राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसीलाई गाभ्ने, बोलायो विशेष साधारणसभा

अर्थ / वाणिज्य

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । वाणिज्य बैंकले गाभ्ने प्रस्ताव पारित गर्न माघ २० गते विशेष साधारणसभा बोलाएको हो।

साधारणसभाले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमतिलाई समेत पारित गर्ने जनाएको छ । यसका साथै दुवै बैंक गाभिने प्रयोजनकालागि खुदसम्पत्ति मूल्यांकनका लागि मूल्यांकनकर्ताको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । यता एनआइडिसी डेभलपमेन्ट बैंकले भने गाभिने प्रस्तावलाई पारित गर्न माघ १९ विशेष साधारणसभा बोलाएको छ ।

हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने एनआइडिसी डेभलपमेन्ट बैंकको चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ। दुबै बैंक एकआपसमा गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *