सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता

अर्थ / वाणिज्य

काठमाडाैं । सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बीमा सेवाको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआइसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले एलआइसी नेपालको विविध जीवन बीमा योजनाहरु आफ्ना ग्राहकलाई प्रदान गर्नेछ । यसबाट ग्राहक लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । बैंकले यसअघि निर्जीवन बीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *