साहित्यकार किरातीको फूलको विज्ञप्ति सुरुको दिनमै पचपन्न हजारको बिक्यो

कला साहित्य -संस्कृति प्रवास समाचार

विशेष संवाददाता,

सौल, कोरिया । साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र वितरण गरेको उक्त पुस्तक कोरियामा पनि उपलब्ध छ ।


फोनिज कोरिया समाचारको लागी पत्रकार यम श्रीसले लिएको अन्तरवार्ताको क्रममा साहित्यकार किरातीले फूलको विज्ञप्ति सुरुकै दिन पाँचलाख पचास हजार वन अर्थात नेपाली रुपैयाँ लगभग पचपन्न हजार बराबरको बिक्री भएको बत्ताएका छन् । कोरियाको लागि ०१० ८८७७ ६३४२ र ०१० ६५४७ ५२१० अथवा निक कम्पनी सौल, दोङ्देमुन ०१० ४६३८ ५९७२ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
प्रायः कवितालाई अबिकाउको रुपमा लिइने गरिएको छ । अन्तरवार्ताको क्रममा साहित्यकार किरातीले भनेका छन्, फरक र राम्रो सिर्जना ल्याउन सके कोरियामै पन्ध्र, बीस हजार कपी सेल गर्न सकिने सङ्केत हो यो । यसरि हेर्दा कोरियामै कविताबाट करोड कमाउन सकिन्छ । नेपालमा पनि धेरै राम्रो रेस्पोन्स आईरहेको छ ।

मिलनकान्छाको फूलको विज्ञप्ति चौथो कृति हो । उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) २०६६ कथा सङ्ग्रह र संयुक्त २०६७ कविता सङ्ग्रह हुन् ।

साभारः अनलाईन समाचार दैनिक

Leave a Reply

Your email address will not be published.