कवि गगन राईको मानवीय कर्तव्यमुखी कविता ‘डाइनोसरजस्तै हुन नपरोस्’

कला साहित्य -संस्कृति

डाइनोसरजस्तै हुन नपरोस्

गगन राई

जब जब
कथा र कविताहरू मर्छन्
तब तब सविताहरू मर्छन्

जब जब
फूलहरू काँडा बन्छन्
तब तब समथर जीवनहरू डाँडा बन्छन्
अनि
मान्छेका मन ढुंगा हुन्छन्

तिनका सपना नदी माथिको
भ्वाङ परेको डुंगा बन्छन् ।

जब जब,
गजल र गीतहरू मर्छन्
तब तब चोखो प्रीतहरू मर्छन्
जब जब
शून्यताहरू साथी हुन्छन्
तब तब आप्mनै मान्छे नजाती हुन्छन्
अनि
जिन्दगीले हाँस्न जान्दैन
खुसी भई बाँच्न जान्दैन ।

जब जब
सामाजिक सद्भाव र रीतिहरू मर्छन्
तब तब भाषा, कला र संस्कृतिहरू मर्छन्
जब जब
मान्छेले मान्छेलाई बिर्सन्छौँ
तब तब पराइ आफ्ना सबैलाई बिर्सन्छौँ
अनि
आफ्नो धर्म बिर्सन्छौँ
मानवीय कर्म बिर्सन्छौँ ।

त्यसैलै हे मनुवा
कविता नबिर्साैँ
सविता नबिर्सौँ
गीत नबिर्सौँ
प्रीत नबिर्सौँ
सामाजिक सद्भाव र रीति नबिर्सौँ
ऋाफ्नो भाषा, कला र संस्कति नबिर्सौँ
जसको परिणामस्वरूप
म को हुँ भन्ने बिर्सिन नपरोस्
डायनोसरजस्तै हुन नपरोस् ।

मानेभन्ज्याङ–६, हिलेपानी, ओखलढुंगा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *