राईको नेतृत्वमा भोजपुर–काठमाडौं सम्पर्क मञ्च गठन

प्रदेश प्रदेश १ मुख्य समाचार समाचार

लिभु संवाददाता, काठमाडौं– नेकपा एमाले भोजपुर–काठमाडौंं सम्पर्क मञ्चको १२ औं सम्मेलनले दिलीप कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न सम्मेलनले १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष भीमराज राई, सचिव भद्र पराजुली, सहसचिव फुर्वा तेन्जिङ शेर्पा र कोषाध्यक्षमा जगतमान योगी चयन हुनु भएको छ । कार्यसमितिलाई पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हरिकुमार राईले सपथ ग्रहण गराउनु भएको थियो । नव निर्वाचित अध्यक्षले मञ्चलाई केही फरक ढंगले क्रियाशील, मर्यादित तथा आर्थिक पारदर्शितामा स्पष्ट बनाई लैजाने योजना रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.