वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

पत्रपत्रिका प्रदेश प्रदेश १

राई कुमार प्रचन

हलेसी खोटाङ। ऐतिहासिक किरात भूमि खोटाङको हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ बाहुनीडाँडा झापामा वाम्बुले किराती राईहरुको बाहुल्य र ऐतिहासिक भूमि मानिन्छ । उक्त स्थानमा वाम्वुले समूदायहरुले हालको पुस्ता सम्म प्रकृति पुजा, वाम्बुले परम्परा अनुसार गर्दै आएको स्थानिय समाजसेवी तथा युवा प्रचन कुमार राईले बताए । आदिम् पुर्खा र प्रकृतिलाई सम्मान गर्ने प्रचलन रहेको वाम्वुले समूदायमा उवेलाको सामूहिकता प्रणाली अहिलेको अवस्थामा समेत अभ्यासमा रहेकोले यो प्रकृति ढ्वाङ्कुम पुजा सामूहिकतामा नै गरिरहेको प्रचनले बताए ।

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

प्रकृतिमा वाम्वुले समूदायहरुले कृषि खेती सम्पन्न गरे पश्चात अन्न फलेर पाकेको अथवा वर्षे वाली पाक्ने सबै अन्नहरु जसमा कागुनीको भात, धानको भात, मकैको झुटा समेत उढाउने र सो अवसरमा प्रकृति र पितृहरुलाई सम्मान र सम्झना गर्नको लागी वर्षको एक पटक ऋषि टर्पनी पुर्णिमाका दिन हुने युवा प्रचनले बताए । उक्त प्रकृति पुजाा राँगा तथा भाले र पोठी कुखुरा समेत भोगको रुपमा चाहिने एलवी किरातीले बताए ।

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

यसपटकको ढ्वाङ पुजा भने फरक हिसाबले रमाईले रहेको राईले बताए । जहाँ किरात विद्धान तथा मुन्द्धमविद् भोगीराज चाम्लिङ समेत पुजामा सामेल भई धामी (नछुङ) को मुद्धुम संकलन गर्न आएकोमा समूदायहरु खुशी भएको राईले बताए । साथै समूदायहरुको खुशीमा खुशी थप्न नेकपा नेताहरु अमेम्बर राई, संगिन किराती, उदय राई, सुरेन्द्र राई, मविन्द्र राई, युवा खेलाडी कलम चाम्लिङ लगायतको उपस्थितिले संस्कृति संस्कार संरक्षण गर्नमा थप हौला मिलेको स्थानिय युवा नेता उदय राईले बताए ।

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

 

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ
https://www.mundhumstar.com/2020/08/03/23080

Leave a Reply

Your email address will not be published.