वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले आगालागि पीडितका लागि आर्थिक सहयोगको आग्रह गरेको छ ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नंं.२ अन्तरर्गत लाङमा, डाँडागाउँ, बाल्चोङ, पाँचभैयाटार र छोम्पाङ गाउँमा चैत ३ गते जंगलमा फैलिएको डढेलोले बस्तीमा पसेपछि ९ घर, मतान, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
वाम्रास संस्थाले आगलागी पीडितको सहयोगका निम्ति केन्द्रीय सदस्य पचुराम राई संयोजक र सदस्यद्वय सोनाम सज्जन किराती र ओबिका राई गरी तीन सदस्यीय आगलागी पीडित सहयोग उपसमिति गठन गरी देशविदेशबाट सहयोगको आग्रह गरेको अध्यक्ष गजुरधन राईले जारी गर्नुभएको विज्ञप्तिमा छ ।
https://www.facebook.com/photo?fbid=1179435260637138&set=pcb.1179442110636453
आगालागि पीडितका लागि आर्थिक सहयोगको आग्रह

प्रकाशित : मङ्गलबार, चैत २५, २०८११६:०३