सेयर ब्रोकर प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार जरिवाना

अर्थ / वाणिज्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । भाइबर मार्फत आफ्ना ग्राहकलाई सूचना पठाई सेयर कारोबारमा चलखेल गरेको प्रमाणित भएपछि जरिवाना गरिएको बोर्डले जनाएको छ ।

बोर्डको अनुसन्धानमा प्रज्ञान सेक्युरिटिजको विराटनगर शाखा प्रमुखले भाइबरमा आफ्ना ग्राहकलाई गु्रप म्यासेज पठाएका थिए । उनले ‘जेठ ४ मा हुने सिभिल बैंकको साधारणसभाअघि बैंकको ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मेवारी हाम्रो हो’ भन्ने म्यासेज पठाएका थिए ।

यसबारे उजुरी परेपछि बोर्डले अनुसन्धान गरी कारबाही गरेको हो ।

Leave a Reply

Your email address will not be published.