किरात राई यायोक्खा युकेको एकता महाधिवेशनबाट तीन अध्यक्षसहित नयाँ कार्यसमिति चयन

प्रवास बिशेष

लिभु संवाददाता
लण्डन । किरात राई यायोक्खा बेलायतको नवौं विशेष एकता महाधिवेशनले साझा सहमतिमा एकताको नयाँ कार्यसमिति चयन गरेको छ । असमझदारीका कारण् विगत पाँच वर्षदेखि अलग–अलग कार्यसमिति बनाएर क्रियाशील रिहेका थिए । २०२४ सेप्टेम्बर २१ शनिबार ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा नवौं विशेष एकता महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनले सर्वसम्मतिमा तीनजना अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष र १० उपाध्यक्ष सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । तीन अध्यक्षहरूमा आशा राई, दिलकुमार राई र भूपजित राई रहनु भएको छ । तीन अध्यक्षले एक–एक वर्षको कार्यकाल सम्हाल्नु हुनेछ ।

कार्यसमितिको तीन वरिष्ठ उपाध्यक्षमा प्रेमकुमार राई, सुमनचन्द्र राई र प्रसादकुमार राई हुनुहुन्छ । यसैगरी ११ उपाध्यक्षहरूमा विनोदकुमार राई, युगराज राई, ईश्वर चाम्लिङ, शान्ताकला राई, अनिता राई, भाग्यवती राई, शंकर राई, प्रमिला लाबुङ राई, निलम राई, चन्द्रावती राई र किर्तबहादुर राई हुनुहुन्छ ।

यस्तै, दुई महासचिवमा रामजङ (राजेन) राई र गंगाराज राई, दुई कोषाध्यक्षमा दिलकुमार राई र डा. महा राई तथा दुई सहकोषाध्यक्षमा साबित्रा राई र सन्देश राहुल राई हुनुहुन्छ ।

उपमहासचिवमा कपिल राई, मानकुमारी नाछिरिङ राई र निता कोयु राई हुनुुहुन्छ । सातजना सचिवमा किशन राई, श्याम साम्सोहाङ राई, बालकुमारी राई, चन्द्रकुमार (जयपाल) राई, मिलनचन्द्र राई, हरिकुमार राई र भिमराज राई हुनुहुन्छ ।

निवर्तमान अध्यक्षद्वय योगेश राई र चन्द्रबहादुर राईले उद्घाटन सत्रको सभाध्यक्षता गर्नुभएको थियो । दुवै कार्यसमितिका उपाध्यक्षहरूको स्वागत मन्तव्यपछि दीप प्रज्वलन र राष्ट्रिय गानका साथ महाधिवेशन उद्घाटन गरिएको थियो । त्यस लगत्तै पितृहरू र दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो ।

महाधिवेसनको प्रमुख अतिथि श्रीमती तारा राई, विशिष्ट अतिथि रत्न राई, किराया नेपालका पूर्व अध्यक्षहरू, किराया युकेका पूर्व अध्यक्षहरू, भाषिक र प्राकास अध्यक्षहरू, विशिष्ठ संरक्षक सदस्यहरू र अन्य आमन्त्रित अतिथिहरूलाई सम्मानपूर्वक फेटा गुथाएर स्वागत गरिएको थियो । कार्यक्रममा हाल भ्रमणमा रहनु भएका खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

नयाँ नेतृत्वले किरात संस्कृति, भाषा, र भेषभूषाको संरक्षण गर्दै समुदायलाई एकताबद्ध गर्ने जिम्मेवारी सम्हाल्ने बताइएको छ। यो एकता महाधिवेशनले विगतका मनमुटावलाई अन्त्य गर्दै किरात समुदायलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको महाधिवेसनमा सहभागीहरूको भनाइ छ।

कार्यक्रममा बधाई र शुभकामनासहित नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको सपथ लिएपछि उपस्थित किरात राईहरूले बधाई दिए। विभिन्न वक्ताहरूले नवौं एकता विशेष महाधिवेशनले दिएको म्यान्डेट इमान्दारपूर्वक पूरा गर्ने चुनौतीलाई आत्मसात् गर्नुपर्ने जिम्मेवारीको बोध गराए।

स्रोतःविनेपाली डटकम
फोटो साभारः रामचन्द्र राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *