संस्कृतिविद् दिवस र पत्रकार राईलाई युगकवि सिद्धिचरण पुरस्कार

मुख्य समाचार समाचार


लिभु संवाददाता
काठमाडौं– संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०७५’ प्रदान गरिएको छ । दिवसलाई ताम्रपत्रसहित एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकार गणेश वाम्बुले राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा बुधबार बहादुरभवनमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गर्नु भएको हो । युगकवि सिद्धिचरण प्रतिष्ठानले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

उपराष्ट्रपति पुनले युगकवि श्रेष्ठलाई ‘नेपाली स्वच्छन्दतावादका प्रणेता र वाङ्मय क्रान्तिका प्रथम उद्घोषक’का रूपमा व्याख्या गर्नुभयो । ‘राणाकालको विरुद्ध सिद्धिचरणले बन्दुकको गोलीभन्दा पनि बलियो कविता लेख्नु भयो,’ पुनले भन्नुभयो, ‘सिद्धिचरणले साहित्यमार्फत् समाजलाई गोरेटो देखाउने काम गर्नुभएको छ ।’ तर पछिल्लो समय आधुनिकतास“गै नेपाली साहित्यमा पनि अतिक्रमण बढेको उल्लेख गर्नुभयो ।


नेपाली भाषा साहित्य मासि“दा देश नै मासिने खतरा हुने उल्लेख गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘अहिलेका लेखकले आफ्ना लेखमार्फत् नेपाली साहित्य, भाषा संस्कृतिको विकासका लागि योगदान दिनुपर्छ ।’ समारोहमा पुनले युगकवि श्रेष्ठद्वारा लिखित ‘आत्म–विलौना’ खण्डकाव्यको परिमार्जित संस्करण कृति लोकार्पण गर्नुभयो ।

युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइलाले युगकवि श्रेष्ठले आफ्ना कवितामा सरलता, विनम्रताका साथै युगीन चेतना दिने काम गरेकोले नै अहिलेसम्म कालजयी रहनु भएको बताउनु भयो । ‘उहा“ले राजनैतिक भेदभाव, सामन्ती शोषणका विरुद्ध नेपाल भाषामा तत्कालिन समयमा बर्जित हड्ताल, क्रान्ति जस्तो शब्दहरु कवितामा प्रयोग गरेकैले १८ वर्ष सर्वस्वहरणसहितको कारावास सजाय भोग्नुप¥यो,’ काइँलाले भन्नुभयो, ‘तर उहा“ले कहिले पनि मैले यस्तो लेखे“ भनेर घमण्ड गर्दै डंका पिट्नु भएन ।’

काइँलाले सम्मानित स्रष्टा दिवसको बारेमा बोल्दै उहाँको कवित्व, काव्यवाचन कला, लोकसांस्कृतिक अनुसन्धानलगायत पक्ष प्रशंसा गर्नुभयो । त्यस्तै, पत्रकारिता पुरस्कारप्राप्त राईले वाम्बुले राई भाषा बोल्नेहरुको संख्या कम भएपनि मातृभाषालाई लेख्य रुपमा बचाउन सफल अभियनता भएको बताउनु भयो । ‘धेरै राई भाषाहरुमध्ये तीन दशकमा सबैभन्दा बढी वाम्बुले भाषामा कृतिहरु प्रकाशन भएको छ, यो देन पत्रकार, कवि, लेखकका रुपमा परिचित गणेश राईले गरेका छन्,’ बधाई दिंदै उहाँले भन्नुभयो ।

प्रतिष्ठानका संरक्षक एवं सिद्धिचरणका छोरा रविचरण श्रेष्ठले बुवाको बारेमा बोल्दै ‘बुवाले नारीको अन्तरविवेचना गर्ने काम समेत गर्ने गरेको’ बताउनु भयो ।

पुरस्कार ग्रहणपछि कवि तुलसीले सिद्धिचरण बिर्सन चाहेर पनि बिर्सन नसक्ने अजर, अमर स्रष्टाको रूपमा व्याख्या गर्नुभयो । उहाँले कवि तीन प्रकारको हुने उल्लेख गर्दै भन्नुभयो, ‘पहिलो युगको पछिपछि लाग्ने, दोस्रो युगस“ग हातेमालो गर्दै हि“ड्ने र तेस्रो युगभन्दा अगाडि हि“ड्ने । सिद्धिचरण तेस्रो प्रकारको कविमा पर्नुहुन्छ । भाले बास्नुभन्दा पहिले नै उठेर काममा लाग्ने खालको हुनुहुन्थ्यो ।’

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीले सिद्धिचरणको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी प्राध्यापक डा. अभि सुवेदीले पुरस्कृतद्वय दिवस र राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । कवि दिवसको जन्म वि.सं.१९९८ सालमा धनकुटामा भई सुप्रसिद्ध कवि तथा संस्कृतिविद्का रुपमा परिचित हुनुहुन्छ । त्यसैगरी २०२७ सालमा ओखलढुंगामा जन्मिएका राई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार तथा लेखकका रुपमा चिनिनु हुन्छ ।
तस्बिर ः बिजु महर्जन

Leave a Reply

Your email address will not be published.