अभिनेता सलमान खान सँगको बिहेबारे युलिया वन्तुरको आयो जवाफ !

मनोरन्जन

एजेन्सी । बलिउडमा लगातार हिट फिल्म दिने अभिनेता सलमान खानसँगको प्रेम र विवाहबारे रोमानियाकी सुन्दरी युलिया वन्तुरले नयाँ खुलासा गरेकी छन् ।

सलमान र युलिया बीच प्रेम सम्बन्ध रहेको र उनीहरूले विवाह गर्ने समाचार बाहिर आइरहँदा युलियाको प्रष्टिकरणले संचार माध्यमलाई एक चोटी सोच्न बाध्य बनाईदिएको छ ।युलियाले हालै भनिन्, ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरू आइरहेका हुन्छन् । तीमध्ये धेरै कुराहरू असत्य हुन्छन् ।’ उनले सबै अफवाह रोक्न नसकेको कुरा बताएकी छिन् ।

युलियाले समयले सोच्दै नसोचेको कुराहरु पनि गर्न बाध्य बनाउने भन्दै सलमानले आफुलाई बलिउडमा ल्याउन सहयोग गरेको सत्यता सुनाईन् साथै उनी र सलमान बिच मीत्रता मात्र रहेको र परीवार सँग आफ्नो घनिष्टता रहेको स्वीकारीन् ।

युलीयालाई प्रायः सलमानको विशेष कार्यक्रमहरुमा सँगै देखीन्छ ।हालै सलमानको जन्म दिनमा कट्रिना सँगै युलीयालाई पनि डाकिएको थियो ।यधपी युलीयाले सलमान संग आफ्नो बिहे तथा  प्रेम प्रसङ्ग सबै झुठा भएको दाबी गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *