कोरोना डायरीः बेलायतको हिथ्रो होटेलमा एघार रात क्वारेनटाइन
– शुभचन्द्र राई
बेलायती अदालतमा मुद्दा जितेपछि मेरो बेलायत यात्रा खुल्यो । भूतपूर्व बेलायती सेनाको सन्तानको हैसियतले मैले बेलायत प्रवेशाज्ञ र आवासीय भिसा प्राप्त गरेको थिएँ ।
विश्वव्यापी महामारीको रूपमा पैmलिएको कोभिड–१९ कोरोना भाइरसको कारण विश्व जनजीवन कष्टपूर्ण छ । देशको अर्थ व्यवस्था तहसनहस छ । मानिसहरूको जनजीवन अस्तव्यस्त छ । यस्तो परिस्थिति र वातावरणमा बेलायत उड्न पर्ने भयो । नेपालमा कोरोना भाइरसको प्रकोप घटेको थिएन । एक महिनाभन्दा लामो लकडाउन केही खुकुलो भएको थियो । देशको राजनीतिक अवस्था भद्रगोलै थियो ।
धरानबाट काठमाडौंमा पुगेपछि मलाई अचानक रुघाखोकीले सतायो । अलिलि जरो पनि आउन थाल्यो । कोरोनाको प्रकोपको बेला यस्तो लक्षण देखापर्नु शुभलक्षण पटक्कै थिएन । यस्तो अवस्थामा पनि मेरो आवश्यक कागजपत्रहरू मिलाउनै थियो । कार्यालयहरू धाउनै पर्ने थियो । ठ्याक्कै कोरोनाकै लक्षण भएकोले कोरोना लाग्यो कि भन्ने शंका पनि भयो । उड्न पर्ने बेला कोरोना रिपोर्ट पोजिटिभ आए मेरो बेलायत यात्रा रोकिने थियो । तर नेगेटिभ आयो । लगातार आइरहने खोकी, ज्वरो र जिउ दुखाइले कुनै पनि साथीभाइ, इष्टमित्रहरूलाई भेट्न सकिन । मन खोलेर फोनमा बोल्न पनि सकिन । काठमाडौंमा मेरो अफिसियल कामहरू सम्पन्न गर्नमा मेरो मित्र तथा नेता भीम राईको सहायोग महत्वपूर्ण रह्यो । काठमाडौं छोड्नेबेला मेरो स्कूलको सहपाठी मिनबहादुर घलेसँग आत्मीयता साटासाट भयो ।
अगस्ट २, २०२१ अर्थात् २०७८ श्रावण १८ गते सोमबार रातको ११ः१५ बजे टर्किश एयरलाइन्सबाट मेरो बेलायत यात्रा सुरु भयो । यो मेरो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । संयोगवश आप्mनै गाउँका भूपू ब्रिटिस आर्मी बालकाजी राई दाजुसँग एउटै हवाई जहाजमा यात्रा जुरेकोले हरेक इमिग्रेसनहरूमा सजिलो भयो । म एनजीओ÷आईएनजीओ प्रोजेक्टहरूमा काम गर्ने भएकोले पनि यात्रा त्यति असजिलो भएन । जहाजमा दिइएको खानेकुराहरू कसरी खाने ? सिटमा कसरी बस्ने, सिट अगाडिको टिभी स्क्रिन कसरी चलाउने, अरुले कसो गर्छन् त्यो हेरेर म पनि त्यसै गरें ।
हवाई जहाजमा पनि मेरो खोकी कम भएन । जति रोक्दा पनि छिनछिनमा खोकी आइरहने । सँगैको सिटका साथी नेपाली नै भएकोले त्यति असजिलो चै भएन । हामी उडेको जहाज बिहानको ६ः३० बजे स्तनाबुल पुगेर रोकियो । यो हाम्रो ट्रान्जिट पोइन्ट थियो । बालकाजी दाजुले बाहिर पर्खिरहनुभएको रहेछ भाइ हराउला भनेर । उहाँको न्यानो अभिभावकत्वमा म ढुक्क भएर उहाँसँगै अघि बढें ।
स्तानुबल ट्रान्जिट मेरो कल्पनादेखि बाहिरको थियो । यसको विशालता र भव्यताको वर्णन गर्न कलमबाट सकिंदैन । यहाँको इमिग्रेसनको जाँच पनि अत्यन्तै कडा रहेछ । झण्डैझण्डै नाँगेझार नै पारेर जाँच गरे । जाँचबाट उम्किएपछि हामी विशाल प्रतिक्षालयमा छि¥यौं । यात्रुहरू सुबिधा सम्पन्न प्रतिक्षालयका आराम सोफाहरूमा ङ्खवाँङ्खवाँ निदाइरहेका थिए । बस्ने ठाउँ कही खाली थिएन । विशाल विशाल रँगिन टिभीहरू, बोर्डहरूमा अनेकौ विज्ञापनहरू आइरहेका थिए । चारैतिर विभिन्न सामानहरूको सेल बजार, विभिन्न पहिरन र रूपरंगहरूका मानिसहरूको सल्याङबल्याङ, कल्याङमल्याङ । त्यो बेग्लै दुनियाँमा म हराइरहेको थिएँ । ठाउँ ठाउँमा राखिएको स्क्रिनहरूमा हाम्रो उडान नम्बर र विवरण हेर्ने कोशिस ग¥यौं ।
स्तानबुलदेखि लण्डन हिथ्रो एयरपोर्टको लागि हाम्रो प्रस्थान समय ९ः३० बजे देखियो । समय प्रशस्त भएकोले हामी छिर्ने गेटको नम्बर दिएको थिएन । दाजु बालकाजीलाई झोलाको गोठालो छोडेर म एकपल्ट झिलीमिली सपिङ मलहरूको अवलोकन गर्न निस्कें । तर हराउँछु भनेर धेरै टाढा गइनँ । निकै समयपछि हाम्रो ‘गेट बि वान’ भएको पत्ता लागेपछि हामी लिङ्खटबाट दोस्रो तलामा झ¥यौं । सिसाबाट चारैतिर विशाल हवाईजहाजहरू पार्किङ गरिएका, कोही गुडिरहेका, कोही आइरहेका, कोही उडिरहेका दृश्य देखिन्थ्यो । तर आवाज भने पटक्कै सुनिदैनथ्यो । यहाँ पनि प्रतिक्षालयको कुर्सीमा केही समय बिताएर समय भएपछि हामी गेटबाट छि¥यौं । यहाँ कोभिड जाँच गरेको कागजातको निकै कडा जाँच भयो । अघिजस्तै पेटी, घडी, कोट र ब्यागेजको सबै सामानहरू खोलेर जाँच गरियो । फिस्टे हवल्दारको जस्तै कडा जाँच रैछ टर्कीमा ।
स्तानबुलबाट काठमाडौबाट चढेको भन्दा ठूलो टर्किश जहाजमा हामी यूके हिथ्रो एयरपोर्टको लागि उड्यौं । दिनको करिब २ बजे हामी लण्डन हिथ्रो एयरपोर्टमा अवतरण भयौं । यहाँ पनि बालकाजी दाइले मलाई गाइड गर्न छोड्नु भएन । इमिग्रेसनको लागि सम्पूर्ण कागजातहरू तयार गरेर हामी लाइनमा बस्यौं । यहाँ निकै कडा जाँच हुन्छ भन्थे तर मेरो त अरु कागजातहरू केही नहेरी पासपोर्ट र कोभिड क्वारेनटाइन बुकिङको कागजात मात्र हेरेर छाप लगाइ दिए एकजना गोरा अफिसरले । र मुस्कानसहित भने, ‘यु आर वेलकम ।’ मैले पनि खुशी भएर ‘थ्यांक यु सर’ भनें । यहाँबाट बालकाजी दाइ र मेरो होटल क्वारेनटाइन बेग्लै भएकोले छुटिनु थियो । उहाँले वाम्बुले राई भाषामा ‘ल्वास्दै जाबा नौठाङ रोम्चि’ (जाऊ है जेठा पछि भेटौं) भनेर हिड्नु भयो ।
मेरो बुकिङ भएको होटलको नाम होलिडे इन डण्डन थियो । मलाई पनि एयरपोर्टबाट हवाईजहाजभन्दा सुबिधा सम्पन्न सिटहरू भएको एसी बसमा चढाए । बसमा म अनि ४ जना नेपाली भान्जीहरू पनि थिए भने केही भारतीय नागरिक र बाँकी अरु मुलका यात्री थिए । सिट नजिक नभएकोले भान्जीहरूसँग बोलचाल हुन पाएन । यात्रुलाई ठाउँ–ठाउँमा ओराल्दै करिब दिनको ३ः३० बजेतिर बेस्ट वेस्टर्न लण्डन हिथ्रो होटेलमा मलाई बसले झा¥यो । बुकिङ भएको होटलको नाम अर्कै भएपनि युके सरकारले व्यवस्थापन गरेको बेग्लै होटलमा परें ।
क्वारेनटाइन पहिलो दिन (अगस्ट ३, २०२१)
होटलको कोठामा लानुभन्दा पहिले मलाई एउटी कुइरेनीले तमसुक गर्न लगाइन् । प्यासेन्जर फर्ममा मेरो तीनपुस्ते, युकेमा बस्ने ठाउँ, ठेगाना, किन आएको सबै भर्न लगाइन् । र ल्याप्चे ठोक्न लगाइन् । त्यसपछि फेरि १० दिन कोठामा खाने पिनेको बहीखाता खोलेर चिन्ह लगाउन लाइन् । दिनको ३ पल्ट बिहान ८–१० बजेभित्र खाजा (ब्रेकफास्ट), दिनको १२–२ बजे दिउसोको खाना (लन्च) र राति ७–९ बजेभित्र रातको खाना (डिनर) खुवाउने रहेछ । म बहीखातामा मासुभात, मम, चाउमिन, तोङबा, सुकुटी खोज्छु तर जिन्दगीमा नाम नसुनेको खानाहरूको नाम छ । प्रत्येक खानामा छान्नु पर्ने विकल्प सहितका २ खाना रहेछ । मैले पनि भेज, ननभेज मिलाएर अनुमानले खानेकुराहरूमा चिन्ह लगाएँ ।
सबै काम सकिएपछि एउटा चिठीको खाम, सेनिटाइजरको बट्टा, पानीको बोटल थमाएर मलाई सेक्युरिटीका साथ लिप्mट चढाएर कोठामा पठाए । १७० नम्बरको कोठाको ढोका खोल्न खामभित्र विद्युतीय कार्ड रहेछ । त्यो छिराएर मात्र ढोका खोलिने रहेछ सेक्युरिटीले सिकाए । मेरो लगेजहरू पनि आएपछि कोठाको ढोका ढ्याप्पै लाग्यो, १० दिनको लागि । केही छिनमा ढोका ढकढक भयो । खोलेर हेर्दा ढोकामा सेतो झोलामा छोडिएको थियो । झोलाभित्र कुखुराको फिला सहित डामेको मासु र जिन्दगीमा नखाएको खानेकुराहरू रहेछन् । यो खाना लन्च या डिनर छुटाउन नसकेर म अलमलमा परें ।
एकछिन कोठाको निरिक्षण गरें । एसी र तापक्रम जडित कोठा, दूधभैंm सेतो तन्ना सिरानी भएको १ फिट उफ्रने मोटो डबल बेड । बेडको दुवै छेउमा आधुनिक ल्याम्प । दुवै छेउमा सानो सानो चिटिक्कैको टि टेबल, टेलिफोन सेट, ३६ इन्चको लेड टिभी । खाना र लेखपढको लागि होला टेबल र घुम्ने कुर्सी र टेबल । अगाडि पुरै भित्ता ढाकिने ठूलो ऐना, टेबलको छेउमा ल्याम्प । लचकदार सोफा, लुगाफाटा राख्न ऐना सहितको आधुनिक दराज, दराजभित्र इस्तिरी र हेयर ड्रायर । माथिल्लो छेउमा चियाको टेबल र टेबल माथि पानी तताउने विद्युतीय कित्ली, कपमा प्याकेटमा चिया, कफी, दूध, चिनी र प्लास्टिकका चम्चाहरू । बाथ टप सहितको तातो चिसो पानी आउने आधुनिक बाथरुम, बडीवास र कपाल धुने स्याम्पुहरू । सेता सफा ६ थान तौलियाहरू यो संसार थोरै नेपालीहरूले मात्र देखेको भोगेको हुनसक्छ ।
कोठाको भ्mयालबाट बाहिर हेरें । नजिकै लण्डन हिथ्रो एयरपोर्ट जहाँबाट करिब २ मिनेटको अन्तरालमा एउटा जहाज उडिरहेका दृश्य । छेउकै चिल्ला सडकमा २ तले राता बसहरू, विभिन्न रङ, आकारका कारहरू, गाडीहरू गुडिरहेका । होटलको तल आँगनमा पोशाक लगाएका सेक्युरिटीहरू ओहरदोहोर गरिरहेका अजबको दृश्य देखियो । यो सपनाको संसारमा अहिले मैले देखिरहेका दृश्यहरू यथार्थ भएपनि मलाई सपनाजस्तै लागिरहेको थियो । दीपक खरेलको गीतभैm भयो, मेरो जिन्दगी । ‘प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ, कहिले हसाउँछ कहिले रुवाउँछ, आँशु र हाँसोको संगम पनि गराउँछ..।’
नेपालबाट लगेको गुन्द्रुकको पार्सल गनाएर झोलाको लुगाहरूलाई नै गन्धे बनाएछ । खै केके खान मन लागेको हो नेपालीलाई ? पार्सलका पोकाहरू झिकेर दराजमा राखें । फेरि ढोका ढकढक भयो । खोलेर हेरेको त अघि जस्तै सेतो झोलामा खानेकुरा । यो चै डिनर रहेछ । बाहिर उज्यालै छ तर रातको ७ बजिसकेको रहेछ । नुवाइधुवाई सकेर गोरा डिनर खाना बसे त्यस्तो महँगो र दामी खाना रुचे पो ? जिब्रोले ढिंडो खोज्छ । खोकी पटक्कै निको भएको थिएन । खोक्दै म यूके सकुशल आइपुगेको समाचार आफन्त र इस्टमित्रहरूलाई सामाजिक सञ्जालमा छोड्दै विस्तरामा पसें । सपनामा म धरान बजार डुल्दै थिएँ ।
क्वारेनटाइन दोस्रो दिन (अगस्ट ४, २०२१)
सुबिधा सम्पन्न तारे होटलको कोठामा म एक्लो । टेलिभिजनमा ओलम्पिक दृश्यहरू, बिबिसी समाचारहरू आइरहेका थिए । बिहानको खाजा बाहिर ढोकामा आइसकेको थियो । शरीरमा किन हो स्पूmर्ति पटक्कै थिएन । नुवाइधुवाई गरें । एकाबिहानै एक्कासि मलाई मेरो छोरा चाङ्मी, साथीभाइ आफन्त र धरानमा यतिका वर्षसम्म बिताएका दिनहरूको सम्झना आयो । म त ती सबलाई छोडेर निकै टाढा पो आइसकेको रहेछु । अब फेरि फर्कन सकौंला ? अनायास आँखाबाट बरर आँशु झ¥यो । म त्यसै त्यसै भावुक भएँ । कोठामा एक्लै रुएँ । अनि सामाजिक सञ्जाल फेसबुकमा धरानको सम्झनामा रुँदै एउटा स्टाटस लेखें । जुन यस्तो थियो–
धरान ! तिम्रै काखमाथि खेलेर बिते मेरा सारा सैशवहरू
धरान ! तिम्रै छातिमाथि टेकेर बिते मेरा सबै ऊर्वर बैसहरू
धरान ! एक्लै हुन्छौ भनेर मैले तिमीलाई एकपल पनि छोडिनँ
धरान ! तिमीलाई उज्यालो बनाउन सडकहरूमा बत्ती जडान गरें
धरान ! तिमीलाई सुन्दर बनाउन सडकमा पूmलहरू रोपें
धरान !
तिमीलाई सभ्य र चेतनशील बनाउन हातमा माइक बोकेर चोकचोकमा भाषण गरें ।
समाजको नेतृत्व गरें ।
राजनीति गरें ।
तिमीलाई कहिल्यै अन्याय सहन दिइनँ ।
धरान !
तर तिमीले मलाई सँधै अन्याय गर्यौ । मेरो भागमा केवल सडक छोड्यौ ।
धरान !
यो बढ्दो उमेरमा चिसो आकाश ओडेर सँधै पेटीमा निदाउन नसकेपछि तिम्रो काख छोड्न बाध्य भएँ
धरान !
पूmलको मालाले लाज नछोपिएपछि,
नमस्कारले पेट नभरिएपछि,
सन्तानको आकांक्षा पहाड भएपछि,
दोकानेले उधारो नपत्याएपछि बाटो मोड्न बाध्य भएँ ।
धरान !
इमानदारिताको कसीमा कति घोटिनु ?
त्यसमा पनि म सधै अनुत्तीर्ण, तिमीलाई काम नलाग्ने मान्छे ।
नत्र त कहिं कतै मेरो मूल्य हुनुपथ्र्यो, आवश्यकता जुर्नुपथ्र्यो ?
धरान !
सबैले प्रयोग गरिसकेको प्रयोगशाला म
राजनीति, सामाजिक संस्था, स्कूल, कलेज, साहित्य कला सबैमा अब मिति गुज्रेको सुड्डो ।
त्यसैले अब केही गुनासो छैन तिमीसँग ।
धरान !
मलाई थाहा छ
तिमीसँगको यति लामो नाता चटक्कै नतोडे पनि अब हाम्रो सम्बन्ध बिस्तारै टाढिने छ ।
धरान !
मलाई थाहा छ तिमीसँगको यति गाढा माया चटक्कै नछोडे पनि अब मेरो माया बिस्तारै बाँडिने छ ।
तर पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया नै हो । आई मिस धरान, आई लभ धरान ।
मेरो स्टाटस पढेर मेरा धेरै साथी र शुभचिन्तकहरूले मलाई ढाडस दिने खालका सकारात्मक कमेन्टहरू लेखिदिए । दिन बित्दै गयो । कोठाको टेलिफोन रिसेप्सनबाट दिनको एकपल्ट बज्छ । उताबाट गोरेनीले मिठो स्वरमा सोध्छे ‘हेल्लो मिस्टर राई, गुड आफटर्नुन, हाउ आर यु ? म यताबाट जबाफ दिन्छु ‘गुड आफ्टर्नुन, आईएम अल राइट ।’ उताबाट ‘ओके जस्ट चेकिङ, थ्यांक यु’ भनेर फोन टुट्छ । जिउँदो छ÷छैन भनेर जाँच गरेको रहेछ यो ।
समयमा दिनको तीनपल्ट खाना आउँछ बाहिर ढोकामा । बाहिर जाने अनुमति छैन । ढोका ढकढक भएपछि खानेकुरा आएछ भन्ने थाहा पाउँछु । म आपैmले बहितमसुक गरेको किसिम किसिमको खानाहरू लोभलाग्दो प्याकिङमा आउँछ । म प्रायः खानेकुराहरूको नाम थाहा पाउँदिन जुस, बटर, हनी, दूध, आईसक्रिम, केक र फलपूmल प्राय टुट्दैनन् । दिनमा प्राय सेन्डविच हुन्छ ।
सबै खानेकुराहरू कहिल्यै पूरा खान सकिनँ । त्यही प्याकिङमा छोडिदिन्छु । लोभलाग्दा डामेको मासु, कुखुराको फिला, ससेस र ब्रेडहरू । खाना प्राय गुलियो हुन्छ । जिब्रोले अमिलो पिरो खोज्छ । पार्सलमा बोकेको सुकेको अकबरे खुर्सानी झिकेर टोक्छु । तर खानेकुराहरूसँगको कम्बिनेशन नमिलेर होला स्वादिलो हुन्न । पाउरोटीसँग अकबरेको बिजोग हुन्छ । सुख्खा खोकी निरन्तर छ खक खक खक..।
क्वारेनटाइन तेस्रो दिन (अगस्ट ५, २०२१)
आज होटल क्वारेनटाइनको तेस्रो दिन । मेरा कोभिड जाँच हुने सूचना अघिल्लो दिन नै रिसेप्सनबाट जानकारी पाएको थिएँ । नुवाइधुवाई गरेर खाजा खाएँ र कोभिड जाँचको लागि जान म लुगा लगाएर चिटिक्कै परेर बसें । ९ बजेको समय दिएका थिए । ढोका ढकढक भयो । ढोका खोलें । बाहिर कोभिड किट्स बोकेर दुईजना स्वास्थ्यकर्मी माक्स र फेसशिल्ड लगाएर उभिरहेका रहेछन् । उनीहरूले कोभिड–१९ टेस्ट किट मलाई दिंदै सिकाए कि मेरो स्वाब म आपैंmले लिनु पर्ने रहेछ । र अनलाइन फाराम पनि भर्नुपर्ने रहेछ ।
पहिले पनि नेपालमा पीसीआर जाँच गरेकोले मैले दिइएको निर्देशनअनुसार नाक र मुखबाट आप्mनो स्वाब आपैंmले लिएँ । र टेस्ट ट्युबमा राखेर बन्द गरें । बाहिर जान चिटिक्क परेको काम लागेन । ल्यापटप खोलें र दिएको निर्देशनअनुसार वेबसाइट खोलेर पीसीआर टेस्ट फाराम भर्न थाले । केही ठाउँमा अलमलिएँ । रिसेप्सनमा फोन गरेर बुझें र फाराम समावेश गरें । यसरी आपैंm डाक्टर बन्ने काम गरियो । खोकी रोकिएको छैन ।
क्वारेनटाइन चौथो दिन (अगस्ट ६, २०२१)
उही दिनचर्या । म सुताहालाई यहाँ भने बिहान ७ बजे नै निन्द्रा खुल्छ । सबैभन्दा पहिले मोबाइलमा म्यासेजहरू हेर्छु । फेसबुकमा नजिकका आफन्त र चिनेका साथीभाइहरूको मृत्युको खबर एकाबिहानै हेर्नपर्दा मन अमिलो हुन्छ । श्रद्धाञ्जलीका केही शब्दहरू लेख्छु । ढोका ढकढक गर्छ । ब्रेकफास्ट आएको संकेत हो यो । नुवाइधुवाई गर्यो, टिभी र मोबाइल साथी बस । आज यूकेको हिथ्रो एयसपोर्ट एरियामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।
म झ्यालबाट यो दृश्य देख्न सक्छु । आस्फोर्डमा रहेकी मेरी आमासँग भाइबरमा कुरा हुन्छ व्यवहारिक र विशेष मेरो छोरा चाङमीको बारेमा । घरीघरी झस्कन्छु । साँच्चै म बेलायत आएकै हो त ? यो उमेरसम्म अत्यन्त स्वाभिमानपूर्ण जिन्दगी बिताएँ । अबको मेरो जिन्दगीको यात्रा अनिश्चित छ । कुनै योजना छैन । कोरिकोराउ गोरेटो छैन । परिस्थितिले जता लतार्यो लतारिनु छ । जसरी पछार्यो पछारिनु छ । अबको मेरो जिन्दगीको यात्रा र मेरो अतित सम्झन्छु । मन सारै नमिठो हुन्छ । त्यसैत्यसै आँखा रसाउँछ । खोकी यथावत छ ।
क्वारेनटाइन पाँचौं दिन (अगस्ट ७, २०२१)
आज फेरि बिहान ७ बजे नै आँखा खुल्यो । भ्mयालको पर्दा खोलें । बाहिर सिमसिम पानी परिरहेको थियो । बिहानको नित्यकर्म सकें । डायरीमा लेख्ने खास शब्दहरू छैनन् । उही दैनिकी । मनमा अनेक कुराहरू छन् । ती सबै लेख्ने कुरा पनि भएन । धरानकै सेरोफेरोमा मन डुलेको छ । धरानको सडकहरूमा चराजस्तै उड्ने म यूकेको एउटा होटलमा बिगत ५ दिनदेखि थुनिएको छु । न साथी छ । न भाषा मिल्छ । न रूपरंग र विवस्ता मिल्छ । तर अब मैले रोजेको जिन्दगी यही होला सम्झौता गर्नै पर्छ । नेपालबाट लगेको खोकीले साथ छोडेको छैन सायद शुभ एक्लै हुन्छ भनेर होला ।
क्वारेनटाइन छैटौं दिन (अगस्ट ८, २०२१)
आज अलि ढिलो उठें । किन हो जिउ त्यसै त्यसै भारी भइरहेको छ । रुघा लाग्ला जस्तो । बाहिरको वातावरण धुमिलो छ । सिमसिमे पानी पनि परिरहेको छ । बिहानको खाजा र कफी खाएँ । खोकीले गर्दा क्यानको कोक, फेन्टा, जुस र आईसक्रिमहरू खाएको छुइनँ । टेबलमा थुप्रिएका छन् । बटर, चिज र हनीहरू पनि उब्रिएका छन् । मनले धरान छोड्न सकेको छैन । त्यसैत्यसै चित्त दुखेर आँखा रसाउँछ । आजको दिन पनि त्यत्तिकै बित्यो । रातको ९ बजेको छ तर बाहिर उज्यालै छ । म भने बिस्तरामा पसेर निदाउने असफल प्रयास गरिरहेको छु ।
क्वारेनटाइन सातौं दिन (अगस्ट ९, २०२१)
ढकढक ढोका नक भएपछि म झल्याँस्सै ब्यूँभेंm । बिहानको ब्रेकफास्ट आएछ । हिजो राति के भएर हो पटक्कै निन्द्रा लागेन । मनमा शान्ति र सन्तोष भए गुन्द्रीमै मिठो निन्द्रा लाग्छ । तर मलाई तारे होटलको बेडमा पनि निन्द्रा आइरहेको छैन । अल्छीमान्दै उठेर तातोपानीमा नुवाएर कफी र ब्रेकफास्ट खाएँ । मेरो कोठाको टिभी हिजोदेखि नै बन्द भएको थियो । रिसेप्सनमा जानकारी पनि गराएको थिएँ तर बनाउन कोही आएनन् । रिस उठेर टिभीलाई यसो ढकढकढक हिर्काएको त चल्न पो सुरु ग¥यो । राईसँग डराएछ क्यारे । त्यही दैनिकी । फेसबुक खोल्यो राम्रो र मिठो समाचार छैन । खाली नकारात्मक कमेन्टहरू । आज अन्तर्राष्ट्रिय आदिवासी दिवस रहेछ । सामाजिक सञ्जालको भित्ताभरि शुभकामना देखें । मैले पनि मेरो जिन्दगीको धेरै ऊर्वर समयहरू यही आदिवासी आन्दोलनहरूमा खर्चेको छु । अन्तर्राष्ट्रिय आदिवासी दिवसको मेरो पनि सबैमा हार्दिक शुभकामना ।
क्वारेनटाइन आठौं दिन (अगस्ट १०, २०२१)
आज ढिलो उठें । बिरामी नै त भएको हैन तर ज्यानमा स्पूmर्ति छैन । कोठाको पर्दा उघारे बाहिर झलमल्ल घाम लागिरहेको छ । तर यहाँको मौसमको भरोसा छैन । छिनभरमै पानी पर्न सक्छ । नुवाइधुवाई सकेपछि ब्रेकफास्ट खाएँ । बालकाजी दाइले म्यासेन्जरमा मेरो सन्चो बिसन्चोको बारे सोध्नुभयो । शनिबार हामी होटल क्वारेनटाइनबाट बाहिरिने जानकारी गराउनु भयो । रिसेप्सनबाट म बाँचेको मरेको खबर बुभ्mने काम गरिन् कुइरेनीले । टिभी चालु छ तर कुइरेको खासै कुरा बुभ्mदिन त्यत्रो पढेको काम लागेन कि जस्तो पनि लाग्यो । आज युकेमा र नेपालका धेरै साथीभाइहरूसँग म्यासेन्जरमा कुरा भयो । आमासँग पनि भाइबरमा कुरा भयो । रिसेप्सनबाट भोलि फेरि मेरो कोभिड परिक्षण हुने सूचना भयो । अब मात्र ३ दिन बाँकी रहेछ होटलबास ।
क्वारेनटाइन नवौं दिन (अगस्ट ११, २०२१)
आज पनि ढिलै उठें । छिटो उठे पनि चिल्याई न कन्याई त्यै कोठाभरिकै संसार । आज दोस्रो पल्टको मेरो कोभिड जाँच औपचारिकताको लागि । बिहानको दैनिकी सकेपछि खाजा खाएर म कोभिड जाँच गर्न आउनेहरूको पर्खाइमा बसें । ९ः३० तिर उनीहरू आए र ढोका ढकढक गरे । पहिले पनि गरिसकेकोले स्वास्थ्यकर्मीहरूले मलाई धेरै पढाउनु परेन । म च्याम्पियन भइसकेको थिएँ । उही प्रक्रिया, उही काम । फेरि मैले आप्mनो स्वाब आपैंmले लिएँ । तर अनलाइनचै भर्दाभर्दै मेरो ल्यापटपको चार्ज सकिएर पूरा हुन पाएन । होटललाई भन्दा पनि मल्टीप्लग नपाएपछि चुपचाप बसें । होटलको गोरे खाना खानु २ दिनमात्र बाँकी छ तर होटलले कहिले छोड्ने जानकारी चै दिइसकेको छैन । ज्ञान दाजुले फोन गरेर मेरो सन्चो बिसन्चो खबर सोध्नु भयो । भतिज नबिनसँग त दिनको एकपल्ट कुरा हुन्छ । भतिज नबिनले अब आमा र म आस्फोर्डबाट लन्डन सर्नुपर्ने । लण्डनमा कोठासमेत तयार गरिसकेको कुरा र कोठाको भिडियोसमेत पठाइदिए । मैले सोचें अब यही कोठाबाट युकेको मेरो जिन्दगीको यात्रा सुरु हुनेछ ।
क्वारेनटाइन अन्तिम दोस्रो दिन (अगस्ट १२, २०२१)
आज होटल क्वारेन्टाइनको दोस्रो अन्तिम दिन । बिहान छिट्टै आँखा खोलिए पनि बिस्तरा छोडिनँ । बाहिर मौसम धुम्मिएको छ । ढोकामा ब्रेकफास्ट अघि नै आइसकेको छ तर कोठाभित्र हुलेको छुइन । फेसबुकमा कुलमान घिसिङ सरको पुनःनियुक्तिको खबर र स्वागतले भरिएको रहेछ । मन खुशी भयो । यी सच्चा सपुतलाई नमन गरें र मैले पनि शुभकामना लेखेर फेसबुकमा पोस्टाएँ ।
धरानदेखि काठमाडौं गएका धरानका मेयर तिलक राईको टिमलाई शुभकामना दिएँ । फेसबुकमा उदयपुरको बेलकामा बनेको सुँगुरको मूर्तिको चर्चा पनि खुबै रहेछ । बेलायतमा भूतपूर्व गोर्खाहरूको समानता र न्यायको लागि सत्याग्रहले गरिरहेका आन्दोलनको सम्मान गर्दै मैले पनि निर्देशक ज्ञानराज राईज्यूको पोस्टहरू सेयर गरें । केही साथीहरूले शुभ बेलायत पुग्नासाथ फेरि आन्दोलनमा हो भनेर जिस्काए पनि ।
बिहानै आमासँग कुरा भयो । क्वारेनटाइनको दिन जति छोटिदै जान्छ मन त्यति नै अधिर अस्थिर भइरहेको छ । दश दिन कोठामा सुतेर खाएको सावाब्याज अब तिर्ने दिन आउँदैछ । नेपालमा हल्लिएरै महिनौं दिन खानापिना जुथ्र्यो यहाँ त्यसो हुँदैन । पाउरोटीसँग जिन्दगी साट्नु पर्छ भनेको सुनेको अब चाँडै मेरो पनि परीक्षा हुँदैछ । आखिर जिन्दगीसँग सम्झौता त गर्नै छ ।
क्वारेनटाइन अन्तिम दिन (अगस्ट १३, २०२१)
राति पटक्कै निन्द्रा लागेन । ९ बजे ओछ्यानमा पसेको १०, ११, १२ हुँदै १ बज्यो निन्द्रा कोसौं टाढा छ । जिन्दगीमा उसैलाई सम्झेर रुनु पर्ने, तड्पिनु पर्ने, आँशु बर्बरी झार्नु पर्ने भाग्यमानी पनि म होइन । मेरो एउटा छोरा छ । त्यसलाई कहिल्यै छोडेको थिइनँ । ऊ जस्तो भएपनि उसैको सम्झना आइरहन्छ । मलाई माया गर्ने आशिर्वाद दिने आमालाई भोलि भेट्दैछु र अबका दिनहरूमा म उहाँकै छहारीमा हुनेछु । तर पनि मनमा केको छटपटी हो को नि ? बिहान अबेला उठें । नुवाइधुवाई गरें । मनमनै सोचें आज होटल क्वारेनटाइनको अन्तिम दिन ।
मन फुरुङ्ग भो । बिहानको खाजा हेब्बी आउँथ्यो । दिनमा चाहिं २ पिस सेन्डविच र केक, जुसहरू अनि राति कहिले काही भात पनि खान पाएँ । आजको बिहानको खाजा हेरें २ पिस ससेस, एक लप्रा पातलो डामेको रातो सेतो मिसिएको सायद गोरुको मासु, २ पिस ३ पाटे आलुको चप, मसिना बनाएको अण्डाकरी सानो आकारको देउले च्याउ, गेडागुडी, १ टुक्रा केक, आईसक्रिम, बटर, २ बोटल पानी जम्मा एक झोला खानेकुरा । आलुको चप र ससेसचाहिं कहिल्यै खाइसकिनँ । नेपालमा बिहान चिया पनि नखाने एकैचोटी दालभात हसुर्ने म यूकेमा गोराले बानी बिगार्ला जस्तो भो ।
दिनको १ बजे ढोका ढकढक भो खोलेर हेरेको अस्तिको कोभिड जाँच गर्नेहरूको टोली रहेछ । मेरो रिजल्ट के भो भनेर सोधे । मैले पाएको छैन भनें । पीसीआर जाँच गरेको दिन मेरो ल्यापटपको चार्ज अफ भएकोले फाराम भर्न सकिनँ र रिजल्ट थाहा भएन भनेपछि उनीहरू एकछिन गनगनाए । तुरुन्त फोन गर्न पर्दैन भनेर बिच्किए त्यसपछि उनीहरू आपैmले उनीहरूकै मोबाइलमा मेरो फाराम भरिदिए । रिजल्ट पनि तुरुन्तै आयो, नेगेटिभ ।
मैले अगस्ट १४ तारिख बिहान ८ बजे होटलबाट बिदा लिने योजना बनाएँ । सोहीअनुसार अनुरोध गरेपछि पीसीआर जाँच गर्ने टिमले मलाई मेनेज्ड क्वारेन्टाइन इक्जिट सर्टिफिकेट दिएर गए । सो सर्टिफिकेट बिना थुनामुक्त नहुने रहेछ । यस्तो प्रणाली हाम्रो देशमा पनि भए कस्तो हुन्थ्यो जस्तो लाग्यो ।
सबैभन्दा पहिले मैले भतिज नबिनलाई सो जानकारी गराएँ । ज्ञान दाइ, चौबिस दाइ र बालकाजी दाइलाई पनि सो जानकारी गराएँ । म भन्दा १ महिना अघिमात्र युके आइपुगेका रामचन्द्र भाइले भोलि ७ बजे होटलमै भेट्न आउँछु दाइ भने । गनाएर झोलाबाट झिकेर दराजमा राखेका गुन्द्रक, अन्य पठौनीहरू र मेरो लुगाहरू झोलामा प्याक गरें । अरु बेला दिउँसो एक झटनी सुत्थें आज निन्द्रा लागेन सुतिनँ ।
धरानमा रहँदा मैले चाहेर नचाहेर धेरै संघसंस्थाहरूमा आवद्ध रहें । किरात राई यायोक्खा त पेवाजस्तै भो । यो संस्थाबाट कहिल्यै टाढा हुन सकिनँ । किरात राई यायोक्खा केन्द्रीय समितिको उपमहासचिव, वाम्बुले राई समाज (वाम्रास) को केन्द्रीय उपाध्यक्ष, वाम्बुले राईहरूको बचत समूह सुरिम बचत समूह सुनसरीको अध्यक्ष, वाम्रासको पहलमा ओखलढुंगाको उँबुमा निर्माणको अन्तिम चरणमा रहेको वाम्बुले पहिचान स्तम्भ स्वालेवा पार्कको अवधारणा पत्र लेखक तथा निर्माण समितिका संयोजक, धरान प्रज्ञा प्रतिष्ठानको सदस्य, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ऋण असुली समितिको सदस्य, बिजयपुर एफ.एम.को प्रमुख प्रशासकीय अधिकृत (सिइओ), ध्यान बहादुर राई स्मृति ग्रन्थ प्रकाशन समिति सम्पादक मण्डलको सदस्य, जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिको सदस्य जस्तो जिम्मेवारीमा म कार्यरत थिएँ । तालिमहरू पनि दिन्थें । रेडियोमा बिहान ७ देखि ८ बजेसम्म शुभ विहानी कार्यक्रम पनि चलाउँथें ।
अन्याय विभेदको बिरुद्धको आन्दोलन र पहिचानको पक्षको आन्दोलनहरूमा पनि मेरो संलग्नता भएकै हुन्थ्यो । आवश्यकताअनुसार धरानको भानु चौकमा भानुबाजेको शालिकसँगै उभेर भाषण पनि ठोक्थें । भानु बाजे पनि छक्कै पर्दो हो शुभचन्द्रले विगत ३०/४० वर्षदेखि यो के गरिरहेको छ भनेर । यी सबै मेरा जिन्दगीका दैनिकी थिए । र म जिउँदो भएको प्रमाण थियो तर यसरी धरानबाट र आप्mनो जिम्मेवारीहरूबाट टाढिनु पर्दा मन मिठो थिएन ।
पहिचानको आन्दोलनहरूमा जिन्दगीभर मुठी उठाइयो । संस्थाको लागि घर ठडाइयो । नमिलेको घरपरिवार र झगडाहरू मिलाइयो । तर आपूmचै सडकमा पुगेको, आप्mनो घर परिवार जलेर खरानी भइसकेको मैले पत्तै पाइनछु । त्यसैले त्यही घर परिवारको खोजीमा होला आज म यूके आइपुगेको छु । मेरो जिन्दगीको वास्तविक धरातल नबुझेका धेरैले यसलाई शुभचन्द्रको पलायनको संज्ञा दिनेछन् । केहीले दिए पनि । सधै स्वाभिमानपूर्ण बाँचेको मेरो जिन्दगीको यो एउटा दुखद अन्त्य पनि हो किनभने बेलायतमा मेरो शिर नेपालको जस्तो ठाडो हुन गारो छ । इमानदारीपूर्वक जिएको जिन्दगीको यथार्थ हो मेरो यो अवस्था । यो मेरो कथा अरुसँग पनि मिल्न सक्छ ।
१३ अगस्ट २०२१
बेस्ट वेस्टर्न लण्डन हिथ्रो होटेल
(इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क १३, २०७८ साउन–असोज–सन् २०२१ बाट)