मङ्गलमको ट्रेलर सार्वजनिक

मनोरन्जन

लिभु संवाददाता
काठमाडौँ–चलचित्र निर्माता छविराज ओझाले उनको नयाँ फिल्म मङ्गलमको ट्रेलर हाइलाइट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन । गुण सिनेमा प्रालि, छविराज प्रोडक्सन र नायिका शिल्पा पोखरेलको संयुक्त प्रतुति रहेको उक्त फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङले लगानी गरेका छन् । यस चलचित्रमा मिथिला शर्मा, निर शाह, शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईंलगायतको अभिनय हेर्न सकिने छ ।
फिल्मको कथा गोविन्द पौडेलले लेखेका हुन भने निर्देशन नवल नेपालले गरेका छन । फिल्म रिलिज हुने मिति यहि आउदो फाल्गुन २५ गते तोकिएको छ ।

भिडियो हेर्न तल थिच्नुहोस

Leave a Reply

Your email address will not be published.