शुरु भयो हलेसीमा आयुर्वेद सेवा

अर्थ / वाणिज्य प्रदेश प्रदेश १


माघ २१, २०७४
लिभु संवाददाता

काठमाडौं । खोटाङको प्रसिद्ध धार्मिक थलो हलेसीमा आयुर्वेद उपचार सेवा सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले माघ २० गतेबाट यो सेवा सुरु गरेको हो ।
नगरपालिकाको सहयोग र आयुर्वेद औषधालयको सहकार्यमा सुरु गरेको हो । विभिन्न रोगको उपचार आयुर्वेद विधिबाट गरिने जनाइएको छ । कविराज राजेन्द्र पोखरेल र गोपाल सुवेदी रहनु भएको छ । संघीय प्रदेश–१ अन्तर्गत खोटाङमा पहिलो पटक सुरु गरिएको हो ।
उपचार पद्धतिहरुमा शिरोधारा, सर्वाङ्गस्वेद, कटिबस्ती, जानुबस्ती, गृवाबस्ती, उरःबस्ती, बालुकास्वेद, पोटलिस्वेद, नस्यकर्म, नाडिस्वेद लगायत दिइने जनाइएको छ । पञ्चकर्ण शाखाले समाजका अति विपन्न समुदायका उपचारबाट बन्चित सदस्यलाई विशेष छुटका साथ उपचार गरिने हलेसी आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोख्रेलले बताउनु भएको छ । यो सेवा दैनिक १५ जनाले पाउने छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको उक्त आयुर्वेद पञ्चकर्म सेवा प्राकृतिक उपचार पद्धतिको हुने छ । नगर प्रमुख इबन राईले उद्घाटन गर्नु भएको कार्यक्रमका अध्यक्ष नगरपालिका वडा नं.७ का अध्यक्ष चइन्द्र राईको सभाध्यक्षता साथै, उपप्रमुख बिमला राई, विभिन्न वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फोटोः विमला राई तिलुङको फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published.