दक्षिण अफ्रिकामा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु, २६० घाइते

प्रवास

एजेन्सी । उक्त रेल दुर्घटनामा पर्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २६० भन्दा बढी घाइते भएको पुगेको स्थानीय सन्चारमाध्यमले जनाएको छ ।

रेलको तीनओटा डिब्बा नै जलेको कारण मृतकको संख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले ‘टाइस् लाइन’ समाचार संस्थालाई उद्धृत गर्दै बताएका छन् ।

दू्रतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जोहानेस्बर्गबाट करिब २०० किलोमिटर दक्षिण पश्चिममा अवस्थित क्रुनस्टाडनजिकै सो दुर्घटना भएको थियो ।

बन्दरगाह सहर एलिजाबेथबाट जोहानेस्बर्गतर्फ गइरहेको सो रेलमा ट्रक ठोक्किदा आगलागी भएको थियो । केही डिब्बा भने रेल मार्गबाट नै छुट्टिएको थिए ।

यस घटनामा घाइते भएका कैयौं यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।

अफ्रिकामा नयाँ वर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सबैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *