम्बुले राईको मुन्धुम संस्कार, संस्कृति, परम्पराबारे जानकार हुनुहुन्थ्यो । उहाँ जिवित छँदै वाम्बुले राई जातिको उत्पत्ति, पुर्खाहरु र किंबन्तीका रुपमा रहेको इतिहासका बारेमा भएको भिडियो अन्तर्वार्ताको अंश ‘लिब्जु–भुम्जु’ त्रैमासिक पूर्णाङ्क ७२ मा छापिएको थियो । अन्तर्वाताको क्रममा किरात वाम्बुले राईको गोत्र लासा या काशी नभई ‘निनामसेरु गोत्र’का हौं भन्नु भएको छ । हाम्रो थर घामबाट रहेकोले अहिले वाम्बुले भने पनि खासमा ड्अ्वाम्बुले हौंं । उच्चारण गर्न गाह्रो हुने र उच्चारण गर्न नजान्दा वाम्बुले भनेका हौं ।

अन्य भाषी किरात राईहरुमा सामेत वा सामइ भन्ने चलन छ । वाम्बुले राईहरुको सामइ÷सामेत के हो, कुन हो ? भनेर अन्य किराती दाजुभाइले सोध्ने गर्नुहुन्छ । त्यतिखेर वाम्बुलेजनहरु अकमकाउने गर्दछन् । किनभने मुन्धुम परम्परा छ तर सामेत भन्ने चलन छैन । मुन्धुममा फलाक्दा सातपुस्ता पितृपुर्खा पुकार्ने गरिन्छ ।

यसबारेमा ओखलढुंगा थाक्ले–९ जाक्मागाउ“ निवासी मुन्धुमी भगतबहादुर राई (भावाचाचो)को मत यस्तो छ । वाम्बुले राईभित्र २ प्रकारको सामेत छन् । पाछाअनुसार दुधकोसीको सीमा उत्तर (ओखलढुंगा) लिब्जुतर्फ बसोबास गर्ने वाम्बुलेहरुको सामेत ‘ब्राखेलु’ हो भने दुधकोसीको सीमा दक्षिण (खोटाङ) भुम्जुतर्फ बसोबास गर्नेहरुको सामेत ‘साधामी’ हो । उत्पत्ति कथामा ‘निनाम सेरु र ड्अ्वाम सेरु’ भनेर आफूलाई पहिचान गरिएका छन् । साधामी सामेतअन्तर्गत द्वा¥वाङ्चा, राभ्वाङ्चा, बि¥वाङ्चा हुन् भने अरु पाछाका वाम्बुलेहरुको सामेत ब्राखेलु अन्तर्गत पर्दछ । भनेर २०६४ सालमा प्रकाशित ‘वाम्बुले राई जाति ः भाषा र संस्कृति’ नामक पुस्तकमा भन्नुभएको छ ।

स्वर्गीय मुन्धुमी भगतबहादुर राईको एक श्रीमती कमलसरी राई, दुई छोरा इच्छाकुमार राई (कावा गैराली) र दिपककुमार राई तथा एक छोरी सन्तुकुमारी राई हुनुहुन्छ । उहाँको आइतबार मुन्धुम विधिअनुसार जाक्मा गाउँमा समाधिस्थ गरिएको राष्ट्रगानका रचनाकार व्याकुल माइलाले टेलिफोनमा जानकारी दिनु भएको छ । उहाँको जेठो छोरा कावा गैराली हाल दुबाईमा रहनु भएको र तत्कालै स्वदेश फर्किनु हुनेछ । त्यसलगत्तै सुद्धैकार्य हुनेछ । लिब्जु–भुम्जु पत्रिका परिवार स्वर्गीय आत्माप्रति चिरशान्तिको कामना व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published.