सन्ध्या सुब्बा सिङजाङगोद्वारा लिखित ‘याक्थुङ सिभिलाइजेसन’

पत्रपत्रिका

लिम्बू युवा लेखक-लेखिका याक्थुङ मुन्धुम अर्थात् लिम्बू धर्मशास्त्रप्रति आकृष्ट ।

लाखौं वर्षदेखि याक्थुङ मुन्धुम अर्थात लिम्बू धर्मशास्त्र मौखिक रूपमा रहिआएको छ । यसको अर्थ अद्यापि मुन्धुमको आलेखन भएकै छैन भन्ने कदापि होइन। किनभने, सिरिजङ्गा सिङ्थेबे (द्वितीय) बी.एच. हज्सन, इमानसिंह चेम्जोङ, फिलिप सेगान्त, बैरागी काइला, डा. चैतन्य सुब्बा, जे.आर. सुब्बा प्रभृति विद्वानले याक्थुङ मुन्धुमको अन्वेषण गरी आलेखन गरेका ।
ज्ञातव्य छ, महागुरु फाल्गुनन्दको अनुरोधमा लिम्बू भाषाका विद्वान रणधोज नेम्बाङले हिन्दू धार्मिक कर्मकाण्डहरु लिम्बू लिपि तथा भाषामा अनुवाद गरेका छन् । ती कर्मकाण्डहरु किरात धर्मावलम्बीहरुले किरात धार्मिक कर्मकाण्डको रूपमा अपनाएका छन्। यस सन्दर्भमा अनुदारवादी किरात धर्मगुरुहरु मौखिक याक्थुङ मुन्धुमको औचित्यमाथि प्रश्नचिह्न लगाउदछन् । जबकि, भाषाविद जर्ज भान डिम अनुसार बुद्ध धर्मको शिक्षा ५०० वर्षसम्म मौखिक थियो।

यस बीच, याक्थुङ मुन्धुमको सम्पादन एवम् व्याख्या गर्ने क्रममा केही मतान्तर र विरोधाभासपूर्ण कुराहरू सतहमा आएका छन् । दृषटान्तत: सुसुवैन लालावैन (सावानगेम्बा युक्पुङगेम्बा) मुजिङ्ना खियोङ्ना र सोधुङगेन लेप्मुहाङ (प्रथम)को सहवासबाट जन्मिए कि हावाबाट मुजिङ्ना खियोङ्ना गर्भवती भएर जन्मिए, नामसामी (मान्छे भाइ) र केसामी (बाघ दाजु) युद्ध पाँचथर, आङ्सराङमा अवस्थित सेहोनामलाङ र पाँचथरकै चित्लिङ्देनमा अवस्थित नामसामी लुङ्दुमपक्वा केसामी लुङ्दुमपक्वामा भयो कि ताप्लेजुङ, थेजम्बु र नाङखोल्याङ माझमा अवस्थित नामसामीलुङ केसामीलुङमा भयो भन्ने मतान्तर छ। त्यसै गरि एकातिर मुजिङ्ना खियोङ्नालाई आदिस्त्री र सोधुङगेन लेप्मुहाङ्लाई आदिपुरुष मानिनु अर्कातिर तिनका दुई छोरीमध्ये थोसुलुङमा मुक्कुमलुङमाकी सहेली सुसाङ्लिङमा र योसुलुङमा फियामलुङमाकी सहेली तुसाङ्लुङमा हुनु विरोधाभासपूर्ण छ ।

यस सन्दर्भमा याक्थुङ मुन्धुमलाई सम्पादन एवम् व्याख्या गर्दा सचेतता अपनाउनु जरुरी छ। ताकि भविस्यमा यस्ता मतान्तर विरोधाभासपूर्ण कुराहरु पुनरावृत्ति नहोस् ।

केही समयदेखि लिम्बू युवा लेखक-लेखिका याक्थुङ मुन्धुमप्रति आकृष्ट हुन थालेका छन् । र, तिनमा मुन्धुमलाई शोध गर्ने र प्रसार गर्ने प्रतिस्पर्धा नै चलेको छ । यसबाट प्रबुद्ध – प्रबुद्दाहरु तुत्तुगेन तुम्याहाङ, याक्लादिङ सुहाङमा र पुरोहित-पुरोहितानीहरु फेजिक्कुम फेदाङमा-फेदाङ्बा, सावारा येत्छाम साम्मा- साम्बा, सिभाक येमि येमा-येबामा सिमित रहेको याक्थुङ मुन्धुम सम्बन्धि ज्ञानमा जनसाधारणको पनि पहुँच हुनेछ भन्दा अतिशयोक्ती नहोला ।

सिक्किमकी लिम्बू युवा लेखिका सन्ध्या सुब्बा सिङजाङगोद्वारा अङ्ग्रेजीमा लिखित याक्थुङ मुन्धुम सम्बन्धि yakthung civilization पुस्तकको आवरण तस्बिर ।
वीर नेम्बाङको फेसबुक वालबाट साभार

Leave a Reply

Your email address will not be published.