एकै दिनमा ६ किरात चलचित्र प्रदर्शन

मनोरन्जन मातृभाषा समाज

लिभु संवाददाता
काठमाडौं । किरात राई चलचित्रकर्मी संघले शुक्रबार ६ वटा किरात राई चलचित्र प्रदर्शन गरेका छन् । चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच प्रलचित्र प्रदर्शन गरेका हुन ।
उक्त कार्यक्रममा किरात राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको रिचिबुङ, जेरुङ भाषाको ब्यासा, वान्तावा भाषाको पुवालो, नागा, बाहिङ भाषाको फुङलाङ र वाम्बुले राई भाषाको ढ्वाङकुम चलचित्र प्रदर्शन गरिएको थियो । उक्त चलचित्रहरुमा सुमन वाङदेल, नैन सेटाल्चु, ज्योति राई÷पूर्खा जित राई, भुवन सिंह राई, युवराज राई र शान्त कुमार राईले निर्देशक गरेका छन् । खोज र अनुसन्धान गरि लेखिएको किरात राई चलचित्रको रुपरेखा पुस्तक समेत उक्त कार्यक्रममा विमोचन गरिएको थियो ।
चलचित्रकर्मी संघका उपाध्यक्ष सुमन राईले पछिल्लो समयमा किरात राईहरुको भाषा र संस्कृतिमा आधारित चलचित्र निर्माण गर्दे गएको बताए । ‘पहिलेको भन्दा अहिले नयाँ चलचित्र निर्माण गर्ने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘किरात राईहरुको संस्कृति बचाउन यस्ता चलचित्र निर्माण गर्न जरुरी छ । सबै अग्रजहरु यसमा लाग्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published.