मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथ ल्याब सेवा

स्वास्थ्य

काठमाडाैं । मुटु प्रत्यारोपणको लक्ष्य लिएको मानव अंग प्रत्यारोपण केन्द्रले क्याथ ल्याबसेवा सुरु गरेको छ । मुटुमा हुने प्वाल टाल्नका लागि क्याथ ल्याबको आवश्यकता पर्दछ । मुटुको नसा ब्लक भएको अवस्थामा खोल्ने र स्टेन्ट हाल्न मद्दत गर्ने भएपछि केन्द्रले क्याथ ल्याब सञ्चालनमा ल्याएको जनाएको छ ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार केन्द्रले मुटुको प्रत्यारोपण गर्न लिएको लक्ष्यअनुसार नै क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको हो । केन्द्रले डा. यादवदेव भट्टलगायतका वरिष्ठ चिकित्सकहरूको संयोजनमा सेवा सुरु गरेको छ । ‘क्याथ ल्याब सेवा अन्य अस्पतालले पनि सञ्चालनमा ल्याएका छन् ।

तर, हामीले भने मुटु प्रत्यारोपण गर्ने उद्देश्यले सामान्य उपकरणबाट सेवा सुरु गरेका हौँ,’ निर्देशक श्रेष्ठले भने । केन्द्रले मुटु प्रत्यारोपणका लागि आवश्यक पर्ने बाँकी पूर्वाधार जोड्दै जाने बताएको छ । चिकित्सकहरूका अनुसार क्याथ ल्याब मुटु प्रत्यारोपण गराउने पहिलो खुड्किलो हो ।

Leave a Reply

Your email address will not be published.