लिम्बु जातिको आदिम थलो ‘चो?लुङ पार्क’ पुनःनिर्माण सुरु

समाचार

लिभु संवाददाता

काठमाडौं– तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले सांस्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति ‘चो?लुङ पार्क’ पुनःनिर्माण थालेको छ । बरिष्ठ ढोलबादक केसाम आइत खजुम चौबिसको बाहुलीबाट आइतबार युमा थाकथाक खिबेलुङ (युमा माहारानीको तान ढुंगा) रोप्ने काम भएको हो ।

यो पार्क लालिगुराँस नगरपालिकाको अल्केडाँडोमा रहेको छ । नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङका अनुसार चो?लुङपार्कमा लिम्बुजातिको आदिम सावा येहाङ सभ्यतालाई प्रतिनिधित्व गर्दछ । ‘लिम्बुजातिको फेदाङ्बा, साम्बा र येबायेमाको तिम्सिङमा (उत्रने) कार्य सुरु गरिनेछ,’ परम्परालाई लिएर पुनःनिर्माण थालिएको र सम्पन्न भएपपछिको योजनाबारे उहाँ भन्नुहुन्छ, ‘ युमादेवीको पवित्र स्थलकोरुपमा विकास गरिनेछ ।’ सम्पन्न भएपछि उभौंली यक्वा मा र उधौंलि चासोक थिसोक मा मेला लगाइने समेत उहाँले जानकारी दिनुभयो ।

‘सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पुनःनिर्माण थालिएको छ,’ लिम्बुजातिको पवित्रस्थलको रुपमा विकास गरिने उल्लेख गर्दै प्रमुख माबुहाङले भन्नुभयो, ‘पार्कमा लिम्बु बनस्पतिहरु रोपिन्छ । लिम्बू संस्कारहरु जन्म, विवाह, मृत्युका नसनतेल, सुद्दाईं गरिन्छ पार्क मै हुन्छ । वार्षिक उधौली र उभौलीमा एक लाख पर्यटक भित्राउने लक्ष्य छ ।’


पुरातात्विक महत्व बोकेको यो ऐतिहासिक पार्क ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । तीस रोपनि जग्गा अकुपाइ गरेर सांस्कृतिक पर्यटनको सुरु गरिनेछ । नगरपालिकाले तीन लाख रुपैयाँमात्र बजेट विनियोजन गरेको छ । यो बजेट न्युन भएकाले त्यसबारेमा डिपीआर बनाउँने काम जारी रहेको प्रमुख माबुहाङले बताउनु भयो ।

 

फोटो क्याप्सन ः
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले सांस्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति ‘चो?लुङ पार्क’ पुनःनिर्माण शुभारम्भ ।
तस्बिर ः अर्जुनबाबु माबुहाङको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.