प्रदेश–१ मा प्रदर्शन हुँदै नाटक ‘लिलामे माइलो’

मनोरन्जन

नाटक माइला भएर जन्मनु भएकाहरुले निशुल्क
लिभु संवाददाता
काठमाडौं– मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माइलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।

नाटक लिलामे माइलो

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजिट समेत गरेको थियो ।

नाटकमा कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिनुभयो । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएकोउहाँले बताउनुभयो ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजाति मगर जातीको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताउनुभयो ।

लिलामे माइलो पारिवारिक नाटक र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहसन, सँस्कृति, पर्व, ग्रामीण जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताउनुभयो ।

चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथिको भुमिका निभाउन सहज होस र चरित्र विश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगेको बताउनुभयो । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जानकारी दिनुभयो ।

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ । नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाईने छ ।

नाटकमा नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्तका दर्शका र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेमा नाटक टोली विश्वस्त छ ।

लिलामे माइलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माइला भएर जन्मनु भएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.