वाम्बुले राईहरूको समृद्ध संस्कार ‘खाउमो’

जीवनशैली प्रदेश प्रदेश १ मातृभाषा रोचक समाज

वाम्बुले संस्कृति :

संघीय प्रदेश नं.१ ओखलढुंगा र खोटाङ जिल्ला दुधकोसी अनि सुनकोसी संगम आसपासका किराती वाम्बुले राई समुदायमा हिउँद महिना मंसिर, पुस, माघ, फागुनमा पितृकार्य गर्दैआएको भेटिन्छन् । विशेषगरी ओखलढुंगाको उँबु, वाक्सा, मानेभन्ज्याङ, केतुके, माधवपुर, रिचुवा, जाक्मा, हिलेपानी, सोक्मटारतिर मंसिरमा नयाँ अदुवा र धान पाकेपछि घरैपिच्छे वाम्ला (न्वागी) गर्दछन् ।

त्यसैगरी, खोटाङको बाहुनीडाँडा, बेता, त्याम्तुकु, दाम्ली, बलुई, झाप्पा, राजिमो, स्वायोङ, बाइटार, डिकुवातिर पनि वाम्ला गर्दछन् । उदयपुर जिल्लाको लेखानी, सोरुङ छबिसे, कटारी, रिस्कु, च्याँगा गाउँतिर त्यसरी नै वाम्ला गर्दछन् । सुनसरीको धरान, पानमारा, तरहरामा रहेका वाम्बुलेहरू पनि न्वागी गर्दछन् । वाम्ला अर्थात् न्वागी नयाँ अन्नबाली पितृलाई चढाएर आफूले ग्रहण गर्ने मुन्धुम संस्कार हो । वाम्बुले राईहरूले पुस महिनाभरि पुसे गर्दछन् । माघ लागेपछि खाउमो मुन्धुम संस्कार गर्दछन् । त्यही खाउमोबारेमा सीताकुमारी राईले त्रिवि समाजशास्त्रअन्तर्गत स्नातकोत्तर तहमा ‘वाम्बुले राई जातिको मृत्यु संस्कार’ विषयक शोधपत्रको अंश यहाँ प्रस्तुत गरिएको छ ।

-सीताकुमारी राई

 

वाम्बुले राई समुदायको प्रमुख चिनारी र महत्वपूर्ण संस्कार खाउमो हो । खाउमो दुई धारणाले गरिन्छ । फुरि खाउमो र कुयामो खाउमो भनेर चिनिन्छ । फुरिखाउमो भन्नाले सुख, शान्ति, संमृद्धिका लागि गरिन्छ भने मृतकको वार्षिक अर्थात् अन्तिम संस्कारका रुपमा गरिने खाउमोलाई कुयामो खाउमो भनिन्छ । जसलाई छियामो पनि भनिन्छ । यो तीन दिने संस्कार हो ।

पहिलो दिन र दोस्रो दिन विधिवत पूजाअर्चना हुन्छ भने तेस्रो दिन जाउमो÷मूलदानी (मूल रीत दिइने कुटुम्ब) र हा“गादानी÷ख्लिउमो (पाहुनाहरू)लाई विदा गरिन्छ । खाउमो गर्दा चाहिने अन्न, जिवित प्राणी र अन्य सामग्रीहरू ः कम्तिमा पच्चीस पाथी कोदो, तीन मुरीभन्दा बढी मकै, यस्तै चामल एक मुरीभन्दा बढी चाहिन्छ । रा“गा एउटा, स“ुगुर (ज्या“ली), एउटा सु“गुर बुचो र एक जोडी भाले–पोथी कुखुरा अनिवार्य चाहिन्छ ।

खाउमो धेरै खर्चालु, धनु वाणले जनावर र पंक्षीको बलि चढाउनु पर्ने हिंसात्मक कार्यजस्तो देखिए पनि किरातीले उत्पत्ति कालदेखि नै यस्तै हाम्रा पितृलाई पुज्ने परम्परा रहिआएकोले गर्नै पर्छ । र यस्ता पशुपंक्षीको काटमारलाई पाप नमानिने कुलपुजारीको भनाइ छ । यस धार्मिक संस्कार खाउमोबारे संक्षिप्त कथा यस प्रकार छ ः

खाउमोमा भनिने मुन्धुम स्वाम्दिखाडुलाई आधार मानिहेर्दा जिखिम ब्वाम्बु (धर्ती)को उत्पत्तिस“गै भएको भनी प्रमाणित हुन्छ । स्वाम्दीखाडुमा भनाइ छ– जिखिम ब्वाम्बुको उत्पत्तिपछि जीवजिवात्माको क्रमिक विकासबाट मानिसको रुप धारण भए तापनि मानिस असभ्य अवस्थामा थियो । जुन बेला खाक्चिलुपा र रिनाखा दम्पत्तिले वनजंगल नभएको ठाउ“मा घर बनाइ बस्न थाले । अन्नपात, सागसब्जीबारे थाहा नपाउ“दा सिकार गरी जिविकोपार्जन गर्दथे ।

एक दिन खाक्चिलुक्पाले ब्आड्यार (पासो) थापेका थिए । उक्त पासोमा मृगमात्र परेन, अपितु ढुकुर परेछ । त्यही ढुकुर मारी गा“ड झिकेर घु¥यानबारी (घर वरपरको जग्गा)मा फाले । त्यस गा“डमा भएका अन्नहरू उम्रिएर लहलहाउ“दा बिरुवामा फुल्न र फल लाग्न थाले । फलहरू पाक्न थालेपछि ती दम्पत्तिले चाखे र मिठो भएको चालपाए छन् । त्यस्तै अन्य बालीहरू पनि घरभित्रै राखेछन् । र अन्नबाली छर्दा उम्रिने, फुल्ने, फल्ने क्रमले उनीहरूमा खानेकुराको धौधौ परेन । त्यसरी अन्नपात घरभित्र्याउन पाउ“दा उनीहरू हर्ष खुशीले गदगद भए तापनि शारीरिक रुपमा विरामी परे ।

रिनाखा (पत्नी)को सल्लाहअनुसार एक टुकुनी बुढी (टुकुनी उमो) कहा“ सोधपुछ गर्न खाक्चिुलक्पा पुगे । टुकुनी उमोले ‘तिमीहरूले नया“ घर बनायौं । चापुनी (कोदो), हा“माला (धान) लगायौ । खायौं । त्यसले गर्दा तिमीहरू बिरामी भयौ । अब त्यसै बस्न भएन । तिमीहरूले ङ्वाप्सि (दाजुभाइ), दानी (पाहुना) बोलाएर चोखोनिठो गरी जा“ड पकाइ रितुमबाया गर्नु पर्छ’ भनेर सम्झाइन् । जा“ड बनाउनका लागि ज्यादै रोचक प्रसङ्ग स्वाम्दीखाडुमा सुन्न पाइन्छ ।

टुकुनी उमोको सल्लाहअनुसार ती दम्पत्तिले रितुमबाया गर्ने भए । रीतपूर्वक आफ्ना दुई चेली (जाउमो र ख्लिउमो) लाई बोलाउ“छन् (जो स्वायोखा, नियाखो कुटुम्बका साथ गएका बसेका हुन्छन्) लाई रीत थमाएपछि ती दम्पत्तिमा रहेका रोगब्याधी हटेको, सुखपूर्वक जीवनयापन गरेका हुन्छन् । कालान्तरमा उसैका सन्तान मानिने किरातीहरूले विविध तरिकाले अद्यावधि सुख, शान्ति, लाभ आदिको कामना स्वरुप विधिवत रुपमा पिलु (पितृ) पुज्ने कार्य गर्दै आएका छन् । जुन कार्यलाई खाउमो भनिन्छ ।

कुयामो खाउमो
कुयामो खाउमो घरमा मरन परेपछि पैतालिस दिन र वर्ष दिनमा मृतकको स्मृतिमा बर्खान्तका रुपमा गरिन्छ । यसैलाई बर्खान्त वा कुयामो खाउमो भनिन्छ । यस्तो खाउमो गर्दा यदि घर मुलिकै स्मृतिमा हो भने नयाँ सुरिम (सालको मड्को ५ वटा अखटा खाटिएको, करिब ५ हात लामो आँगनमा आधा भाग गाडिन्छ, जुन ठाउँमा पुरानो सुरिम उखेलेर पोलिन्छ । मृतक घरमुलीका छोरा बुहारी जसले बर्खी बारेका हुन्छन्, त्यसलाई चोख्याउन जाउमो, ख्लिउमो मूल र हाँगादानी डाकेर उनीहरुले बर्खी बार्नेको कपाल छुराले खौरी दिन्छन् । नयाँ कपडा पहि¥याई दिन्छन् । निधारमा चन्दन लगाइदिन्छन् । अण्डा, माछा, मासु, दुध, दही, जाँड, रक्सी खुवाउँदछन् । यस कार्यलाई बर्खी फुकुवा भनिन्छ । फुलचाँदन पनि भनिन्छ ।

खाउमो थालनीको दोस्रो दिन फुलचा“दन गरिन्छ । जुन बेला गहु“तले घर परिवार, दाजुभाइ सबैलाई कुटुम्बले चोख्याउ“छन् । कुटुम्ब दानी पक्षलाई गौदानलगायत भा“डाकु“डा, लुगाफाटा आदि दान, दक्षिणा दिइन्छ । त्यस्तै पिलुम्बु (अगेनोको दक्षिणतिरको भाग) मा परलोक भएका मृतकको आत्माले पाओस् भनेर राखिएका नया“ ओड्ने (सिरक), ओछ्याउन (डसना), लगाउने (पुरुष भए दौरा, सुरुवाल र महिला भए गुन्यू चोली) लुगा पनि मूलदानीलाई दिइन्छ ।

खाउमोमा आउने निम्तालुहरूले एक–एक कठुवा (काठको भा“डा) वा सिसिमा रक्सी ल्याइ मृतकको पिलुम्बुमा राखिदिने चलन छ । मृतकको आत्माले थकाइ मारोस् भन्ने ध्ययले घर, बाटो नजिकको बर–पीपलको छहारी भएको ठाउ“मा चौतारी बनाइ दिने अद्यापि पाइन्छ । जुन चौतारीलाई ठा“टी–फलैचा पनि भनिन्छ । चौतारी बनाउ“दा दुई जोडी मानिमो (झ्याम्टा) बजाएर चार जना पगरीवाला नाक्सो (नाक्सो चारथरी हुन्छन्) चारजना ङाबुचो (सहायक), चार जना मासिमे (महिला), सुम्दिचो (झ्याम्टा बजाउने) र कठुवामा रक्सी, एक घैटी जा“ड, एउटा सु“गुरको पाठो लिएर जान्छन् । चौतारो बनाइसकेपछि विधिवत रुपमा झ्याम्टा बजाउ“दै, नाच्दै घर फर्किने चलन छ । यो कार्य कुयामो थालनीको दिनमै गरिन्छ । त्यस खाउमोको सुरुको दिनमा उक्त घरमा नाचगान गर्न मनाही हुन्छ ।

(क) चौतारा
वाम्बुले राई समाजमा परिवारको मुख्य व्यक्तिको निधन भएपछि कुयामा खाउमो (बर्खान्त) गरिन्छ । बर्खान्तमा परिवारका प्रमुखको स्मृतिलाई बलियो बनाउन उनको नाममा ठाँटी, फलैचासहितको चौतारा बनाइन्छ । खाउमो गर्दा सामान्यत एक पाछाको नाक्सो र ङाबुचो रहन्छन् भने चौतारा बनाउँदा चार पाछाको चार नाक्सो आवश्यक रहन्छ । मूलनाक्सोलाई विशेष बाह्र फन्काको सेतो पगरी गुथाइन्छ भने अन्य नाक्सोलाई छ फन्कोको पगरी लगाइदिइन्छ । ङाबुचोहरुलाई पगरी गुथाइन्न । त्यसैगरी चारजना मासिमे चाहिन्छ । दुई जोडी सुम्दी (झ्याम्टा) र दुई जना सुम्दिचो (झ्याम्टा बजाउने मान्छे) चाहिन्छ । परिवारमा अघिल्लो पुस्ताले चौतारा बनाउँदै आएको भएमात्र चौतारा खाउमो गर्न पाइन्छ भन्ने छ ।
सालको काठबाट ठाँटी बनाइन्छ । ढुंगा चिटेर बिसौनी बनाइन्छ । चौतारीको बीचमा चारकुने ढुंगा चिटेर त्यसमाथि बाँसको लिंगोमा सेतो कपडा बेरेर गाडेपछि देउराली मानिन्छ । मृतात्मालाई चौतारीको दुईतिर पस्ने र निस्किने बाटो राखिन्छ ।

फुरी खाउमो
यहा“ फुरी अर्थात् ‘फूल’ हुन्छ । फुरी खाउमो भन्नाले शुभकार्य भन्ने अर्थ लाग्छ । घरपरिवारलाई दुःख, पीडा भएमा, नया“ घर बनाउ“दा, हरेक कार्यमा शुभलाभ, सुख, शान्ति होस् भन्ने कामना र विवाह गरेको वर्ष दिनमा गर्ने गरिन्छ ।

फुरी खाउमोमा कुयामोमा जस्तै जाउमो–ख्लिउमो (मूल–हा“गादानी कुटुम्ब)लाई दान दक्षिणा गर्नु पर्दैन । खर्च पनि त्यति बिघ्न लाग्दैन । बरु जिर्मा, रक्सी, जा“ड चाहिं उत्ति नै लाग्छ । कुयामो खाउमोमा माछा, मासु, दही आदि चाहिन्थ्यो भने त्यसको सट्टामा पेरुङ्गोमा अदुवा भने दानी पक्षले लग्नु पर्छ । फुरी खाउमोमा विशेषतः मनोरञ्जनका लागि सुरुदेखि नै नाचगान गर्ने गरिन्छ । कुयामो खाउमोभन्दा अलि फरक किसिमको स्वाम्दीखाडु (मुन्धुम) भन्ने÷गाउने चलन छ । खाउमो मुख्यतः तीन दिन गरिने हु“दा उक्त दिनमा गरिने कार्यहरूको विवरण यस प्रकार छ ।

पहिलो दिन :
यस दिन निम्तो गरिएका सबै नाक्सो, ङाबुचो, दाजुभाइ, कुल कुटुम्ब –दानी)हरू भेला भएर बालाम क्र्याचाम –कुलदेवतामा चढाइने सामानको बा“डफा“ड) काम गरिन्छ । यसरी यस दिनलाई थालनी दिन पनि भनिन्छ । हुन त तीन दिन गरिने भए तापनि यस दिनचाहिं विशेष चोखो पूजा गरिन्छ । यसै दिन घर, कुलेसो वा पेटीमा किला ठोकी बा“सको नौ वटा घैटा –जसमा कोदोको जिर्मा, रक्सी राखिएका हुन्छ) लाई बाहिर निकालिन्छ । यो कामलाई चिख्य्राम निकाल्नु भनिन्छ । जुन कामको लागि दुई जना दाजुभाइ (ङ्वाप्सी) र दानी (कुटुम्ब) बाट मिलाएर चिःचो (जिर्मा भान्से) राखिन्छ । त्यस्तै नाक्सोले चामल (वाबुम सेरा) आ“गन (डुब्लो) मा छर्केपछि सम्म्याउने गरिन्छ । यदि कुयामो खाउमो हो भने चौतारो बनाउने काम यसै दिन गरिन्छ ।

जब बेलुका हुन्छ (सा“झ पर्छ) नाक्सोले पितृलाई सुत है (ग्ल्वाम्दै) भनेर चामल र केरा पकाइ बा“डेर खाएपछि चासुवा (ठूलो रीत), चातुम (सानो रीत) लैजाने जाउमो र ख्लिउमो (कुटुम्ब दानी)ले सोलीमा रक्सी, चिः (जिर्मा), कोदोको जा“ड (खिचुल ङासी), ब्लोः, लिखी (धनु–वाण), स्याल्मो (पितृ बुझाउने एक किसिमको रुखको पातसहितको हा“गा) बोकी खाउमो घरमा भित्रिन्छन् । यसरी भित्रिसकेपछि नाक्सो र ङाबुचो (दुवै पक्षका) मिलेर पितृ बुझाउने कार्यको थालनी हुन्छ । मूल रितुम कोसेलीबाहेक सामान्य रुपमा जा“ड, बिनामंशको दालभात खुवाउने र खाने बन्दोबस्त गरिन्छ । यस दिन रितपूर्वक ङाबुचो, सुरिमचो (आ“गनमा गाड्ने सालको मुड्कोको पूजा गर्ने पूजारी)ले सुरिम, खासी सिङ (सालको का“चो घोचो) खोज्न जाने र मानिमो÷सुम्दी (झ्याम्टा) खोजेर तयार गरिन्छ ।

दोस्रो दिन :

यस दिनलाई विशेष रुपमा महत्वपूर्ण मानिन्छ । छरछिमेकी दाजुभाइ इष्टमित्रहरू आफ्नो घरको काम छोडी सघाउनी (जा“ड, च्या“ख्ला, पैसा) लिई आउ“छन् । भौतिक सहयोग परस्पर हुने गर्छ । यदि कुयामो खाउमो हो भने दमईको बिरही सहनाईको रुवाई, स्वाम्दिचो (रित गाउनेको) स्वाम्दी, जाउमो, ख्लिउमोको आ“सुले भिजेको परेलीले कोही कसैलाई नरुवाई छाड्दैन । त्यसरी संस्कारको मुख्य दिन खाउमोमा आउनेहरू प्रायः कामकाजमा व्यस्त हुन्छन् । कोही आ“गनमा सुरिम, खासी गाड्ने, रा“गा, सु“गुर (ज्या“ली), कुखुरा बा“ध्ने गर्छन् भने कोही पूजाको सामान जुटाउने गर्छन् । जब सामानको तयारी हुन्छ त्यसपछि नाक्सो, ङाबुचो, सुरिमचोले घरभित्र पितृ बुझाउने काम (सोचाम काम) सुरु गर्छन् । क्रमैस“ग घरभित्रबाट सुरिमचो, नाक्सो (मुड्का पुज्ने पूजारी) आई ‘थेबिदै थेबिदै……’ भन्दै पूजा गर्छन् ।

सो क्रमस“गै सबै थरी नाक्सोले ङासी (जा“ड), मासी (कालो मास), चामल (सेरा)ले बा“धिएका रा“गा, सु“गुर, कुखुरालाई विदाइ स्वरुप स्वाम्दी पाच्चाम –रित गाउने) काम गर्दछन् । अगाडि–अगाडि सुम्दिचो (झ्याम्टा बजाउने) सुम्दी बजाउ“दै पछि–पछि अरुले पछ्याउ“दै लस्कर लागेर पितृका आत्मा शिलतालाका लागि गोडा र हातको चालमा चाल मिलाएर नाच्न थाल्छन् । जुन नाचलाई खाउमो सिली भनिन्छ । त्यसै लस्करको बीचमा मासिम (नाच्ने महिला) पुरुषहरूभन्दा भिन्न किसिमले रीति र चाल मिलाएर नाच्दछन् । पुरुषले १४ चाल नाच्दछन् (चौतारीमा १३ चालमात्र नाच्दछन्) भने महिलाले १५ चाल नाच्दछन् ।

चालको नामहरू :
१) ब्रेइस्वाम २) बेसारा ३) याङ्गाजाल ४) मकै ह्वार्चाम ५) ड्यारि चाल्चाम ६) ब्अुयुङ्गा ७) साकुमो ८) जाः¥वाम ९) ब्आट्वाङ्ख्लि १०) स्वायोमो ११) सिफ्याकटाफ्याक १२) जावाजु १३) चोचोवा १४) बाल्चिमोलि । यी चौध चालको दायाँपट्टि र बायाँपट्टिबाट गरेर २८ पटक नाचिन्छ ।

खाउमो सिली हेर्दा रमाइलोमात्र होइन बीसभन्दा बढी चालहरू अझ प्रकृति र संस्कृतिको पूर्ण अभिनय व्यक्त गरिनु अर्को महत्वपूर्ण पक्ष हो । जति सिली रमाइलो छ त्यति नै त्यसपछिका कार्यहरू हृदय विदारक पनि हुन्छ । पितृ संस्कारमा उभाइएका जनावरहरूलाई धनु, वाणले ताकेर ढालिने काम दुखदायी मानिन्छ जुन काम जो कसैले गर्न पाइन्न । त्यस धनु का“ण चलाउने अनुभवी व्यक्तिलाई ‘वाब्लाचो’ भनिन्छ । ती जनावरलाई रितपूर्वक ढालेपछि पोल्ने काम दानी (कुटुम्ब) पक्षले गरिनु पर्ने रित उत्तिकै रोचक मानिन्छ । त्यस पूजा अर्चनाकै क्रममा रितहरूकै लागि मासुहरू भागबण्डा लगाएर प्रत्येक देवताहरू, पितृहरूको नाममा छुटाइन्छ । पूजाअर्चना गर्ने कार्य, भोजभतेरमा पकाउने कार्यहरू हु“दा हु“दै र भतेर चलाउन (खुवाउने काम) पश्चात् सम्पूर्ण रित गाउने कार्य जारी रहेको हुन्छ ।

जाउमो, ख्लिउमोले सोही भागबण्डाको मास, चामल र जा“डको घैटा नै बेलुकीपख स्वाम्दीखाडु (मुन्धुम) को रितपूर्वक पाउने गर्छन् । भनाइ छ– त्यसै बेला जाउमो, ख्लिउमोले एक–एक चरण गीत गाउनै पर्छ, बाबु माइतीको सम्झनामा । त्यस दिनदेखि कुयामो कुडु (कालो रुपको घर) शुद्ध बन्छ र जिः (मनी) भित्र्याउन नाच्नु पर्छ । सुरुमा घरभित्र नाच्दै बाहिर निस्किनु पथ्र्यो भने त्यसबेला आ“गनबाट थुम्से बोकेर झ्याम्टाको चालमा चाल मिलाउ“दै घरभित्र लावालस्कर नाच्दै प्रवेश गर्नु पर्छ । जुन बेला घरभित्रको अ“गेनामा खोर्सानी डढाएर रीति नचुवारेहरूको स्वागत गरिन्छ । त्यसरी दिनभरि रित गाएर, नाचेरमात्र होइन रातभरि जिः ग्लुम्चाम (रातभरि जा“ड खा“दै गीत गाउ“दै जाग्राम बस्ने) कार्य हुन्छ । निम्तालु सम्पूर्णलाई मासु, भातले मात्र होइन सम्पूर्ण कुराहरूको आस्वादन गराइन्छ ।

तेस्रो दिन :

यस दिन विशेष गरी विदाइको दिन हो । जाउमो, ख्लिउमो, ङ्वाप्सिब्अिने (दाजुभाइ, इष्टमित्र)हरू सबैलाई ससम्मानका साथ रीतपूर्वक ल्याएका कोसेली (रितुम)लाई पुनः रीत पु¥याएर सट्टाभर्ना, दानदव्य दिई विदाइ (बिदौनी) गरिन्छ । यस दिन जाउमो, ख्लिउमो मात्र होइन कझेरी (सहयोग गर्न खटाइएका चेलीबेटी) विदा, भाइविदा, नाक्सो विदा विधिवत रुपमा जा“ड, भात खुवाएर आ–आफ्ना दुःख, सुखतर्फ बा“डिने गरिन्छ । विदा गर्दै विदावार हुनेहरूले विदाइका गीतहरू गाउ“दै विदा हुन्छन् । पितृहरू प्रतिको श्रद्धा र मानवीय दुई दिने चोलाको हर्ष, विष्मातले परेलीहरू भिजिरहेकै क्षण खाउमो संस्कारको तीन दिन सकिन्छ । कतै कतै चार–पा“च दिने मान्ने पनि गरेको पाइन्छ । जेजस्तो रुपमा मान्ने गरेपनि यो खाउमो वाम्बुले राईहरूको मौलिक, ऐतिहासिक, सांस्कृतिक संस्कार हो भन्नुमा दुइमत रहन्न । त्यही संस्कारको वाम्बुलेहरू रमेका थिएछन् र रमाइरहने छन् ।

सन्दर्भ स्रोत ः
महाजित राई ‘शोभन’, वाम्बुले राईको सामाजिक संस्कार खाउमो, लिब्जु–भुम्जु ६, २०५४
पुष्पहरि राई (दिर्पा), खाउमो रितुम, लिब्जु–भुम्जु १८, २०५८
इन्द्रजाबा राई, खाउमो सित्लिख्वाइ इक नेपाल हिप्तुम, लिब्जु–भुम्जु १८, २०५८
गणेश राई, खाउमो सित्लि आस्याङ, लिब्जु–भुम्जु १८, २०५८
अष्ट जेरो राई÷इन्द्रजाबा राई, वाम्बुले राडुङा खाउमो मुन्दुम, लिब्जु–भुम्जु २३, २०६०
प्रदीप राई, किरात वाम्बुले राई जातिको खाउमो सिली, लिब्जु–भुम्जु २८, २०६२
मेडल राई, वाम्बुले राईको खाउमो, लिब्जु–भुम्जु २८, २०६२

फोटो क्याप्सन : ओखलढुंगाको उदयपुर गाउँस्थित कर्णबहादुर राई तथा तिर्जामाया राई (वाम्बुले राई भावाचाचो) दम्पतीको घरमा २०६३ सालमा सम्पन्न खाउमो ।

सबै फोटो : गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published.